यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

सुकिला हिउँका पगरीभित्र लुकेको लाङटाङ उपत्यका

Friday, August 18, 2023 0 Comments
सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।
क्याञ्जेन भ्याली, रसुवा 

    लाङटाङ क्षेत्रको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका-४ मा रहेको लाङटाङ उपत्यका स्वर्गको एक टुक्रा जस्तै हो । नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा परिचित लाङटाङ क्षेत्र यही उपत्यकाको नामले परिचित छ ।

    सुकिला हिउँका पगरी गुथेर युगौंदेखि पर्यटकको स्वागत तथा सत्कारमा जुटिरहेका लाङटाङ्गेली वा एक हुल भोट बर्मेली, चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थलको नामबाट वा धारिलो भीरको एक कन्दरामा फैलिएको सानो उपत्यका, कतै झुरुप्प त कतै अलग अलग बस्तीहरूको नामबाट आज नेपालको तेस्रो प्रमुख पर्यटकीय मार्गको रूपमा आफ्नो परिचय स्थापित गर्न प्रयत्नशील छ लाङटाङ ।

    तिनै लाङटाङ्गेलीका अतिथि सत्कारका दृश्य तथा मृत्युपर्यन्त सम्झनाका लागि बनाईएका क्षुर्तेन हेर्दै गगन चुमुला झैं गरी हज्जारौं पर्यटकलाई सुपारी बाँडिरहेको लाङटाङ हिमश्रृङ्खला ।

    लाङटाङ वा लामटाङ मानव वस्ती बस्नु पूर्व अवस्थामा 'लाङडाङ' नामले परिचित थियो । 'लाङ' को अर्थ तिब्बतीयन भाषामा 'गोरू' र 'डाङ' को अर्थ 'अघाएको' भन्ने हुन्छ ।

    सुनिए अनुसार उहिले तिब्बततिरबार यहाँ एउटा गोरू भागेर आएको रहेछ । गोरूलाई खोज्दै एउटा गोठालो पनि पछिपछि आयो । खाम्जिङ कटेर नेसा: गाङ अर्थात् चौतारो पछाडि आईपुगेछि मात्र गोठालाले भेट्छ र गोरू बाँधेर राखेर आफू उत्तानो परेर पल्टिन्छ ।

    गोठालो भुसुक्कै निदायो, ब्यूझेर हेर्दा गोरू त्यहाँ थिएन । गोरू बाँधिएको भनेको ढुंगाको प्वाल अहिलेसम्म पनि त्यहाँ छ । गोरू बाँधिएको ठाउँ हुनाले त्यसलाई लाङतासा (गोरू बाँधिएको) भनियो । गोरू खोज्दै गोठालो फेरि अघि बढ्यो, उसले गोरूलाई पूर्व (स्यार) तर्फ फर्केर सुतेको पायो । जसको कारण ठाउँको नाम पनि 'स्यार्पोको' रहन गयो भनिएको छ । त्यसैको अपभ्रम्शित रूप नै शेर्पागाउँ हो ।

    गोरू फेरि अगाडि बढ्यो, चाङडाम (हाल- लामाहोटल) पुग्यो, चाङडामको अर्थ खोलाको किनार हुन्छ । त्यहाँबाट गोरू क्युर्पुनेसामा पुग्यो । क्युर्पु (अमिलो) डालेचुकको जंगल धेरै भएको र त्यसलाई गोरूले खाएको हुनाले 'क्युर्पुनेसा' भनिएको हो, जसलाई हामी आजभोलि घोडातबेला भन्छौं ।

    गोरू समात्न नसक्दा गोरू अझै अगाडि बढ्यो, गोठालाले खोज्दै जाँदा घाँसपात, करू खाएर टन्न गोरू अघाएको भेट्यो । जहाँ गोरू अघाएको भेट्यो, त्यही ठाउँको नाम हो 'लाङडाङ । जसको अर्थ माथि नै उल्लेख गरिसकिएको छ ।

    अझै गोरू अगाडि बढ्दै जाँदा निकै पर पुगेपछि गोरूको यात्रा रोकियो, उसले भोटतिर फर्केर अर्को जन्म पनि भोटमा नै लिन पाउँ भनी प्रार्थना गर्दै देह त्याग गर्‍यो । गोरू मरेको हुनाले त्यस स्थानको नामाकरण लाङ (गोरू) सिसा (मरेको ठाउँ) – लाङसिसा रहन गयो ।

    लाङटाङ क्षेत्रका मुख्यमुख्य वस्तीहरूमा शेर्पागाउँ, रिमिचे, लामाहोटल, रिभरसाइड, घोडातबेला, थाङ्स्याप, गोम्बा, लाङटाङ, सिम्बु, क्याञ्जिन गोम्‍बा पर्दछन्।

    पहिलो हिमाली निकुञ्जको नामले मात्र हैन सायद नेपालमै पहिलो पटक याक चिज उत्पादन गर्ने ठाउँको नामले पनि परिचित छ लाङटाङ । पछिल्लो समयमा माउन्टेनियरिङ स्कूल निर्माण हुने कुराले पनि लाङटाङले झन् चर्चा पाउँदैछ । छिमेकी मुलुक चीनसँग कठालोमा बाँधिएको मुलुकको तेस्रो गन्तव्यले सांस्कृतिक, ऐतिहाँसिक, धार्मिक, पर्यटकीय तथा पर्यावरणीय यी सबै विधालाई उत्तिकै महत्व राख्दछ । यही क्षेत्रको गोसाइँकुण्डमा हुने धार्मिक मेला, क्याञ्जिन उपत्यकामा नाँचिने डुक्पा छेच्यु र यसका आपपासमा मनाईने विभिन्न सांस्कृतिक पर्व, कला संस्कृति तथा परम्पराले पर्यटकीय सम्बन्ध अझ गाढा र नजिक बनाउँदछ । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू यहाँका आकर्षणका केन्द्रविन्दु हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके युगौंसम्म धरतीभरिका आगन्तुकलाई डाकिरहनेछ यस लाङडाङले ।

    लाङटाङ क्षेत्रको आकर्षण

    o  प्रलयका उथुलपुथुलले ठडिएका गगनचुम्बी हिमश्रृङ्खला, ग्ल्यासियर,

    o  चौरी गाई, लोपोन्मूख वन्यजन्तुको आश्रयस्थल

    o  कतै झुरूप्प त कतै अलि बाक्लो वस्ती,

    o  पदमार्गका वरिपरि रहेका माने, छुर्तेन, गोम्बा, लाङटाङ राष्ट्रिय निकुञ्जको मनोरम छटा, लालीगुँरास, मार्गको नजिकै रहेको नदीको सुस्याहट, चराचुरूङ्गीको गायन, हिमचितुवा, घोरल, थारल, बँदेल, भालु, लङ्गुर बाँदर यहाँका मुख्य आकर्षण हुन् ।

    o  लाङटाङ री, क्याञ्जिन री, यालापिक, लाङसिसाजस्ता पिक र खर्कहरू ।

    o  चौंरी र भेडापालनको मुख्य क्षेत्र

    o  नेपालकै पहिलो याक चिज फ्याक्ट्री

    o  तिब्बतीयन / शेर्पा संस्कृति, भेषभूषा र रहनसहन पनि यहाँको आकर्षण हो ।

    o  होटल, लज तथा रेष्टुरेन्टको व्यवस्था 


    लाङटाङ क्षेत्रमा कसरी पुग्ने ?


    • रसुवा जिल्लाको पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसीबाट खाम्जिङ- शेर्पागाउँ-रिमिचे - लामाहोटल  हुँदै
    • स्याफ्रुबेंसीबाट पहिरो - बम्बु- रिमिचे- लामाहोटल हुँदै
    • धुन्चेबाट भार्खु - नाउरडाँडा - ब्राबल - ठूलोस्याफ्रु - पहोरो - बम्बु हुँदै
    • मेलाम्ची वा हेलम्बुबाट ठाडेपाटी- फेदि- सूर्यकुण्ड- गोसाइँकुण्ड - ठूलोस्याफ्रु हुँदै
    • काठमाण्डौं सुन्दरीजल/शिबपूरी - चिसापानी- पाटीभञ्ज्याङ - कुटुमसाङ- ठाडेपाटी - घोप्चे- फेदि- गोसाइँकुण्ड हुँदै 
    • नुवाकोटको दुप्चेश्वर- सागरकुण्ड- नौकुण्ड- गोसाइँकुण्ड हुँदै

       

    गुमनाम : रिभरकुण्ड

    Wednesday, August 16, 2023 0 Comments

    River Kunda Rasuwa
    जिल्लाको तथ्याङ्क वा नक्सा वा गुगल नक्सामा पनि कतै उल्लेख नभएको यो कुण्ड क्षेत्रको उचित प्रचारप्रसारको माद्यमबाट पर्यटकीय विकासमा सहयोग पुग्दछ ।  


      रिभरकुण्डको परिचय

      रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका-३ मा ४३४० मीटर उचाईमा अवस्थित रिभरकुण्ड आवास पूर्वाधार तथा प्रचारप्रसारको अभावले कमै मानिसले यो कुण्डको नाम सुन्ने गरेका छन् ।

      स्याफ्रुबेंशी हुँदै बृद्दिम गाउँबाट यस कुण्डको लागि यात्रा तय गर्न सकिन्छ ।

      हिमाली हावाको चिसो सुस्याहट सुरम्य वातावरण थरी – थरीका फूलको वासनाले मृग उफ्रेका र डाँफे चरी नाँचे देख्दा उकाली बाटोको पट्यार लाग्दो यात्रालाई सहज बनाएकको महसुस हुन्छ यो यात्रामा । साँच्चै प्रकृतिमा थरी थरीका दृष्यहरु रहेका छन् । मनोरम दृष्यले भरपुर रिभरकुण्ड मार्गबाट गणेश हिमाल लाङटाङ तिब्बेत हिमाल लगाएत थुप्रै हिमाली तथा रमणीय खर्कहरु रहेका छन् । यस क्षेत्रमा बिदेशी पर्यटक आउने वातावरण बनाउन सम्बन्धित क्षेत्र र सञ्चारका माध्यमले ध्यान दिन सके उचित विकास हुने देखिन्छ ।

      जिल्लाको तथ्याङ्क वा नक्सा वा गुगल नक्सामा पनि कतै उल्लेख नभएको यो कुण्ड क्षेत्रको उचित प्रचारप्रसारको माद्यमबाट पर्यटकीय विकासमा सहयोग पुग्दछ ।


      रिभरकुण्ड क्षेत्रका आकर्षणहरू

      .......................

      कसरी पुग्ने रिभरकुण्ड

      राजधानीबाटयात्रा रसुवाको उत्तरी स्याफ्रुबेशीसम्म सवारी साधनको प्रयोग गरी बजारबाट पैदल यात्रा सुरू गर्नु पर्छ । एकदिनको बृदिम होम स्टेको बास बसी स्थानीय परिकारका खानपान र गाउँलेको न्यानो स्वागत सत्कार पछि दोस्रो दिन गोदेगाङ पुग्न सकिन्छ (गोदेगाङ भनेको तिब्बेतियन भाषामा गोठै गोठ भएको डाँडा हो) ।

      त्यहाँबाट भोलिपल्ट लिङब्रे खर्क बास बस्न पुगिन्छ । रमणीय खर्कहरु वनस्पति, वन्यजन्तुहरु जस्ता विभिन्न दृष्यहरुले आनद लिदै त्यसपछि अर्कोदिन रिभरकुण्ड पुगेर सो दिन कुण्डमा स्नान गरि फर्कदा पुनः लिङब्रे खर्क वा अलि हिड्न सक्नेले बेरके खर्क बास बस्न पुग्न सकिन्छ । पद यात्रीले एउटै मार्ग भन्दा फरक मार्गबाट फरक दृष्य हेर्न पाईने भएकाले जाँदा फर्कदा नयाँ मार्ग भएर बिभिन्न दृष्यहरु देख्न सकिन्छ ।

      लिङब्रे खर्क वा बेरके खर्कको बास पछि अर्को दिन सजिलै अर्को बासका लागि ठूलो लार्क्याप डाडा पुग्न सकिन्छ । अर्कोदिन ठूलो पाङसाङ खर्क पुगिन्छ । त्यहाँबाट लाङटाङगाउँ निकै तल देखिन्छ । सात दिनको प्याकेजमा रिभरकुण्ड रुटको यात्रा तय सकिन्छ ।

      त्यहाँबाट थुप्रै रमाईला दृष्यहरु देखिन्छ जसले यात्राको थकान मेटाउछ । जस्ता बाटोमा पर्ने विभिन्न स्थानबाट मनोरम हिमाली दृष्य र ठुला खर्कहरु देख्न सकिन्छ । यात्रा अबधिमा नेपाल र चीनका थुप्रै हिमाल र बस्तीका रमाईला दृष्यहरु देख्न सकिन्छ ।

      तपाईलाई यो सामग्री कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला, तपाईबाट सुधारको आशासहित


      यो सामग्री हेमनाथ खतिवडाले तयार गरी पठाउनु भएको हो ।

      सहकारी अभिलेखका लागि कालिका गापाद्‍वारा सूचना जारी

      Tuesday, August 15, 2023 0 Comments

      कालिका गाउँपालिकाको भूगोल- गुगल नक्सा

      कालिकास्थान, साउन ३१ गते । कालिका गाउँपालिकाले गाउँपालिका भित्र रहेका सहकारीहरूको अभिलेखीकरणका लागि सहकारीहरूसँग सूचना माग गरेको छ । 


      गाउँपालिकाभित्र कार्यक्षेत्र भई कार्यरत सम्पूर्ण सहकारी संस्थाहरूले असोज मसान्तभित्र साधारण सभा गरी उल्लेखित विवरण अनुसारको सूचना कृषि शाखामा उपलब्ध गराउन गाउँपालिकाले अनुरोध गरेको छ ।


      उल्लेखित विवरण :

      १)              साधारण सभाको निर्णय तथा उपस्थिति प्रतिलिपी

      २)              लेखापरीक्षण प्रतिवेदन प्रतिलिपी

      ३)              वार्षिक कार्ययोजना

      ४)              करचुक्ता प्रमाणपत्र प्रतिलिपी

      ५)              सञ्चालक समितिको विवरण खुल्ने कागजातको प्रतिलिपी

      ६)              शेयर सदस्य संख्या र शेयर पुँजी खुले कागजातको प्रतिलिपी

      ७)              संस्था नवीकरण प्रमाणपत्र प्रतिलिपी

      उपसमिति गठन गरी गोसाइँकुण्ड मेला व्यवस्थापन गरिदै

      Tuesday, August 15, 2023 0 Comments

       


      धुन्चे, साउन ३१ । हरेक वर्ष जनैपूर्णिमाका अवधिमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापन गर्न विभिन्न उपसमितिहरू गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमको अध्यक्षतामा बसेको जिल्लास्तरीय बैठकले मेला व्यवस्थापनका लागि उपसमितिहरू गठन गरेको हो ।


      वर्षैभरि गोसाइँकुण्डमा तीर्थालुहरू स्नान र भ्रमणका लागि आउने गरेका भएपनि गंगा दशहरा र जनैपूर्णिमाका बेलामा विशेष मेला लाग्दछ । यस वर्ष भदौ १० देखि १४ सम्म विशेष मेला लाग्दैछ ।

      गठित उपसमितिको विवरण 

      क्र.सं

      उपसमितिको नाम

      संयोजक

      सदस्यहरू

      १.

       सरसफाइ तथा खानेपानी

      गोसाइँकुण्ड-६ वडा कार्यालय

      नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति, होटल व्यवसाय, ल्याकोस

      वातावरण संरक्षण

      सहायक प्रमुख संरक्षण अधिकृत  

      ल्याकोस, डी.वै.टी.डी.एस. , सुर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति, नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति

      स्वयंसेवक

      नेपाल रेडक्रस सोसाइटी रसुवा ,

       

      नेपाल स्काउट, सक्षम नेपाल

      दररेट निर्धारण

      चेम्बर अफ कमर्स,

      उद्योग वाणिज्य, होटल व्यवसायी

      स्वास्थ्य शिबिर

      गोसाइँकुण्ड गाउँपालिका

      जिल्ला स्वास्थ्य कार्यालय रसुवा, जिल्ला आयुर्वेद कार्यालय

      प्रचारप्रसार

      नेपाल पत्रकार महासंघ,

      डी.वै.टी.डी.एस.

      उद्वार व्यवस्थापन

      जिल्ला प्रशासन कार्यालय रसुवा,

      तीनवटै सुरक्षा निकायहरू ,लाङटाङ राष्ट्रिय निकुन्ज

      यातायात व्यवस्थापन

      गोसाइँकुण्ड-६ वडा कार्यालय  

       ट्राफिक प्रहरी, व्यवसाय संघ, उद्योग वाणिज्य

      अनुगमन

      जिल्ला प्रशासन कार्यालय,

      गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज, नागरिक समाज, सुरक्षा निकायहरू

      १०

      समन्वय तथा आन्तरिक व्यवस्थापन

      गोसाइँकुण्ड क्षेत्र विकास समिति

       

      ११

      थर्पु व्यवस्थापन

      उपसमिति संयोजकमा स् लामटाङ राष्ट्रिय निकुञ्ज,

      गोसाइँकुण्ड क्षेत्र विकास समिति, सूर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति, नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति

       

      १२

      घोडाचढी व्यवस्थापन

      गोसाइँकुण्ड – ५ वडा कार्यालय

      लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय, गोसाइँकुण्ड क्षेत्र विकास समिति, सुर्यकुण्ड मध्यवर्ती उपभोक्ता समिति

      १३

      धुन्चे बजार बत्ती व्यवस्थापन

      गोसाइँकुण्ड-६ वडा कार्यालय

      जिल्ला विद्युत प्राधिकरण रसुवा, चेम्बर अफ कमर्स

       

      गठित उपसमितिहरूले आगामी भदौ ३ मा बस्ने बैठकमा आ-आफ्नो कार्ययोजना प्रस्तुत गर्ने र छलफल हुने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।


      गोसाइँकुण्डयात्रा गर्दै हुनुहुन्छ ?? गोसाइँकुण्डको बारेमा जान्न यहाँ जानुहोस् ।