शिवजीले खोपेर त्रिशूल, तीनैधारा धारा निस्किए भुल्भुल
त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।
त्रिशूलधारा एक परिचय
रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका वडा नं ६,
गोसाइँकुण्ड भन्दा ठीक माथि रहेको त्रिशूल धाराको पौराणिक महत्व रहेको छ ।
सत्ययुगमा भगवान शिवजीले त्रिशूलधारा सिर्जना गरेका हुन् । देवता र दानव मिली
समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा
विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो ।
घाँटीमा अड्केको विषको डाहाले शिवजीको घाँटी (कण्ठ) नीलो भएको कारण उनलाई
'नीलकण्ठ' भनिएको हो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो
डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे
। यहाँ आएर त्रिशूलले खोपेर पानी उत्पत्ति गर्नुभयो र प्यास मेट्नुभयो। त्रिशूल खोपेर
निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड
उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।
त्रिशूलधारा तथा उत्पत्तिको एक लोकभजन यहाँ
प्रस्तुत गरिन्छ ।
पहरामा जब खोपे श्रीशिवले तिर्शूल्
तीनैधारा
निस्किएर गर्न थाले भुल्भुल् ।
प्रख्यात्
भयो नाम रह्यो भनी त्रिशूल्धारा
भक्तिभाव्ले दर्शन् गर्न
जान्छन् भक्त सारा ।।
त्रिशूलधारालाई गंगा, आमागंगा र महागंगा पनि
भन्दछन् । यहाँ स्नान तथा श्रद्दा गर्नाले शरीर शुद्द हुने विश्वास गरिन्छ । यहाँ
आउने तीर्थालुहरू यहाँ पूजाआजा गर्न र जल थाप्नका लागि पुग्दछन् ।
त्रिशूलधारा तथा वरपरका आकर्षणहरू
-
धार्मिक,
ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण
-
भगवान शिवजीले उत्पत्ति गर्नुभएको
-
विश्व
सम्पदा सूचि (रामसार) मा सूचिकृत
-
वीर
अमरसिंह थापाको गुफा
-
लोपोन्मुख
रेडपाण्डा अवलोकन
-
लाङटाङ
राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास,
धुपी, गोब्रे सल्लो आदि ।
-
लोपोन्मुख
जडिबुटीहरूको भण्डार ।
-
हिमाल,
झरना, बहुसंख्यक तालतलैयाको हब ।
-
प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको
अवलोकन ।
-
नेपालको
तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)
-
सुविधा
सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा
-
माने,
छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन
त्रिशूलधारा कसरी पुग्ने ?
१)
रसुवा
जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट
चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ,
चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना – गोसाइँकुण्ड हुँदै
२)
रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल,
जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड - गोसाइँकुण्ड हुँदै
३)
नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ,
सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली,
नौकुण्ड - गोसाइँकुण्ड हुँदै
४)
नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट
सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै
५)
काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी,
दुप्चेश्वर, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै
६)
काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी,
पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदि – सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै
७)
सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट
तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदि– सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै
त्रिशूलधारासँग सम्वन्धित सामग्रीहरू
१)