यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Tamang Village. Show all posts
Showing posts with label Tamang Village. Show all posts

पर्यटकीय गाउँ बार्गो अर्थात् भार्खु

Tuesday, April 23, 2024 0 Comments

पर्यटकीय गाउँ बार्गो अर्थात् भार्खु
भूकम्प २०७२ अघिको ठूलोभार्खुको तस्वीर

भोटको जोङ्‌खादेखि तल र काठमाण्डौंको किलागल वा बाङ्‌गेमुढादेखि माथि बाटो नाप्दै आउँदा यो गाउँमा बीच वा मध्य भागमा रहेकोले यस गाउँलाई स्थानीय नामाकरण अनुसार 'बार्गो' भनिएको हो । अपभ्रम्श भई 'भार्खु' वा 'भार्कु' भनिएको हो ।


    बार्गो अर्थात् भार्खुको परिचय

    रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ५ मा रहेको भार्खु गाउँलाई स्थानीयहरू बार्गो भन्दछन् । पासाङल्हामु राजमार्ग धुन्चे-स्याफ्रुबेंसी खण्डमा पर्ने भार्खु गाउँलाई तिब्बतीयन भाषामा 'कतो' भनिन्छ ।

    स्थानीय भाषा अनुसार 'बार' भनेको बीच वा मध्य र 'गो' भनेको 'ढोका' हो अर्थात् बीचमा रहेको ढोका वा मूलढोका भनेर पनि ब्याख्या गरिएको छ ।

    भोटको जोङ्‌खादेखि तल र काठमाण्डौंको किलागल वा बाङ्‌गेमुढादेखि माथि बाटो नाप्दै आउँदा यो गाउँमा बीच वा मध्य भागमा रहेकोले यस गाउँलाई स्थानीय नामाकरण अनुसार 'बार्गो' भनिएको हो । अपभ्रम्श भई 'भार्खु' वा 'भार्कु' भनिएको हो ।

    पर्यटकीय गाउँ बार्गो अर्थात् भार्खु
    प्राकृतिक भ्यूटावर नाउर डाँडाबाट देखिने सानोभार्खुको दृश्य


    भार्खु गाउँ दुई भागमा बिभाजित छ, 'ठूलोभार्खु' र 'सानोभार्खु' । रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट करीब ६ किलोमीटर दूरीमा रहेको यस गाउँबाट स्याफ्रुबेंसी, ठूलोस्याफ्रु र गोसाइँकुण्ड (सिङ्गोम्बा) जाने बाटाहरू रहेका छन् ।

    तामाङ समुदायको बसोबास रहेको यस स्थानमा प्राचीन बोङ्जो घलेको दरबार (अवशेष) रहेको छ ।

     

    बार्गो अर्थात् भार्खु गाउँ वरपरका मुख्य आकर्षणहरू

    • पासाङल्हामु राजमार्गमा अवस्थित
    • तामाङ संस्कृति, परम्परा र भेषभूषा
    • पर्यटकीय गन्तव्यको बिन्दु
    • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन
    • रमणीय प्राकृतिक भ्यूटावरहरू

     

    बार्गो अर्थात् भार्खु गाउँ कसरी पुग्ने ?

    पासाङल्हामु राजमार्गको प्रयोग गरेर, सदरमुकाम धुन्चेबाट करीब ६ किमी दूरीमा रहेको छ ।


    बार्गो अर्थात् भार्खुसँग सम्बन्धित सामग्रीहरू

     

    स्रोत : जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ, रसुवाली