सकारात्मक धारणा नरहेको कुण्ड : छोना अर्थात् भैरव कुण्ड
गोसाइँकुण्ड अर्थात् छोकरभन्दा ठीक मुनी र सरस्वती कुण्ड वा वाङ्लत्तीभन्दा माथि रहेको कुण्डलाई भैरवकुण्ड भनिन्छ । स्थानीयहरू यसलाई छोना अर्थात् कालोकुण्ड भनेर चिन्दछन् ।
संक्षिप्त जानकारी |
कुण्डको नाम : भैरवकुण्ड (Bhairav kunda) |
तामाङ भाषामा : छोना |
शेर्पा भाषामा
: |
तिब्बतीयन भाषामा
: |
नेवारी भाषामा
: |
अवस्थिति : वागमती प्रदेश, रसुवा जिल्ला, गोसाइँकुण्ड
गाउँपालिका, वडा नं ६ (साविक स्याफ्रु-५) |
अक्षांश : २८° ४' ८५'' पूर्व |
देशान्तर : ८५°
२४' ६०'' उत्तर |
उचाई : ४२६१ मीटर (१४६०० फिट) |
क्षेत्रफल : १६.७५ हेक्टर |
लम्बाई : ५५३ मीटर |
गहिराई : ५८.१ मीटर |
वरपरका अन्य प्रमुख कुण्डहरू : गोसाइँकुण्ड, सरस्वती कुण्ड, आमाकुण्ड, चन्द्रकुण्ड,
सूर्यकुण्ड, रक्तकुण्ड, क्योम्युहो कुण्ड, दुधकुण्ड, गणेशकुण्ड, बतासकुण्ड, नौकुण्ड
|
छोना अर्थात् भैरवकुण्डको परिचय
गोसाइँकुण्ड अर्थात् छोकरभन्दा ठीक मुनी र सरस्वती कुण्ड वा वाङ्लत्तीभन्दा माथि रहेको कुण्डलाई भैरवकुण्ड भनिन्छ । स्थानीयहरू यसलाई छोना अर्थात् कालोकुण्ड भनेर चिन्दछन् । यस कुण्ड प्रति सकारात्मक धारणा नरहेको पाईन्छ ।
ब्रम्हाको शीर छेदन गरेको पापले गुप्ताङ्ग रोगले कुरुप भएका भगवान् शिवजीले
गोसाइँकुण्डभन्दा मुनी कुण्ड सिर्जना गरी बिराजमान रहनुभएको भन्ने हिन्दु धार्मिक
कथन छ । सत्ययुगमा देवता र दानव मिली गरेको समुद्र मथनबाट निस्केको हलाहल नामक
कालकुट विष सेवनबाट डाहा भएका शिबजीको पसिना छुटी सोही पसिना जमेर कुण्ड निर्माण
भएको भन्ने भनाई रहेको छ । विषयुक्त पसिनाबाट निर्मित कुण्ड भएको हुनाले यहाँ
विषालु नागहरू रहेका छन् भनेर विश्वास गरिन्छ । कालो देख्दैमा डरलाग्दो भएको र
केही किंबदन्ती अनुसार यस कुण्डमा तीर्थालुहरू स्नान गर्न जाँदैनन् । अझ भन्नै
पर्दा गोसाइँकुण्डबाट फर्कँदा यस कुण्डलाई हेर्न हुँदेन पनि भनिन्छ ।
बौद्द धर्मानुसार यो कुण्ड भगवान् शिबजी (महादेउ) का दाजु छोनाले निर्माण
गरेका हुन् भनिएको छ । जुन् कथन धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड लेखमा
उल्लेख गरिएको छ ।
नेपालका गोले थरका मानिसहरू प्राय : यस कुण्डमा जाँदैनन् । किंबदन्ती अनुसार गोले थरका एक झाँक्री कुण्डका भैरव वा नाग सँग लडाई गर्ने उद्देश्यले सँगै रहेकी पत्नीलाई म कुण्डबाट ननिस्किएसम्म तिमीले ढ्याङ्ग्रो बजाउनु, म नागसँग जुधेर बाहिर लिई आउँछु, बाहिर आएपछि तिमीले अक्षता छर्कनु तर ढ्याङ्ग्रो बजाउन नछोड्नु भनी कुण्डमा पसे । तन्त्रमन्त्रसहित केहीबेरको लडाई पश्चात् नागसँग बेरिएर बाहिर निस्कँदा श्रीमती डराएर ढ्याङ्ग्रो बजाउन छोडी, अक्षताले पनि नहिर्काई भागेको हुनाले नागले लडाई जितेर उनलाई नागले मारेको भन्ने जनविश्वास रही आएको छ । सोही कारण हालसम्म पनि गोले थरका मानिसहरू भैरबकुण्ड-गोसाइँकुण्ड समेत् प्राय: जाँदैनन् ।
आकर्षण तथा महत्व
-
धार्मिक, ऐतिहाँसिक,
पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण
-
विश्व सम्पदा सूचि
(रामसार) मा सूचिकृत
-
वीर अमरसिंह थापाको
गुफा
-
लोपोन्मुख रेडपाण्डा
अवलोकन
-
लाङटाङ राष्ट्रिय
निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे
सल्लो आदि ।
-
लोपोन्मुख जडिबुटीहरूको
भण्डार ।
-
हिमाल, झरना, बहुसंख्यक
तालतलैयाको हब ।
-
प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित
फूलहरूको अवलोकन ।
-
नेपालको तेस्रो
पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)
-
सुविधा सम्पन्न
आवास तथा होटल, लजहरूको सुविधा
-
माने, छुर्तेन,
गुम्बा र मन्दिरहरूको अवलोकन
कसरी पुग्ने भैरवकुण्ड ?
१)
रसुवा
जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी
वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा),
चोलाङपाटी, लौरीबिना हुँदै
२)
रसुवा
जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी,
श्यार्माबाट नौकुण्ड हुँदै
३)
नुवाकोट
जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड
हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै
४)
नुवाकोटको
शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली,
नौकुण्ड हुँदै
५)
काठमाण्डौको
बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड हुँदै
६)
काठमाण्डौंको
सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे,
फेदिबाट सूर्यकुण्ड हुँदै
७) सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै
भैरवकुण्डसँग सम्बन्धित केही कविताहरू
धारा तिर्सुलको निकास हुन गै गङ्गा भइन् तिर्सुली ।
बग्दैछिन् छहरो परी कलकली त्यै कुण्डबाटै झरी ।।
कुण्डै भैरव जो बन्यो बुझ अझै देखिन्छ त्यो बाटुलो ।
अर्को कुण्ड सरस्वती पनि बन्यो केही तलै पर्छ त्यो ।।५५।।
कालो गाजल तुल्य भैरव अहो ! ती भीमकै कारण ।
साँचै भैरवझैं भयो कलकले त्यो कुण्ड नै भीषण ।।
हेरे हेर्न हुनेछ, हेर अझ त्यो नीलो छ ज्यादैै अहो !
साथै सुन्न सकिन्छ शब्द सुरिलो कल्लोल वा छालको ।।६६।।