माेटरसाइकल दुर्घटना एक घाइते
रसुवा, रसुवाको नौकुण्ड खाल्चेतमा दुई माेटरसाइकल दुर्घटना भइ आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन् ।
रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका अन्तर्गत खाल्चेतमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजना गम्भीर घाइते भएका छन्।
कालिकास्थानबाट पारच्याङ जादै गरेको बा ७१ प ८२८१ नंम्बरको मोटर साइकल र बिपारित दिशाबाट आउदै गरेको बा ८३ प ३७८७ नंम्बरको मोटर साइकल एक आपसमा ठोक्किदा नौकुण्ड गाउँपालिका - ४ सरमथलीका २० वर्षको सुशान्त वाईबा सामान्य घाइते भएका छन् ।
त्यसै गरी नौकुण्ड गाउपालिका- ६ सर्स्युँका ५० वर्षको सिङ्गि नेगी तामाङको दुवै खुट्टा भाचिएर गम्भीर घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुन्दर चौलागाईले जानकारी दिए । घाईतेलाई प्राथमिक उपचार पश्चात तामाङलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौँ पठाइएको छ ।