यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

पर्यटकीय गन्तव्य बन्दै बिजिली जोङ्ग

Thursday, July 27, 2023 0 Comments

सायद सिप्पुङलाई  मन नपराउनुको कारण तिनै निर्कुभूमेकी छोरी विजिली जोङ्ग भएर आकर्षण गरिरहेको छ जनजनलाई पनि भन्न मिल्छ ।

आन्तरिक पर्यटन प्रवर्दन अभियान


रसुवा जिल्ला नौकुण्ड गाउँपालिका वडा नं १ मा रहेको विजिली जोङ्ग अर्थात् बिजुली ढुङ्गा आन्तरिक पर्यटकहरूका लागि नयाँ गन्तव्य बन्दैछ । पासाङल्हामु राजमार्गको स्याउबारी-गुम्बुडाँडा-कालिकास्थानबाट सहजै पुग्न सकिने भएकोले पनि घुम्नका लागि उपयुक्त स्थलको रूपमा यस्ता स्थानहरूले परिचय स्थापित गर्दैछन् । 


विजिली जोङ्ग वरिपरि फोहोर गर्ने, मासु पोल्ने लसुनसिस्नु बनाउने जाँड रक्सी खाने जस्ता गतिविधि गर्न नहुने र महिलाहरु ढुङगा माथि चढ्न नहुने विश्वास समेत् रहेको छ । यस्तो कार्य अनिष्ठ हुने विश्वास पनि गरिन्छ ।

लाङ्बु गाउँको सिरानमा अवस्थित विजिली जोङ्गको उत्पत्ति कसरी भयो भन्ने धार्मिक कथन जोडिएको छ । जुरेढुङ्गा अर्थात् सिप्पुङ, सरमथलीकी निर्कुभूमे र विजिली जोङ्गको जोडिएको धार्मिक कथन यसप्रकार छ ।

कथन अनुसार बिजिली जोङ्ग सरमथलीकी निर्कुभूमेकी छोरी हुन् ।उनलाई सिप्पुङ अर्थात् जुरेढुङ्गाले औधी मन पराउँथे तर हाल बिजिली जोङ्गको नामले परिचित निर्कुभूमेकी छोरीले मन पराएकी थिईनन् सिप्पुङलाई । तर पनि सिप्पुङको अनुरोधमा आफ्नी छोरी निर्कुभूमेले सिप्पुङलाई दिन राजी भए ।

बाजागाजासहित धूमधामले विवाह सम्पन्न भयो, भित्र्याउन ल्याई नपुर्‍याउँदै विजिलीनामक चराले सुनको डोरी चुँडाल्दिएसँगै यहाँ बेहुली र जन्तीहरू खस्न पुगेका हुन् भन्ने कथन रहेको छ ।यही विजिली जोङ्गको वरपर रहेका ढुङ्गाहरू  जन्ती हुन् भनिएको छ ।

सायद सिप्पुङलाई  मन नपराउनुको कारण तिनै निर्कुभूमेकी छोरी विजिली जोङ्ग भएर आकर्षण गरिरहेको छ जनजनलाई पनि भन्न मिल्छ ।

स्थानीयहरूका अनुसार  विजुली जोङ्ग नजिकै तबु थुङबा अर्थात् घोडा ढुङ्गा पनि रहेको छ । पुर्वपट्टि लाम्राङ ढुङ्गा अर्थात देवताको बारी पनि रहेको छ । पूर्वपट्टि ६० मिटर जति गहिरो लामो सुरुङ रहेको छ । पश्चिमपट्टि सत्य युगको बेला देवताहरुले स्थानीयहरूलाई विवाह ब्रतबन्धको लागि भाडाकुँडा दिने गरेको भन्ने कथन छ । बार तिथि नमिलेका समयमा भाँडाकुँडा प्रयोग गरे वा समयमा भाडाकुँडा फिर्ता नगरेका कारण देवता रिसाएर सो कार्य बन्द भएको भन्ने कथन पनि सुनिदै आएको छ ।
विजुली जोङ्ग नजिकै गोमन साप आकारको ढुङ्गा छ । उक्त ढुङगा वरपर समयसमयमा नाग निस्केर डुल्ने गरेको पाइन्छ स्थानीय बताउँछन् । उक्त साप जोसुकै व्यक्तिले देख्न नसकिने तर भाग्यमानी व्यक्तिले मात्रै देखिने जनविश्वास छ ।


विजिली जोङ्ग वरिपरि फोहोर गर्ने, मासु पोल्ने लसुन, सिस्नु बनाउने जाँड रक्सी खाने जस्ता गतिविधि गर्न नहुने र महिलाहरु ढुङगा माथि चढ्न नहुने विश्वास समेत् रहेको छ । यस्तो कार्य अनिष्ठ हुने विश्वास पनि गरिन्छ ।

उक्त स्थानमा पूजापाठ गर्दा औशी, पूर्णिमामा गाईको दुध हालेर झाक्रीद्वारा पूजापाठ गर्ने गरेको र पौष शुक्ल पूर्णिमाको दिनमा मेला लाग्ने गर्दछ ।
मेलामा लामा, झाँक्री, स्थानीय कला संस्कृतिको प्रदर्शन तथा नाँचगान गर्ने गरिन्छ । उक्त मेलामा लाङबु, आरुखर्क थाङदोर, सिम्बन्दी, यार्सा, लार्च्याङ, सर्स्यु, घोर्मु, बासभन्ज्याङलगायतका स्थानबाट नाँचगानसहितको टोली आउने गर्दछ ।

गाउँको रक्षा गर्न, आफ्नो मनोकांक्षा पुरा गर्न रोग, बाढी पहिरोबाट दुख नपाउन मेला तथा पूजा गर्ने गरेको छ । संरक्षण तथा पदमार्ग सुधारका कार्यहरू पर्खिबसेको छ विजिली जोङ्ग ।

सन्दर्भ स्रोत : सरस्वती न्यौपाने, धुन्चे । SailungOnline


प्राकृतिक भ्यू-टावर जुरेढुङ्गा (सिप्पुङ)

Sunday, July 23, 2023 0 Comments

जुरेढुङ्‍गा अर्थात् सिप्पुङको मनोरम दृश्य

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँदछ ।

    जुरेढुङ्‌गा अर्थात् सिप्पुङको परिचय

    रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ६ मा रहेको जुरेढुङ्गा मनोरम स्थलमध्येको एक हो । लोकिल-सिपाङ पदमार्ग अन्तर्गत् पर्ने यो स्थान  पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाईमा पर्दै आएको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडा वा स्याउबारीबाट ३ घण्टाको पैदल यात्रामा सहजै यस स्थानमा पुग्न सकिन्छ । भूमेस्थान वा सानोआलेसम्म सडक सवारीको प्रयोग गरेर पनि यस स्थानमा सजिलै पुग्न सकिन्छ । 





    स्थानीय भाषामा सिप्पुङ पनि भनिन्छ यसलाई । गोरूको जुरोजस्तो भन्ने अर्थ रहेको छ सिप्पुङको । यहाँबाट विकसोन्मुख पर्यटन पदमार्गको रूपमा रहेको नौकुण्ड ताल पनि पुग्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा भूधरातलको मनोरम दृश्यावलोकनका लागि एकपटक यस स्थानमा पुग्नै पर्छ । मौषम सहज भएको अवस्थामा काठमाण्डौंसम्मको दृश्य पनि देख्न सकिन्छ ।




    यहाँबाट कान्छ्याम्बा खर्क, नचोक, बक्सार, परालथला हुँदै नौकुण्ड-गोसाइँकुण्डसम्मको यात्रा तय गर्न सकिन्छ । आवासको सुविधा नरहेको भए पनि यहाँ चौंरी, भेडा गोठहरूमा सामान्य किसिमले वास बस्न भने पाईन्छ । 


    जुरेढुङ्‍गा अर्थात् सिप्पाको चुचुरोबाट देखिने वस्तीहरू

    सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको छ ।


    नौकुण्ड गाउँपालिका वडा नं १ मा पर्ने जुरेढुङ्गा २९८० मी. उचाईमा अवस्थित छ । यसको पुच्छारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ । यहाँ पदार्पण गरिसकेपछि नौकुण्डका वस्तीहरू थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लार्च्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली, सातधारे हिमाल र नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी, चिसापानीलगायतका वस्ती र डाँडाकाँडा हेर्न सकिन्छ । जुरेढुङ्गाको तलतिर रहेका वस्तीहरू हेर्दा लाग्छ कि हेलिकप्टरबाट हेरिहरेको छु ।

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँदछ । नजिकको वा १ दिनमात्र समय छुटाएर रसुवा-नुवाकोट तथा काठमाण्डौंदेखि नै यहाँको यात्रा तय गर्न सकिनेछ । लोपोन्मुख रेडपाण्डा (रातोहाब्रे) को यहाँ वासस्थान रहेको छ । ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरू रहेका छन् ।

     

    सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको छ ।

     

    जुरेढुङ्गालगायत बिजिली ढुंगाबाट समेत् परापूर्व कालमा विवाह, ब्रतबन्धलगायतका शुभकार्यका लागि आवश्यक भाडाकुँडा पाईने गरेको किंबदन्ती रहेको छ भने पछि भाडाकुँडा प्रयोग पश्चात् सफा गरेर एकदिनमै त्यहाँ पुर्‍याईदिनु पर्नेमा भोलिपल्ट पुर्‍याईदिएकोले सिप्पा देवता रिसाएर  पछिल्लो समयमा भाडाकुँडा नदिन थालिएको भन्ने स्थानीयको भनाई रहेको छ।

    जुरेढुङ्‌गा अर्थात् सिप्पुङ वरपरको मुख्य मुख्य आकर्षणहरू

    • ३२ भन्दा बढी प्रजातिका लालीगुँरासहरू
    • ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरूको मनोरम घना दृश्यावलोकन
    • जंगली जनावर, चरा अवलोकन
    • तामाङ भेषभूषा र संस्कृति
    • मनोरम वस्तीहरूको दृश्यावलोकन
    • सूर्योदय र सूर्यास्तका दृश्यावलोकन
    • चौंरी, गाई भेडा गोठ र खर्कहरू
    • पिकनिक स्पटहरू
    • कृषि तथा तरकारी फार्महरू

     



    कसरी पुग्ने जुरेढुङ्‌गा ?

    १)      पासाङल्हामु राजमार्गको गोम्बोडाँडा- स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले, दिलिङ हुँदै

    २)      पासाङल्हामु राजमार्गको कालिकास्थान, घुम्तीबाट जिबजिबे, ज्याङलाङ, आहालडाँडा, गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले, दिलिङ हुँदै

    ३)       नुवाकोटको बिदुरबाट नुवाकोट दरबार, चोकदे, लच्याङ, सरमथली, पार्‍च्याङ, लाङ्बु (बिजिली जोङ्ग) हुँदै

    यसको अलावा बेत्रावतीबाट नौकुण्ड गापा, पार्‍च्याङ पुगेर पनि यस स्थानमा पुग्न सकिन्छ ।



     

     जुरेढुङ्‌गा अर्थात् सिप्पुङसँग सम्बन्धित भिडियो सामग्रीहरू





    तपाईलाई यो सामग्री कस्तो लाग्यो कृपया सुझाब दिनुहोला । आन्तरिक पर्यटन प्रवर्दनमा हाम्रो प्रयास 

    लोकिल सिपाङ पर्यटन मार्ग

    Monday, July 17, 2023 0 Comments

    रसुवाको तल्लो क्षेत्रमा पर्ने गोम्बोडाँडा, लोकिल, सिपाङ हुँदै नौकुण्ड तथा गोसाइँकुण्ड जाने पदयात्रा सम्भावित पर्यटकीय क्षेत्र हो । यहाँबाट रसुवाको तल्ला भागमा पर्ने तामाङ बस्तीहरू बेताङ, सस्र्यु, घोर्मो, लाङ्बु, थाङरदोर, सिम्बन्दी, दोक्लाङ, यार्सा तथा सरमथलीका बस्तीहरू घुम्न तथा अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट नजिकै पर्ने यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्राकृतिक सम्पदा, घना जंगल, लालीगुँरासका ठूला ठूला रुखहरू, हिमाल तथा अग्ला अग्ला टाकुराहरूको बीचमा यात्रा गर्ने अवसर मिल्दछ । 

    Lokil Sipang Tourism Trail



    यस क्षेत्रमा उल्लेखनीय रूपमा पर्यटकहरूको चाप नदेखिए पनि वषौंदेखि रसुवा ट्रेक्स, हाइल्याण्ड ट्रेकिङलगायतका ट्रेकिङ एजेन्सीहरूले क्याम्पिङ ट्रेक चलाउँदै आएका छन् । पर्यटक बस्ने होटल तथा आवास नहुँदा यस क्षेत्रमा क्याम्पिङ भन्दा अर्को प्रकारको ट्रेकिङहरू नचल्ने  गरेको छ । पछिल्ला समयमा कालिकास्थान वा जिवजिवेमा बसेर तामाङ बस्ती घुम्न जाने पर्यटकको संख्यामा भने केही बृद्धि भएको पाइन्छ । 

    ठूला होटलहरू नभएपनि ग्रामीण घरहरूलाई होमस्टेको रूपमा विकास गर्दै लैजाने हो भने आन्तरिक तथा बाह्य पर्यटकको आवागमनलाई बृद्धि गर्दै पर्यटन विकास गर्न सक्ने प्रचुर सम्भावना यस क्षेत्रले बोकेको छ ।


    धार्मिक आस्थाको धरोहर : गोसाइँकुण्ड

    Monday, July 17, 2023 0 Comments

    यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ ।

    Gosainkunda and Bhairav Kunda Rasuwa
    गोसाइँकुण्ड र भैरवकुण्ड । फोटो स्रोत : Wiki Media Commons 

      गोसाइँकुण्डको परिचय

      वैदिक युगदेखि ऐतिहाँसिक पोखरी वा ताल हो गोसाइँकुण्ड । धार्मिक आस्थाको धरोहर र पर्यटकीय गन्तव्य पनि हो यो कुण्ड तथा वरपरका क्षेत्रहरू । सांस्कृतिक र प्राकृतिक छटाले परिपूर्ण छ यो क्षेत्र । पवित्र त्रिशूली नदीको उद्गमस्थल पनि हो यो कुण्ड ।


      'गो' गाई र 'स्वामी' मालिक अर्थात् संस्कृतको 'गोस्वामी' शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई 'गोसाइँकुण्ड' भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै 'गो' शब्दले 'इन्द्रिय' भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् ।


      संक्षिप्त जानकारी

      • कुण्डको नाम : गोसाइँकुण्ड (Gosainkunda)
      • तामाङ भाषामा : ग्यो, छोकर, ह्‍वे
      • शेर्पा भाषामा : घ्यो
      • तिब्बतीयन भाषामा : छो
      • नेवारी भाषामा : शिलु
      • अवस्थिति : वागमती प्रदेश, रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ (साविक स्याफ्रु-५)
      • अक्षांश : २८° ५' ००'' पूर्व
      • देशान्तर : ८५° २४' ९६'' उत्तर
      • उचाई : ४३८० मीटर (१४६०० फिट)
      • क्षेत्रफल : १३.८० हेक्टर (०.१३८ वर्ग किमी)
      • लम्बाई : ६२५.५५ मीटर
      • चौडाई : ३०२ मीटर
      • गहिराई : २६ मीटर
      • पानीको आयतन : १४.७२० लाख घनमीटर
      • प्रतिसेकेण्ड कुण्डमा आउने पानी : ३५ लिटर
      • प्रतिसेकेण्ड कुण्डबाट बाहिर जाने पानी : ६० लिटर
      • वरपरका अन्य प्रमुख कुण्डहरू : भैरवकुण्ड, सरस्वती कुण्ड, आमाकुण्ड, चन्द्रकुण्ड, सूर्यकुण्ड, रक्तकुण्ड, क्योम्युहो कुण्ड, दुधकुण्ड, गणेशकुण्ड, बतासकुण्ड, नौकुण्ड



      'गो' गाई र 'स्वामी' मालिक अर्थात् संस्कृतको 'गोस्वामी' शब्द जनजिब्रोले बोल्दै जाँदा अपभ्रम्श भई 'गोसाइँकुण्ड' भएको हो । गोस्वामी अर्थ धेरै गाई हुने व्यक्ति भन्ने बुझिन्छ । त्यस्तै 'गो' शब्दले 'इन्द्रिय' भन्ने पनि बुझाउँदछ, स्वामी भन्नाले जितेन्द्रिय भन्ने बुझिन्छ । देवता वा ठूला ऋषिहरू इन्द्रियजयीहरूमा पर्दछन् भने सबैभन्दा श्रेष्ठ जितेन्द्रिय भगवान शिव हुन् ।



      रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६ (साविक स्याफ्रु गाविस-५) मा समुद्री सतहबाट ४३८० मीटर (१४६०० फिट) उचाईमा रहेको तो ताल १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको छ । करीव २६ मीटर गहिराई भएको यो कुण्डको लम्बाई ६२५.५५ मीटर चौडाई ३०२ मीटर रहेको छ । यस कुण्डमा प्रतिसेकेण्ड ३५ लिटर पानी भित्रिन्छ भने प्रतिसेकेण्ड ६० लिटर पानी बाहिरिन्छ ।

      हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । 

      लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्राकृतिक छटाले परिपूर्ण भएर जमिरहेको वरपरका अन्य कुण्डहरूसहित यस कुण्ड संरक्षण तथा संवर्दनको अभिप्रायले असोज ५, २०६४ (23rd September 2007) मा (१०३० हेक्टर क्षेत्र) रामसार सूचिमा सूचिकृत गरिएको छ । यस क्षेत्रमा लोपोन्मुखसहित विभिन्न प्रजातिका वनस्पतिहरू, जडिबुटी र वन्यजन्तुहरू रहेका छन् । धार्मिक आस्थासहित वानस्पतिक वा जैविक विविधताभित्र रहेर यस कुण्डले वर्षेनी हज्जारौं आन्तरिक तथा वाह्‍य पर्यटकहरूलाई भित्र्याईरहेको छ ।

      वर्षैभरि यस स्थानमा तीर्थालु वा पर्यटकहरू आउने भएपनि विशेष गरी गंगादशहरा र जनैपूर्णिमाका समयमा विशेष मेला लाग्ने गर्दछ ।

      यो कुण्डको उत्पत्तिको कथा हिन्दु र बौद्द धर्ममा भिन्नाभिन्नै रहेको छ । दुवै धर्मअनुसार शिवजीले नै सिर्जना गरेका हुन् भनिएको छ । हिन्दु धर्मग्रन्थ अनुसार सत्ययुगमा भगवान शिवजीले यस कुण्ड सिर्जना गरेका हुन् । देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको विषको डाहाले शिवजीको घाँटी (कण्ठ) नीलो भएको कारण उनलाई 'नीलकण्ठ' भनिएको हो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे । यहाँ आएर त्रिशूलले खोपेर पानी उत्पत्ति गर्नुभयो र प्यास मेट् । त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।

      त्यस्तै बौद्द धर्म अनुसारको कथन भिन्न रहेको छ । रसुवाली फूर्पा तामाङले 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म-संस्कृति' नामक पुस्तकका उल्लेख गरेका कथन यसप्रकार रहेको छ । महादेव (महादेउ) का दुई दाजुभाई थिए । महादेउका दाजु 'छोना' थिए । उनीहरू बस्नका लागि स्वच्छ ठाउँ खोज्दै हिँडेछन् । सबैभन्दा पहिला काठमाण्डौं आईपुगे । त्यहाँबाट साँढे रूप धारण गरेर नमिबुद्द (तामालोजेन) बाट पाँचपोखरी हुँदै कालो गंगा पुगेछन् । ती स्थानहरूमा उनीहरूलाई बस्न मन लागेन र घुम्दै बेत्रावती आईपुगे । बेत्रावतीबाट भार्खु गाउमा आईपुगे । भार्खुमा कुण्ड बनाएर बस्दा गाईवस्तु र मानिसको आवतजावत हुने हुँदा फोहोरसमेत् हुने भएकोले त्यहाँबाट अलि माथि लेकमा 'सपिङ ग्यो' मा कुण्ड बनाएर बसे । त्यहाँ पनि उपयुक्त वातावरण नभएपछि अझै स्वच्छ ठाउँको खोजी गर्दै नाम्सुङ भन्ने ठाउँमा कुण्ड बनाएर बसे । त्यहाँ पनि वातावरण नभएपछि अर्को सफा ठाउँ खोजेर तिमीलाई लिन आउँछु भनेर दाजुले भाईलाई भनेछन् तर धेरै समय बित्दा पनि दाजु नफर्केपछि महादेउ खोजीमा निस्के ।

      चोलाङ माथिको गुराबमा पुगेर ध्यान गरी हेर्दा पनि दाजु कहाँ छन् भनेर पत्ता लगाउन सकेनन् र पनि अन्तस्करणले पूर्वपट्टि लाग्न सुझाब दियो । लौरीबिनाको नौक्याग्याङमा पुगेर हेर्दा दक्षिणतर्फ दाजु कुण्ड बनाई असल ठाउँमा बसेको देखेछन् र राम्रो ठाउँ पाएपछि भाईलाई बिर्सेको उनले चाल पाए र मनमनै भने मैले दाजुको चिन्ता गरें, राम्रो ठाउँ पाएपछि भाईलाई पनि बिर्सँदा रहेछन् । मेरो मनमा पाप भए मैले दाजुको भन्दा नराम्रो ठाउँ पाउँ र दाजुको कुण्डमा नुहाएको पानी मेरो कुण्डमा आओस् । यदि दाजुको मनमा पाप भए दाजुको भन्दा मैले राम्रो ठाउँ पाउँ र मेरो कुण्डमा नुहाएको पानी दाजुको कुण्डमा जाओस् ।

      मनमनै यति भनेर त्रिशूलले पहरामा एकपटक हान्दा ह्‍युम पार्वतीको स्तनमा लागेर दुध निस्केछ । दोस्रोपटक हान्दा गंगालाई लागेर पानी निस्केछ । दुध र पानी मिसिएको हुनाले सेतो रंगको कुण्ड उत्पत्ति भयो । पहिले गोसाइँकुण्ड सेतो थियो भनिएको छ । त्यसैले तामाङहरूले यस कुण्डलाई 'छोकर' (सेतो कुण्ड) भन्ने गर्दछन् । किंवदन्ती अनुसार महादेउको मन सेतो हुनाले सेतो कुण्ड अर्थात् गोसाइँकुण्ड बन्यो र दाजुको मन कालो भएको हुनाले कालोकुण्ड अर्थात् भैरवकुण्ड बन्यो ।

      जैविक विविधतामा सम्पन्न गोसाइँकुण्ड क्षेत्र रैथानीय, दुर्लभ र सङ्कटापन वनस्पति एवं चराचुरुङ्गी र वन्यजन्तुको आश्रमको रूपमा परिचित छ । हिमचितुवा, रातो हाब्रे -रेडपाण्डा), कस्तुरी मृग, हिमाली थारलगायतका लोपोन्मुख वन्यजन्तुको आश्रयस्थल बनेको यस क्षेत्रमा निकुञ्जले संरक्षण प्रदान गरेका ल्यारिक सल्लो, १० भन्दा बढी प्रजातिका लाली गुँरास र सुनाखरीका जातहरू रहेका पाइन्छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको स्थापनादेखि नै लोपोन्मुख वन्यजन्तुका वासस्थान जोगाइ राख्ने र ती वनमा आश्रयस्थल बनाएका प्राणीहरूको संरक्षण, त्यहाँ उपस्थित विविध प्राकृतिक, जैविक सम्पदाको संरक्षण, धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, स्थानीय जनताको जीवनस्तर उकास्ने क्रममा स्थानीय तहमा अपनाइएको भू उपयोग पद्धतिबाट परिस्थितिकीय प्रणालीमा पर्ने असर घटाउने तथा निकुञ्ज र आसपासमा रहेको प्राकृतिक स्रोतको मानवीय दोहन घटाएर निकुञ्जको प्राकृतिकपन र सुन्दरता जोगाउने भन्ने लक्ष्यमा आधारित रहेर निकुञ्जले कार्य गर्दै आइरहेको छ ।

      अमरसिंह थापा नेपाली इतिहाँसका एक उदाहरणीय पात्रको देहवसान र 'अमरसिंह गुफा' गोसाइँकुण्डमा रहनुले महत्वमा विविधता थपिएको छ । गोसाइँकुण्ड क्षेत्र वरपरका तामाङ समुदायको भेषभूषा तथा संस्कृति पनि यस क्षेत्रका आकर्षणहरू हुन् । तामाङ संस्कृति अनुसारका विभिन्न नाँचहरूले सांस्कृतिक महत्व पाएको छ । यिनै धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्वभित्र नेपालकै तेस्रो पर्यटकीय गन्तव्यको महत्व दिनानुदिन बढ्दै गइरहेको छ ।

      पर्यटकीय महत्वले गोसाइँकुण्ड मात्र नभई हेलम्बु, लाङटाङ र तामाङ सम्पदा मार्गका क्षेत्रहरूलाई समेट्छ । यी अरु क्षेत्रमा पनि ऐतिहाँसिक, धार्मिक र सांस्कृतिक महत्व पनि त्यत्तिकै छन् । पौराणिक कथनको विश्वासको आधारमा एकसय आठ कुण्ड मध्येका विभिन्न कुण्डहरू यत्रतत्र छरिएर रहेका छन् ।



      गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि केही कविताहरू



      नुवाकोट, थानसिङ निवासी डा. सत्यराज थपलियाले 'नीलकण्ठ महिमा' nullमा लेख्नुभएको गोसाइँकुण्ड उत्पत्ति सम्बन्धि कविता यहाँ प्रस्तुत गरिन्छ ।

      गौरीका पसिना बगेर अघि नै जो धर्मधारा बन्यो ।
      त्यो सम्झेर झलक्क भित्र मनले ध्यानादि क्यै गर्नु भो ।।
      बढ्दै गो जब त्यो प्रभाव विषको पर्दै गयो तुल्बुली ।
      घोचे तिर्सुलले फुट्यो जल अहो ! नीलाद्रिमैँ भुल्भुली ।।५२।।

      धारा तीन त्रिशूलको जब बन्यो ठन्डा त्यही निर्मल ।
      पानी जम्न गई बडो दह बन्यो नीलाद्रिमा सुन्दर ।।
      खाल्टा आठ तथा अगाध गहिरो कल्लोलले शोभित ।
      देखी दिव्य विशाल कुण्ड शिवजी ज्यादै भए मोहित ।।५३।।

      बाधा त्यो सब कालकूट विषको संहारका खातिर ।
      आफैं गै सय दिव्य वर्ष सुकला भो कुण्डमा शङ्कर ।।
      नामैँ भो पछि नीलकण्ठ दह, त्यो गोसाइँथान नामले ।
      जो प्रख्यात छँदैछ आजतक नै देखिन्छ आफैं गए ।५४।।

      धारा तिर्सुलको निकास हुन गै गङ्गा भइन् तिर्सुली ।
      बग्दैछिन् छहरो परी कलकली त्यै कुण्डबाटै झरी ।।
      कुण्डै भैरव जो बन्यो बुझ अझै देखिन्छ त्यो बाटुलो ।
      अर्को कुण्ड सरस्वती पनि बन्यो केही तलै पर्छ त्यो ।।५५।।

      कालो गाजल तुल्य भैरव अहो ! ती भीमकै कारण ।
      साँचै भैरवझैं भयो कलकले त्यो कुण्ड नै भीषण ।।
      हेरे हेर्न हुनेछ, हेर अझ त्यो नीलो छ ज्यादै अहो !
      साथै सुन्न सकिन्छ शब्द सुरिलो कल्लोल वा छालको ।।६६।।

      हे भूतेश ! उमापते ! पशुपते ! हे भर्ग ! हे शङ्कर !
      हे सर्वेश्वर ! चन्दशेखर ! विभो ! हे रुद्र ! गङ्गाधर ।।
      हे विश्वेश्वर ! विश्वपालक प्रभो ! हे धर्मधारे ! शिव !
      पाऊँ दर्शन नीलकण्ठ ! भगवन् ! हाम्रो नमस्कार छ ।।७४।।

      नीलकण्ठ महिमा पुरा पढ्नको लागि यहाँ जानुहोस् ।नीलकण्ठ महिमा पुरा पढ्नको लागि यहाँ जानुहोस् ।

      गोसाइँकुण्ड क्षेत्र तथा वरपरका आकर्षणहरू

      - धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण
      - विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत
      - वीर अमरसिंह थापाको गुफा
      - लोपोन्मुख रेडपाण्डा अवलोकन
      - लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।
      - लोपोन्मुख जडिबुटीहरूको भण्डार ।
      - हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।
      - प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।
      - नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)
      - सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा
      - माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

      कसरी पुग्ने गोसाइँकुण्ड

      गोसाइँकुण्ड पदयात्राका विभिन्न मार्गहरूको प्रयोग गर्न सकिन्छ ।

      १) रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना हुँदै

      २) रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै

      ३) नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

      ३) नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड हुँदै

      ४) नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड हुँदै

      ५) काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड हुँदै

      ६) काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

      ७) सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड हुँदै

      गोसाइँकुण्ड क्षेत्र विकास सम्बन्धि जानकारी

      Comming Soon....

      धैबुङ चित्रकालिका मन्दिर

      Monday, July 17, 2023 0 Comments

      Dhaibung Chitra Kalika Temple Rasuwa

      प्राकृतिक दृश्यको धनीऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ ।

      चार धाममध्येको एक धाम : उत्तरगया धाम

      Monday, July 17, 2023 0 Comments
      Betragangga Rudraganga TrishulGanga Rasuwa

      लठ्ठी गाड्नुभयो जहाँ गिरिशले त्यो वेतको क्यै अघि ।
       हो त्यैँ मूल फुटी कुवा पनि बन्यो त्यो कूपबाटै छुटी ।। 
      मीठो शब्द गरी बगिन् कलकली प्रख्यात वेत्रावती 
      गङ्गा पुण्यदिने यिनैकन सबै भन्छन् फलाँखू नदी ।।४२
      (अप्र. नीलकण्ठ महिमाडा. सत्यराज थपलिया)

      डा. सत्यराज थपलियाको अप्रकाशित कृति नीलकण्ठ महिमामा उल्लेख गरिएको माथिका चार लाइन कविताबाट बेत्रावतीको उत्पत्ति तथा पौराणिक महत्व झल्कन्छ । एक पौराणिक किंवदन्ती अनुसार  सत्ययुगमा देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको हलाहल नामक कालकूट विषले संसार दग्ध गराउन लाग्दा संसारको रक्षार्थ शिवजीले उक्त विष निल्नुभएको थियो । शिवजीले निल्नुभएको विष घाँटीमा अड्कन गएकोले उहाँलाई डाहा भएको र डाहा शान्त गर्न छट्पटिएर बेतको लौरो र त्रिशूल लिएर निस्कनु भएको शिवजी अहिले उत्तरगयाको नामले चिनिएको बेत्रावतीमा आइपुग्नु भएको थियो । पानी प्यास लाग्दा बेतको लौरीले खोपेर सबैलाई पुण्य दिने बेत्रावती नदीको उत्पत्ति भएको भन्ने परिचय माथिको कविताले दिएको छ । त्यही पानी पिएर भगवान शिवले प्यास मेटाउनु भएको थियो पौराणिक कथनमा उल्लेख गरिएको छ ।  


      बेतको लौरीबाट उत्पत्ति भएकी बेत्रावती नदीका नामबाट नामाकरण हुन गएको यो स्थान रसुवा र नुवाकोट जिल्लामा पर्दछ । दुबै जिल्लामा बेत्रावतीको भूभाग बराबर जस्तै भएपनि महत्वपूर्ण संरचना भने रसुवाका भूभागमा रहेका छन् । समुद्री सतहबाट ७१४ मी. उचाईमा अवस्थित बेत्रावती रसुवाको प्रवेशद्वार हो । पासाङल्हामु सडकखण्ड त्रिशूली बजारबाट ८ किमी उत्तरफलाँखुसलाँखु  र त्रिशूली नदीको त्रिसंगमको रूपमा रहेको बेत्रावती सबैको धार्मिक आस्थाको धरोहर बनेको छ । 

      जल्ले गर्छ सभक्ति स्नान शिवको वेत्रावती घाटमा 

      यद्वा यज्ञ र दानध्यानजप वा श्राद्धादि गर्ला त्यहाँ ।

      पुर्खा क्वै त्यसका अधोगति भए उद्धार होलान् अझ ।।

      चढ्दै दिव्य विमानमा शिवपुरी जाला स्वयम् आखिर ।।४४।


      रसुवा र नुवाकोटका अधिकाँश क्षेत्रका मानिस (हिन्दु) हरूको मृत्युपश्चात यही नदीमा देहदहन गर्ने गरिन्छ । यस पुण्यभूमिमा देहदहनवितेका पुर्खाको नाममा श्रद्धा तथा यस क्षेत्रमा धार्मिक कार्य गर्दा मृत्युपर्यन्त मानिस सिधै कैलाशमा जान्छ भन्ने खालको भाव माथिको कविताबाट पाइन्छ । नेपाल तथा भारत र अन्य देशबाट विशेष गरी पौषे औंशीका दिन पुर्खाको नाममा श्रद्धा गर्नेको भीड लाग्ने गरेको छ । अधोगति (असामयिक निधन वा दुर्घटनामा परी मरेका) परेका पुर्खाको नाममा यहाँ पुगेर तर्पण मात्र दिए पनि उनीहरूको देह मोक्ष हुने जनविश्वास रही आएको छ ।  संसारका चार धाममध्ये एक धामका रूपमा आफ्नो परिचय बनाइसकेको बेत्रावतीले पर्यटकीय सम्भावनालाई नियाली रहेको छ  । 

                                                                 

      यो देखी अति हर्ष भै ऋषिहरू सद्भक्ति ली चित्तमा ।

      आए किन्नरयक्षमानिस सबै वेत्रावती तीर्थमा ।।

      न्वाए सज्जनले महेशजलमा आनन्द भै आखिर ।

      गङ्गा वेत्र भनेर पूजन गरी फर्की गए ती घर ।।४३।।

       

      पौराणिक कालदेखि नै यहाँ स्नान गर्न धेरैस्थानबाट मानिसहरू आउने गरेका थिए भन्ने खालको कथन माथिको हरफबाट पाउन सकिन्छ । जब शिवजीले बेतको छडी मार्फत् गंगाजी उत्पत्ति गर्नुभोत्यति नै बेला ऋषिहरूसहित किन्नरयक्ष र मानिसहरू स्नान गर्न आएका थिए । हुनसक्छत्यसैको प्रतिफल आज यहाँ धेरै ठाउँबाट नुहाउन र तर्पण दिनकै लागि भनेर वर्षेनी हज्जारौं मानिसहरू आउने गर्दछन् ।

       

      बेत्रावती नदीलाई आकर्षण केन्द्र बनाएर यहाँ धेरै कार्यक्रमहरू आयोजना गरिन्छन् । दुई जिल्ला बीचको व्यापारिक केन्द्रको रूपमा रहेकोले पनि यहाँ धेरै मानिसहरूको आवातजावत हुने गर्दछ । ठूली एकदशीगाइजात्रापौषे औंशी तथा माघे संक्रान्ति (गोरू जुधाउने पर्व) का दिन यहाँ विशाल मेला लाग्ने गर्दछ । त्यसबाहेक विभिन्न अवसरहरूमा पनि यहाँ जात्रा लाग्ने गरेको पाइन्छ । 

       

      रसुवालाई प्रवेशद्वार बनाएर पूर्वतर्फ भोर्लेसरमथली र यार्सा र पश्चिमतर्फ नुवाकोटका फिकुरीमनकामना रसुवाका ठूलोगाउँडाँडागाउँहाकु तथा गतलाङतर्फका पर्यटकीय मार्गहरूको विकास गर्न सकिने सम्भावना रहेको छ । केही मात्रामा पर्यटन व्यवसायी र राज्यका निकायबाट यसका विषयमा केही प्रयास भइरहेका भने छन् ।

       

      माथि उल्लेखित पौराणिक तथा धार्मिक महत्व र सन् १८४९ मा भएको नेपाल चीन युद्ध रोक्न गरिएको बेत्रावती सम्झौतायहाँको रामलइमणसीताहनुमानसलाँखुफलाँखु र त्रिशूली नदीको त्रिसंगम बेत्रगंगाउत्तरगयापौषेऔंशीएकादशीगाइजात्रा तथा मात्रेसंक्रान्ति पर्वका गोरू जुधाइ जस्ता पर्व र उत्सवको प्रवद्र्धन गर्न सके पक्कै पनि बेत्रावती र यसका आसपासमा पर्यटन विकास भई जनताको आर्थिक सुधार तथा जीविकोपार्जनमा टेवा पुग्नेछ । 

      सम्बन्धित भिडिय ोह रू