हात्तीपाइले रोग निवारण गर्न नाैकुण्डकाे टाेलटाेलमा औषधि खुवाउने
रसुवा, राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत रसुवाको नौकुण्ड गाउँपालिकामा अभियान कै रूपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ ।
नौकुण्ड गाउँपालिकामा वैशाख १६ गतेदेखि एकसाता हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरुको गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरू र सिकिस्त बिरामीहरूले यो औषधी सेवन गर्नुहुँदैन।
यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्नसक्छन् । फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन ।
हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजिवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असर देखिन्छन्।
हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ।
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने ७ जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ।
हात्तीपाइले रोग निवारण कार्यक्रमको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तय गरेको कार्यक्रम अनुरूप स्थानीय तहमा छलफल गरी स्वास्थ्य संस्थाहरूले टोल टाेलमा सराेकारवालासँग छलफल, मिटिङ तथा प्रचार प्रसार गरेर तयारी गरी कार्य तालिका समेत तयार भएको पौडेलले बताए ।
हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गतर्षबाट सुरू भएको हो । टोल टोलमा पुगेर हात्तीपाइले रोग विरुद्धको औषधि सवै नागरिकलाइ नछुटाउन सेवन गर्न स्वास्थ्य संस्थाहरूले अनुरोध गरेका छन् ।
हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गाउँपालिका स्तरिय बहुनिकाय योजना तर्जुमा गोष्ठीमा सहभागी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन गिरी, उपाध्यक्ष चन्द्र तामाङ, याेजना अधिकृत पुर्ण बुलुन, वडाअध्यक्ष तथा जनप्रतिनिधिहरू, सवै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा सरोकारवालाहरूले पालिका तथा जिल्ला बाहिर रहेका नागरिकलाई पनि योजना बनाएर औषधि सेवन अभियानमा नछुटाउन सुझाव दिएका थिए ।