यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

फुलुङ अर्थात् सिङ्गोम्बा

Monday, April 22, 2024 0 Comments

 

फुलुङ अर्थात् सिङ्गोम्बा

चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष असोज महिनाको शुक्ल त्रयोदशीदेखि असोक कृष्ण प्रतिपदा तिथिसम्म चार दिन ङ्युङ्ने अर्थात् ब्रत बसी पूजाआजा गरिन्छ । हरेक दिन हिँड्दा वा दिनचर्यामा केही कीरा आदि मरेको हुनसक्ने र त्यसको पापमोचनका निमित्त यो पूजा गरिन्छ ।


    फुलुङ अर्थात् सिङ्गोम्बाको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं ५, ३२५० मीटर उचाईमा रहेको फुलुङ अर्थात् सिङ्गोम्बा प्राचीन गोम्बा हो । चन्दनको काठबाट निर्मित हुनाले यसलाई स्थानीय भाषामा सिङ (काठ) को गोम्बा वा सिङ्गोम्बा भनिएको हो । प्राचीन कालमा यहाँ चन्दनको जंगल रहेको थियो, आगलागी भएर मासिएको भन्ने भनाई रहेको छ ।

    प्राचीन कालमा बनेको गुम्बालाई ६/७ दशकअघि मुस्ताङको थाकखोलाबाट आएका लामा दोर्जे हिराचनले यस गोम्बाका लामा मेमेसँग मिलेर पुनर्निर्माण गरेको उल्लेख छ ।

    चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष असोज महिनाको शुक्ल त्रयोदशीदेखि असोक कृष्ण प्रतिपदा तिथिसम्म चार दिन ङ्युङ्ने अर्थात् ब्रत बसी पूजाआजा गरिन्छ । हरेक दिन हिँड्दा वा दिनचर्यामा केही कीरा आदि मरेको हुनसक्ने र त्यसको पापमोचनका निमित्त यो पूजा गरिन्छ ।

    फुलुङ अर्थात् सिङ्गोम्बा वरपरका आकर्षणहरू

    -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

    -         लोपोन्मुख रेडपाण्डा अवलोकन

    -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

    -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

    -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

    -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

    -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

    -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

    -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

     फुलुङ अर्थात् सिङ्गोम्बा कसरी पुग्ने ?

    १)        रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्सा हुँदै

    २)         रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड- गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ३)         नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड- गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ४)         नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ५)         काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ६)         काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

    ७)         सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

     

    फुलुङ अर्थात् सिङ्गोम्बा वरपसम्बन्धित सामग्रीहरू

    १। स्रोत ः जैविक विविधता, पर्यटन विकासमा धर्म संस्कृति महत्व- फूर्पा तामाङ, रसुवाली

    सकारात्मक धारणा नरहेको कुण्ड : छोना अर्थात् भैरव कुण्ड

    Monday, April 22, 2024 0 Comments

     


    गोसाइँकुण्ड अर्थात् छोकरभन्दा ठीक मुनी र सरस्वती कुण्ड वा वाङ्लत्तीभन्दा माथि रहेको कुण्डलाई भैरवकुण्ड भनिन्छ । स्थानीयहरू यसलाई छोना अर्थात् कालोकुण्ड भनेर चिन्दछन् ।


      संक्षिप्त जानकारी

      कुण्डको नाम : भैरवकुण्ड (Bhairav kunda)

      तामाङ भाषामा : छोना

      शेर्पा भाषामा :

      तिब्बतीयन भाषामा :

      नेवारी भाषामा : 

      अवस्थिति : वागमती प्रदेश, रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ (साविक स्याफ्रु-५)

      अक्षांश : २८° ' ८५'' पूर्व

      देशान्तर : ८५° २४' ६०'' उत्तर

      उचाई :  २६१ मीटर (१४६०० फिट)

      क्षेत्रफल : .७५ हेक्टर

      लम्बाई : ५५३ मीटर

      गहिराई : ५८.१ मीटर

      वरपरका अन्य प्रमुख कुण्डहरू : गोसाइँकुण्ड, सरस्वती कुण्ड, आमाकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, रक्तकुण्ड, क्योम्युहो कुण्ड, दुधकुण्ड, गणेशकुण्ड, बतासकुण्ड, नौकुण्ड

       


      छोना अर्थात् भैरवकुण्डको परिचय 

      गोसाइँकुण्ड अर्थात् छोकरभन्दा ठीक मुनी र सरस्वती कुण्ड वा वाङ्लत्तीभन्दा माथि रहेको कुण्डलाई भैरवकुण्ड भनिन्छ । स्थानीयहरू यसलाई छोना अर्थात् कालोकुण्ड भनेर चिन्दछन् । यस कुण्ड प्रति सकारात्मक धारणा नरहेको पाईन्छ । ब्रम्हाको शीर छेदन गरेको पापले गुप्ताङ्ग रोगले कुरुप भएका भगवान् शिवजीले गोसाइँकुण्डभन्दा मुनी कुण्ड सिर्जना गरी बिराजमान रहनुभएको भन्ने हिन्दु धार्मिक कथन छ । सत्ययुगमा देवता र दानव मिली गरेको समुद्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष सेवनबाट डाहा भएका शिबजीको पसिना छुटी सोही पसिना जमेर कुण्ड निर्माण भएको भन्ने भनाई रहेको छ । विषयुक्त पसिनाबाट निर्मित कुण्ड भएको हुनाले यहाँ विषालु नागहरू रहेका छन् भनेर विश्वास गरिन्छ । कालो देख्दैमा डरलाग्दो भएको र केही किंबदन्ती अनुसार यस कुण्डमा तीर्थालुहरू स्नान गर्न जाँदैनन् । अझ भन्नै पर्दा गोसाइँकुण्डबाट फर्कँदा यस कुण्डलाई हेर्न हुँदेन पनि भनिन्छ ।

      बौद्द धर्मानुसार यो कुण्ड भगवान् शिबजी (महादेउ) का दाजु छोनाले निर्माण गरेका हुन् भनिएको छ । जुन् कथन धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड लेखमा उल्लेख गरिएको छ ।

      नेपालका गोले थरका मानिसहरू प्राय ‍:  यस कुण्डमा जाँदैनन् । किंबदन्ती अनुसार गोले थरका एक झाँक्री कुण्डका भैरव वा नाग सँग लडाई गर्ने उद्देश्यले सँगै रहेकी पत्नीलाई म कुण्डबाट ननिस्किएसम्म तिमीले ढ्याङ्ग्रो बजाउनु, म नागसँग जुधेर बाहिर लिई आउँछु, बाहिर आएपछि तिमीले अक्षता छर्कनु तर ढ्याङ्ग्रो बजाउन नछोड्नु भनी कुण्डमा पसे । तन्त्रमन्त्रसहित केहीबेरको लडाई पश्चात् नागसँग बेरिएर बाहिर निस्कँदा श्रीमती डराएर ढ्याङ्ग्रो बजाउन छोडी, अक्षताले पनि नहिर्काई भागेको हुनाले नागले लडाई जितेर उनलाई नागले मारेको भन्ने जनविश्वास रही आएको छ । सोही कारण हालसम्म पनि गोले थरका मानिसहरू भैरबकुण्ड-गोसाइँकुण्ड समेत् प्राय: जाँदैनन् । 

      आकर्षण तथा महत्व

      -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

      -         विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत

      -         वीर अमरसिंह थापाको गुफा

      -         लोपोन्मुख रेडपाण्डा अवलोकन

      -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

      -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

      -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

      -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

      -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)

      -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

      -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन 

      कसरी पुग्ने भैरवकुण्ड ?

      १)        रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना हुँदै

      २)        रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै

      ३)        नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

      ४)        नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड हुँदै

      ५)        काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड हुँदै

      ६)        काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

      ७)        सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

       

       


      भैरवकुण्डसँग सम्बन्धित केही कविताहरू 


      नीलकण्ठ महिमा - डा. सत्यराज थपलिया

      धारा तिर्सुलको निकास हुन गै गङ्गा भइन् तिर्सुली ।

      बग्दैछिन् छहरो परी कलकली त्यै कुण्डबाटै झरी ।।

      कुण्डै भैरव जो बन्यो बुझ अझै देखिन्छ त्यो बाटुलो ।

      अर्को कुण्ड सरस्वती पनि बन्यो केही तलै पर्छ त्यो ।।५५।।


      कालो गाजल तुल्य भैरव अहो ! ती भीमकै कारण ।

      साँचै भैरवझैं भयो कलकले त्यो कुण्ड नै भीषण ।।

      हेरे हेर्न हुनेछहेर अझ त्यो नीलो छ ज्यादैै अहो !

      साथै सुन्न सकिन्छ शब्द सुरिलो कल्लोल वा छालको ।।६६।।





      हात्तीपाइले रोग निवारण गर्न नाैकुण्डकाे टाेलटाेलमा औषधि खुवाउने

      Monday, April 22, 2024 0 Comments

      हात्तीपाइले रोग निवारण गर्न नाैकुण्डकाे टाेलटाेलमा औषधि खुवाउने

      रसुवा, राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत  रसुवाको नौकुण्ड गाउँपालिकामा अभियान कै रूपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ । 

      नौकुण्ड गाउँपालिकामा वैशाख १६ गतेदेखि एकसाता हात्तीपाइले रोगविरुद्धको औषधि  खुवाउन लागिएको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरुको गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरू र सिकिस्त बिरामीहरूले यो औषधी सेवन गर्नुहुँदैन।

      यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्नसक्छन् । फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन । 

      हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजिवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असर देखिन्छन्। 

      हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ।

      आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने ७ जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ। 


      हात्तीपाइले रोग निवारण कार्यक्रमको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तय गरेको कार्यक्रम अनुरूप स्थानीय तहमा छलफल गरी स्वास्थ्य संस्थाहरूले टोल टाेलमा सराेकारवालासँग छलफल, मिटिङ तथा प्रचार प्रसार गरेर तयारी गरी कार्य तालिका समेत तयार भएको पौडेलले बताए । 

      हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गतर्षबाट सुरू भएको हो । टोल टोलमा पुगेर हात्तीपाइले रोग विरुद्धको औषधि  सवै नागरिकलाइ नछुटाउन सेवन गर्न  स्वास्थ्य संस्थाहरूले अनुरोध गरेका छन् । 

      हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गाउँपालिका स्तरिय बहुनिकाय योजना तर्जुमा गोष्ठीमा सहभागी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन गिरी, उपाध्यक्ष चन्द्र तामाङ, याेजना अधिकृत पुर्ण बुलुन, वडाअध्यक्ष तथा जनप्रतिनिधिहरू, सवै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा सरोकारवालाहरूले पालिका तथा जिल्ला बाहिर रहेका नागरिकलाई पनि योजना बनाएर औषधि सेवन अभियानमा नछुटाउन सुझाव दिएका थिए । 

      एमालेलाइ जिल्ला अधिबेशनको चटारो, २२ गते केपी ओली रसुवा

      Sunday, April 21, 2024 0 Comments
      एमालेलाइ जिल्ला अधिबेशनको चटारो, २२ गते केपी ओली रसुवा

      रसुवा, नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनको चटारो लागेको छ । अधिबेशनको नेतृत्व लिन  नेताहररू अहिले भेटघाट, छलफल र सम्पर्क बढाउन थालेका छन् । 

      नेतृत्वका लागि अध्यक्ष कन्याल लामा, उपाध्यक्ष डिल्ली सुवेदी, सचिव जनार्दन ढकाल, तेम्बेल लामा र पेम्बा तामाङको निकै चर्चा छ । वैशाख २२ र २३ गते सदरमुकाम धुन्चेमा पुर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिबेशनकाे तयारीका भइरहेकाे छ । 

      जिल्लाकाे पाँच गाउँपालिका, २७ वटा वडा कमिटी र वर्गीय संगठनहरूबाट प्रतिनिधि छनोट तथा प्रचारको काम अघि बढेको जिल्ला उपाध्यक्ष तथा अधिबेशन प्रचार प्रसार कमिटीका संयोजक डिल्ली सुवेदीले बताए । 

      अधिबेशनका लागि भूगोलबाट १० सदस्य बरावर १ जना प्रतिनिधी जिल्ला अधिबेशनका लागि मापदण्ड बनाएको छ । एमालेकाे प्रथम रसुवा जिल्ला जिल्ला अबिधेसन २०५५ बैशाख २६ र  २७ गते प्रमुख अतिथि सुरेन्द्र पाण्डे रहेका थिए । ०५८ जेठमा दोस्रो जिल्ला अबिधेशन भएकाे थियाे ।  

      २०६१ साल मंसिर १९ गते तेस्रो जिल्ला अबिधेशन भयो भने ०६५ सालमा पाँचौ अबिधेशन भयो । छैठौं जिल्ला अबिधेशन २०६६ फागुन १५ र १६ गते भयो । त्यस्तै गरी सातौ अधिबेशन ०७२ साल पुस १ देखि ३ गतेसम्म भएको थियो भने ०७८ पुस २३ र २४ गते आठौं अधिबेशन सम्पन्न संयोजक सुवेदीले पत्रकारहररूलाइ जानकरी दिए ।






      लाङटाङको संस्कृति डुक्पा छेच्यु

      Sunday, April 21, 2024 0 Comments


      लाङटाङको संस्कृति डुक्पा छेच्यु
      डुक्पा छेच्युमा सहभागी क्याञ्नेगोम्बाका स्थानीयहरू - केही वर्ष अघि


      लाङटाङ गाउँको एक सांस्कृतिक पर्व हो डुक्पा छेच्यु । फागुनदेखि सुरू भएर छैठौं महिना वा साउनको दशौं तिथिका दिन मुख्य गरी डुक्पा छेच्यु मनाईन्छ । सामुहिक रूपमा गुम्बा वा परिसरमा पूजा आजा र नाँचगानसहित डुक्पा छेच्यु मनाईन्छ ।

      बौद्द धर्मका ग्रन्थहरू पाठ गर्दै गाउँमा बिमार, रोग ब्याधी हराओस् भन्ने कामनासहित पूजापाठ र आराधना गरिन्छ । डुक्पा छेच्यु मनाउनुको मुख्य उद्देश्य भगवान बुद्दको शिक्षा, अर्ती र उपदेश बाँड्नु हो । सृष्टिका हरेक जीवजन्तुलाई बचाउनु र हिंसाको बाटोलाई सदाका लागि त्याग्न लामा गुरूहरूले आव्हान गर्दछन् ।

      लाङटाङ गाउँमा डुक्पा छेच्युसहित् ग्याल्बो ल्होसार, ल्हाबाप द्वीक्षेन, बुद्द जयन्ति ( ठुङ्कर द्वीक्षेन), सार्का दावा ङ्युङ्ने, कार्तिक ङ्युङ्ने जस्ता परम्परागत धार्मिक संस्कृतिहरू मनाईन्छ । 

      स्रोत :  जैबिक विविधता संरक्षण : पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ  

      वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

      Sunday, April 21, 2024 0 Comments

      वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

      पूजा गर्नका लागि भने कुण्ड नै पुग्नुपर्छ भन्ने छैन । घरमै तोर्मोको ससबारी बनाएर पूजा गर्ने स्थानीयको चलन छ ।


        वाङ्लत्ती अर्थात् सरस्वती कुण्डको परिचय

        गोसाइँकुण्ड-भैरवकुण्डबाट भैरव झर्ना भई झरेको पानी जमेर बनेको कुण्ड नै सरस्वती कुण्ड हो । यसको स्थानीय नाम 'वाङ्लत्ती' हो । लौरीबिनाबाट दक्षिणतिरको खोचमा रहेको यस कुण्डलाई स्थानीयहरू 'ह्‌युम ससबारी' भनेर पनि पूजा गर्दछन् । ससबारी देवीलाई वर्षेनी एउटा कुखुराको बलीसहित् पूजा गर्नुपर्दछ, पूजा गर्नका लागि भने कुण्ड नै पुग्नुपर्छ भन्ने छैन । घरमै तोर्मोको ससबारी बनाएर पूजा गर्ने स्थानीयको चलन छ भने अन्य तीर्थालुहरू इच्छुकहरू कुण्डमा नै पुगेर पूजा गर्ने गर्दछन् ।

        धार्मिक कथन अनुसार गोसाइँकुण्ड स्नान गर्न आएकी विद्याकी देवी सरस्वती माता यहाँको सौन्दर्यप्रति मोहित भएर यही कुण्ड सिर्जना गरी बिराजमान भएको उल्लेख छ । 

        वाङ्लत्ती अर्थात् सरस्वती कुण्ड वरपरको आकर्षण

        •  रमणीय दृश्यहरू
        • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका मनोरम छटाहरू
        • वन्यजन्तु र वनस्पतिहरू
        • लोपोन्मुख वन्यजन्तु र वनस्पतिहरू
        • भौगोलिक तथा वानस्पतिक विविधता
        • अन्य तालहरू र झरनाहरू

        वाङ्लत्ती अर्थात् सरस्वती कुण्ड कसरी पुग्ने ?

        यस कुण्डलाई प्राय तीर्थालुहरूले टाढैबाट दर्शन गर्ने गर्दछन् । विकसोन्मुख पर्यटन मार्ग कालिकास्थान- जुरेढुङ्गा- परालथला मार्गबाट जाँदा यस कुण्डमा सहजै पुग्न सकिन्छ । अर्थात् गोसाइँकुण्ड यात्राबाट फर्कँदा यो कुण्डहुँदै फर्कन पनि सकिन्छ । यस कुण्डबाट नौकुण्ड क्षेत्रमा पुग्न सकिन्छ ।

        वाङ्लत्ती अर्थात् सरस्वती कुण्डसँग सम्बन्धित अन्य सामग्रीहरू

        1

        गणेशकुण्ड एक परिचय

        Saturday, April 20, 2024 0 Comments

         


        गोसाइँकुण्डबाट करीब ८/९ घण्टा पैदलयात्राको दूरीमा रहेको यस कुण्डमा प्राय तीर्थालुहरू पुग्ने गरेका छैनन् । आवास तथा खानाको अभाव हुने हुनाले पनि यस कुण्डमा तीर्थालुहरूको आवागमन नभएको हो ।



          गणेश कुण्डको परिचय

          रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ मा पर्ने गणेशकुण्डको बारेमा प्राय मानिसहरूलाई थाहा भएको छैन ।  गोसाइँकुण्डदेखि उत्तर-पश्चिममा अवस्थित गणेश कुण्डको निकास  कुण्ड परिसरबाट झरेको नदेखिए पनि केही तलबाट भने  लाङटाङ, पदमार्गको लामाहोटल (चामडोल) को पारीपट्टि लाङटाङ खोलामा निकास झरेको छ ।

          गोसाइँकुण्डबाट करीब ८/९ घण्टा पैदलयात्राको दूरीमा रहेको यस कुण्डमा प्राय तीर्थालुहरू पुग्ने गरेका छैनन् । आवास तथा खानाको अभाव हुने हुनाले पनि यस कुण्डमा तीर्थालुहरूको आवागमन नभएको हो ।  

          सत्ययुगमा देवता र दानव मिली समुन्द्र मथनबाट निस्केको हलाहल नामक कालकुट विष पृथ्वीको रक्षार्थ भगवान शिवले निल्नुभयो, तत्‌पश्चात् डाहा भई शान्त हुन निलाद्री पर्वतमा रहेको यस स्थानमा आएर गोसाइँकुण्डलगायतका कुण्ड उत्पत्ति गर्नुभएको धार्मिक कथन रहेको छ ।

          सोही समयमा यस गणेश कुण्डको उत्पत्ति भएको विश्वास रहेको छ  । गणेश महादेवको पुत्र भए अनुसार गणेशकुण्ड पनि महादेव कुण्ड वा गोसाइँकुण्डको पुत्रको प्रतिकको रूपमा मानिन्छ ।  

           

          गणेश कुण्ड वरपरका महत्व र आकर्षण

           रमणीय हिमश्रृङ्खला,

          विभिन्न अन्य तालहरू,

          खहरेको रमणीय दृश्य,

          सूर्योदय तथा सूर्यास्तका दृश्य,


          कसरी पुग्ने गणेशकुण्ड ?

          रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्डबाट उत्तर-पश्चिमतर्फ रहेको भ्यु प्वाइन्टबाट




          मोटरेबल पुलकाे प्वाल टालियाे

          Saturday, April 20, 2024 0 Comments

          मोटरेबल पुलकाे प्वाल टालियाे

          रसुवा, चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने रोंगास्थित जीर्ण बनेको मोटरेबल पुल जोखिम साथै दुर्घटना हुन सक्ने सम्भावना लाइ मध्यनजर गर्दै राष्ट्रिय युवा संघ नेपाल गोसाइँकुण्ड गाउँ कमिटिले पहल गरी मर्मत गरको छ । 

          पुलमा रहेकाे प्वाल रड, सिमेन्टलगायत सामग्री प्रयाेग गरेर ढलान गरी टालेका छन् । स्याफ्रुबेसी–रसुवागढी खण्डको १६ किलोमिटर सडक चीन सरकारको सहयोगमा निर्माण भएको थियो। पुल २०६६ सालमा निर्माण भएको हो। दैनिक ४र५ सय मालवाहक कन्टेनर गुड्ने पुल जीर्ण बनेसँगै समस्या सिर्जना भएको थियो । 

          संचार माध्यममा धेरै आवाज उठाएपनि मर्मत हुन सकेको थिएन । जहाँ राष्ट्रिय युवा संघ  त्यहाँसामाजिक कार्य भन्ने नाराका साथ स्थानीय युवा संघले यस्तो काम गरेको युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । पुलकाे प्वाल टालेपछि त्यहाँ हिड्न तथा सवारी आवागमनमा सहज भएको छ ।