यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Rasuwa News. Show all posts
Showing posts with label Rasuwa News. Show all posts

विनाशकारी भूकम्पकाे १० वर्ष, बिस्थािपत बस्ती स्थानान्तरण अझै भएन

Friday, April 25, 2025 0 Comments


रसुवा, ०७२ साल बैशाखमा गएकाे विनाशकारी भूकम्पका्र १० वर्ष बितेकाे छ । भूकम्पका कारण बिस्थापित  परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् । 

नेपालको संबिधानले आवासको हक नागरिकको मौलिक हकका रुपमा समेटिएपनि ०७२ वैशाखको भूकम्पका कारण बिस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् । 

बिस्थापित क्याम्पका बृद्धबृद्धा, महिला, वालवालिकाहरू अहिले गर्मीले कष्ठकर जीवन बिताउछन् । बिस्थापित क्याम्पका बृद्धबृद्धा, वालवालिकाहरु अहिले गर्मीले कठिन भएको छ उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित क्याम्पका पूर्ण घलेले ईन्सेक प्रतिनिधीसँग भने “अवासको हक कसरी सुरक्षित हुन्छ मानवअधिकारकर्मीहरुले हाम्रो आवाज उठाईदिनु प¥यो ।”

क्याम्पका अगुवा छेकु लामाले भने तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल आएर खाल्टेको सार्वजनिक स्थान बस्न भनेपछि आफुहरु त्यहाँ बसेको तर पछि प्राधिकारणले नै यहाँबाट उठाउन खोजिएको र हाम्रो समस्या समाधान नभइ प्राधिकरण बिघठन नै भयो ।  

विनाशकारी भूकम्पका आठवर्ष बित्दा पनि निजी आवास पुनर्निर्माणको हुन नसक्दा बिस्थापित समूदायको बस्ती स्थानान्तरण हुन नसक्दा अहिले गर्मीका कारण निकै कष्ठकर जीवन बिताउन बाध्य छन् । गर्मीका कारण यहाँका बृद्धहरुमा स्वस्थ्यमा समेत समस्या देखिन थालेको छ । कुन गर्मी, कुन जाडो, कुन वर्षातको भेल, “वर्खा त त्रिशूली नदिमा आउने बाढीले बस्ती बगाउने त्रासमा हुन्छौं स्थानीय बुटी तामाङले भनिन् सधैं त्रासमा कति बस्नु यहाँ महिला, बालबालिका, जेष्ठ नागरिक कहिलेसम्म जोखिममा बस्ने हो नागरिक अधिकारको प्रत्यभूति गर्न सकिएन ।   

सरकारले आफ्नो सुरक्षित घडेरी नभएका परिवारलाई २ लख रुपैयाँ दिने नीति अनुरुप अनुदान दिएर बस्ती स्थानान्तरण सुरु भएपनि त्यसले गति लिन सकेको छैन । बस्ती स्थानान्तरणमा ढिलाई हुनाले यो बर्षातपनि बिस्थापितहरु टिनको छाप्रामै बस्न बाध्य छन् । 

आफ्नो स्वामित्वमा रहेको जग्गा आवास निर्माणका लागि असुरक्षित भएका परिवारलाई सरकारले जग्गा ३ वर्षअघि तल्लो पैरेमा जग्गा अधिग्रहण गरेपछि अझै आवास निर्माण थालनी भएको छैन । त्यहाँ खाल्टेमा बसेका सवै बिस्थापित परिवारलाइ पुग्ने गरी जग्गा स्थानीय पर्मा लामाले भने छैन । 

आफू बसिरहेको घरसँगै सर्वस्व गुमाएर २०७२ वैशाख १२ पछि विस्थापित भएका साविक हाकु गाविस–८ र ९, डाँडागाउँ गाविस वडा नं ८ र ९ का भूकम्प पीडित अहिले पनि उत्तरगया गाँउपलिका –५ को खाल्डे बगरमा बसोबास गरिरहेका छन् ।

तत्कालिन समयमा जनप्रतिनिधिहरू, संबिधान सभा सदस्य जनार्दन ढकाललगायत अगुवाहरूले भूकम्प पछिकाे अथक प्रयास लामो सङ्घर्षपछि खाल्डेमा बसोबास गर्नेमध्ये १२८ परिवारलाई पुनर्वास गराउने भनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ सालमा नजिकै तल्लोपैरेमा ३८ रोपनी जग्गा खरिद गर्‍यो । पछि विस्थापितलाई पुर्जा वितरण गर्ने भनी प्राधिकरणकै नाममा जग्गा खरिद गरिएको पनि ५ वर्ष बित्यो तर विस्थापितका लागि निजी आवास निर्माण हुन सकेको छैन । उता उत्तरगया गाउँपालिका १ काे तिरूमा एकीकृत बस्तीमा घर बनेपनि बिस्थािपत बस्न पाएका छैनन् । बनेका घर थाेत्रा हुन लागे तर उनीहरूले बस्न पाएका छैनन् । 

एक दशकदेखि यसरी कष्टसाथ बस्दै आएका विस्थापित परिवारलाई न्याय हुने गरी सरकारले पुनर्निर्माण र पुनर्वासमा सहयोग गर्नु आजको आबश्यकता हो, तसर्थ उनीहरूको कष्टकर जीविकाबाट मुक्ति दिलाउन सीप र क्षमता अनुसारको जीविकोपार्जनमूलक कार्यक्रम, बालबालिकाको शिक्षा, अस्वस्थ र ज्येष्ठ नागरिक लगायतलाई स्वास्थ्यको विषयमा पनि ध्यान दिनु आवस्यक देखिन्छ । 




मूख्य न्यायाधिवक्ताद्वारा रसुवाको कारागार तथा हिरासत कक्षको निरीक्षण

Thursday, April 17, 2025 0 Comments


रसुवा, बागमती प्रदेश, हेटौंडा स्थित मुख्य न्यायाधिवक्ताको कार्यालयका प्रमुख न्यायाधिवक्ता शुकदेव काफ्लेले रसुवाको कारागार तथा थुनुवा कक्षहरूको निरीक्षण र अवलोकन गरेका छन् । 

निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रसुवाको अपराध अनुसन्धान शाखा, थुनुवा कक्ष, तथा हिरासत कक्षको स्थलगत अध्ययन गर्दै प्रमुख न्यायाधिवक्ताले सो कार्यालयमा दर्ता भई पेण्डिङमा रहेका मुद्दाहरूका विषयमा सम्बन्धित अधिकारीहरूसँग छलफल भयाे । साथै, ती मुद्दाहरूको प्रभावकारी व्यवस्थापन र छिटो कार्य सम्पादन लागि आवश्यक निर्देशनहरू पनि दिए । 

जिल्ला कारागारको कार्यालय भवन, कैदी–थुनुवाहरू बस्ने भवन, तथा समग्र कारागार व्यवस्थापनको निरीक्षण गर्दै, त्यहाँ रहेका कैदी तथा थुनुवाहरूको आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी लिए ।  निरीक्षणपछि उनले कारागार प्रशासनसँग छलफल गर्दै सुरक्षा, स्वास्थ्य सेवा, आवास सुविधा, तथा मानव अधिकारको सम्मान सम्बन्धी विषयमा ध्यान दिनुपर्नेमा जोड दिए । 

निरीक्षणको क्रममा प्रमुख न्यायाधिवक्तासँग जिल्ला न्यायाधिवक्ताको कार्यालय रसुवा, प्रहरी कार्यालयका पदाधिकारीहरू तथा कारागार प्रशासनका प्रतिनिधिहरू पनि सहभागी थिए।

रसुवामा ७० प्रतिशत स्थानका पिउन पानी दुषित

Sunday, April 13, 2025 0 Comments

रसुवा,  केही दिन अघि जिल्लाको सदरमुकामलगायत पचहत्तर स्थानमा गरिएको पानी परीक्षणमा ७० प्रतिशत स्थानका पानी सिधै पिउन अयोग्य रहेको जनस्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।

जिल्लाको नौकुण्ड, उत्तरगया, कालिका तथा गोसाईंकुण्ड गाउँपालिकाका विभिन्न क्षेत्रका इनार, ढुंगेधारा, धारा तथा मुहानहरूको पानीको नमुना संकलन गरी परीक्षण गर्दा अधिकांश स्थानमा पानीमा दूषित पदार्थ भेटिएको हो। 

गर्मी याम सुरु भएसँगै सरुवा रोगहरू फैलन सक्ने जोखिमलाई मध्यनजर गर्दै परीक्षण गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख झम प्रसाद आचार्यले जानकारी दिए । 

प्रमुख आचार्यका अनुसार, धेरै स्थानमा पानीको स्रोतमा पानी पिउन योग्य भए पनि वितरण प्रणाली जस्तै पाइपलाइन, ट्यांकी वा धारामा पुग्दा फोहरिने भएकाले पानी पिउन अयोग्य हुने गरेको छ। उपभोक्ताहरूले पानीको स्रोतहरूमा सरसफाइको उचित ध्यान नदिँदा दूषित भएको पनि बताइएको छ।

केही स्थानमा पानी फिल्टर गरेपछि मात्र पिउन योग्य देखिएको छ भने अधिकांश स्थानमा प्रशोधन नगरी पानी पिउन नहुने अवस्था देखिएको कार्यालयले जनाएको छ।

जनस्वास्थ्य कार्यालयले जिल्लावासीहरूलाई पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र सेवन गर्न अनुरोध गरेको छ। साथै, पानीका स्रोतहरूको संरक्षण तथा सरसफाइमा सामुदायिक ध्यान दिनु पर्ने आवश्यकतामा पनि जोड् दिएको छ।

रसुवागढी नाकाबाट ८ महिनामा ६.८८ अर्ब राजश्व

Monday, March 31, 2025 0 Comments

रसुवा, नेपाल चीन सिमानकाे रसुवागढी नाकाबाट हुने काराेवारबाट  ६ अर्ब ८८ करोड रुपैयाँ राजश्व असुली भएकाे छ । 

चालू आर्थिक वर्षको पहिलो ८ महिनामा ९साउनदेखि फागुनसम्म० रसुवागढी सीमा नाकाबाट ४,६३७ वटा चिनियाँ इलेक्ट्रिक सवारी साधन (कार, जीप, बस, भ्यान) आयात भएको छ। यसबाट सरकारलाई ६ अर्ब ८८ करोड रुपैयाँ राजश्व उठेकाे हाे । 

भन्सार विभागका प्रमुख तुलसीप्रसाद भट्टराईले बताए अनुसार, यी सवारीहरू नेपालभर विभिन्न स्थानमा पठाइएका छन्। अधिकांश सवारीहरू भन्सार प्रक्रिया पूरा गरी गन्तव्यतर्फ पुगिसकेका छन् भने केही काठमाडौं पठाउने तयारी भइरहेको छ।

चीनबाट इलेक्ट्रिक गाडी आयातमा निकै उछाल आएको छ। यसको प्रमुख कारण नेपाल सरकारले इलेक्ट्रिक वाहनमा दिँदै आएको कर छूट र पेट्रोल(डिजेलको मूल्यवृद्धिले गर्दा बिजुलीमा चल्ने सवारीको माग बढेको हो। यसले नेपालको ऊर्जा आयात घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

यसै अवधिमा रसुवागढी नाकाबाट तयारी पोशाक, जुत्ता, चप्पल, जीप र कारका पुर्जा, होजियारी कपडा, ब्याग, स्याउ, लसुन लगायत सामान पनि आयात भएको छ। साथै, निर्माणाधीन जलविद्युत आयोजनाहरूका लागि चिनियाँ उपकरणहरू पनि आयात भइरहेको छ।

यी आयातहरूले सरकारी राजश्व संकलनमा ठूलो योगदान पुर्याएका छन्। विशेष गरी इलेक्ट्रिक सवारीको बढ्दो आयातले नेपालको हरित ऊर्जा र सार्वजनिक यातायात नीतिलाई बलियो बनाउने देखिन्छ।

याे २०७१ सालदेखि सञ्चालनमा आएको नाका हाे । चीनबाट इलेक्ट्रिक सवारी साधन, रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलफुल आयात हुँदै आएको छ। 



धुन्चेमा गणतन्त्र पक्षमा जागरण सभा हुने

Saturday, March 29, 2025 0 Comments

 


रसुवा, नेकपा एमाले रसुवाकाे आयोजनामा लोकतान्त्रिक गणतन्त्रको पक्षमा र प्रतिगामी हिंसात्मक प्रवृत्तिको विरुद्ध  चैत १८ गते धुन्चेमा जनजागरण सभा हुने भएकाे छ । 

लोकतान्त्रिक गणतन्त्र पक्षहरुमा हुने जागरणा सभामा पार्टी नेताहरू सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । पाँचवटै गाउँपालिका कमिटीकाे बैठक बसेर १८ गते सदरमुकाममा हुने सभामा  उपस्थितिको लागि सवै कार्यकर्तामा हार्दिक अनुरोध गरिएकाे नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य उद्धव प्रसाद रिजालले बताए । 

जागरण सभामा केन्द्रीय नेताहरू तथा प्रदेश कमिटी नेताहरू र जिल्ला नेताहरूले सम्बाेधन गर्ने पार्टी जिल्ला कमिटी रसुवाका उपाध्यक्ष कैसाङनुर्पु ताामाङले जानकारी दिए  । जागरण सभाका लागि सवै गाउँपालिकाबाट पार्टी कार्यकर्ताहरूकाे सहभागिता रहने बताइएकाे छ । 



वन डढेलो नियन्त्रणका लागि सचेतना मुलक सडक नाटक प्रदर्शन

Thursday, March 20, 2025 0 Comments

रसुवा, गर्मी तथा सुख्खायाममा वन डढेलोबाट हुनसक्ने जन धनको क्षति तथा जैविक विविधताको विनाश रोक्न डिभिजन वन कार्यालय रसुवाले वन डढेलो बिरूद्धकाे सचेतना  मुलक सडक नाटक गाउँ गाउँमा प्रदर्शन गरेकाे छ । 

सप्ताह (२०८१ सञ्चालन गरेको छ। फागुन २३ गतेदेखि २९ गतेसम्म पहिलो चरणमा रसुवाका विभिन्न स्थानहरूमा सचेतना र डढेलो नियन्त्रण सम्बन्धी प्रचार प्रसार कार्यक्रम सम्पन्न भएको डिभिजननल वन अधिकृत शम्भु तामाङले बताए।

पहिलो चरण अन्तर्गत गोल्जुङ, थाम्बुचेत, चिलिमे, ग्रे, गत्लाङ र डाँडागाउँमा जनचेतना ¥याली, अन्तरक्रिया, डढेलो नियन्त्रण सामग्री प्रदर्शन तथा प्रचार गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक तथा विद्यार्थी, सामुदायिक वन उपभोक्ता समूह र महासंघका पदाधिकारी, ईको क्लब, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार वन डढेलो नियन्त्रण गर्नु वन कार्यालय र सुरक्षा निकायको मात्र दायित्व मात्र नभई प्रत्येक व्यक्ति, समुदाय र संस्थाको जिम्मेवारी हो। वन डढेलोले वन तथा वन्यजन्तु मात्र नभई गाउँबस्तीमा क्षति पुर्‍याउने, मानव स्वास्थ्यमा असर गर्ने तथा जलवायु परिवर्तनमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले सबै पक्ष गम्भीर बन्नुपर्ने उनले बताए।

नाटक प्रदशनकाे क्रममा हाकुका महिलाहरूले वनमा डढेलो लगाउदा धेरै क्षति हुने र कानूनी कारबाही गर्नु पने गीत (तामाङ सेलाे ) गाएका थिए ।  हाकु स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मी कमल बिष्टले जलवायु परिवर्तनकाे असर देखिन थालेकाेले सुख्खापन बढेकाेले अब सामुदायिक वन तथा वातावरणमा जाेखिम बढेकाेले यस्ताे सचेतना मुलक कार्यक्रम गर्नु परेकाे बताए । 

वन डढेलो बारे सचेतना अभियानको दोस्रो चरणमा डिभिजन वन कार्यालयले रेडियो लाङटाङ र सामुदायिक वन उपभोक्ता महासंघ रसुवासँगको सहकार्यमा सन्देश मूलक सडक नाटक प्रदर्शन गरिएको छ। नाटकमा सहभागी कलाकार नीलकण्ठ मावि बेत्रावतीका विद्यार्थी कलाकारहरूले आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत गत्लाङ र थाम्बुचेतमा प्रदर्शन गरिएको उक्त नाटक जिल्ला सदरमुकाम धुन्चे, ठूलोहाकु, डाँडागाउँलगायतका गाउँ बस्तीमा समेत प्नदर्शन गरिएको वन डढेलो फोकल पर्सन बिर बहादुर बोम्जनले जानकारी दिए।


रसुवाबाट एसइइमा ५ सय ३१ जना विद्यार्थी सहभागी हुने

Saturday, March 15, 2025 0 Comments

रसुवा, आगामी चैत्र ७ देखि १९ गतेसम्म सञ्चालन हुने एसईई (सेकन्डरी एजुकेशन एग्जामिनेशन) परीक्षा २०८१ मा रसुवा जिल्लाबाट ५ सय ३१ जना विद्यार्थी सहभागी हुने भएका छन्। 

यस परीक्षाको सञ्चालनका लागि जिल्लाभरका ५ वटा स्थानीय तहमा रहेका ६ वटा माध्यमिक विद्यालयहरू परीक्षा केन्द्रको रूपमा तोकिएका छन्। शिक्षा विकास तथा समन्वय एकाई रसुवाका इकाई प्रमुख दिपेश सिलवालले जानकारी दिए ।

गोसाईकुण्ड गाउँपालिकामा रसुवा मावि धुन्चे, कोमिन स्यामेवाङफेल मावि, हाकु मावि, नमुना इभरग्रिन बोर्डिङ स्कुल, हाईल्याण्ड आवासिय मावि, कालिका गाउँपालिका, निलकण्ठ नमुना मावि जिवजिवे, गौतमबुद्ध मावि, कालिका हिमालयन मावि, नर्थ पोल इङ्लिस बोर्डिङ स्कुल,उत्तरगया गाउँपालिका, निलकण्ठ मावि बोगटीटार, सेतिदेवी मावि, डाडागाउँ मावि, भूमेदेवी मावि, सुन्धरा मावि, नवविजयी महेन्द्र मावि नौकुण्ड गौतमबुद्ध मावि, निर्कुभुमे मावि, नारायण मावि, वागेश्वरी मावि विद्यार्थीहरूको विवरण नियमित साधारण धार ४ सय १० जना, ग्रेड वृद्धि साधारण धार ६५ जना, प्राविधिक धारमा २ जना रहेका छन् ।

जिल्लामा दुई विद्यालयहरू ९ निलकण्ठ मावि बोगटिटार र नौकुण्ड ६ मा रहेको गोसाईकुण्ड मावि ९ प्राविधिक धाराका विद्यार्थीहरूको लागि परीक्षा केन्द्रको रूपमा रहेका छन्। निलकण्ठ माविबाट १६ जना र गोसाईकुण्ड माविबाट ३८ जना विद्यार्थीहरूले प्राविधिक धाराको परीक्षा दिनेछन्। 

यस वर्षको एसईई परीक्षा सफलतापूर्वक सम्पन्न गर्न जिल्ला शिक्षा कार्यालय र सम्बन्धित स्थानीय तहले आवश्यक तयारी गरेको छ। परीक्षार्थीहरूले निर्धारित मितिमा समयमै परीक्षा केन्द्रमा उपस्थित हुन आग्रह गरिएको छ।

एमाले रसुवा अध्यक्ष जनार्दन ढकालले पार्टीबाट अलग भएको घोषणा

Saturday, March 08, 2025 0 Comments

रसुवा, नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

शनिबार हिमालय टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले आफूमाथि चौतर्फी घेराबन्दी भएकाले पार्टी परित्याग गर्नुपरेको बताएका हुन् । 

ढकालले पार्टीको समस्याबारे पार्टी केन्द्रीय महासचिव शंकर पोखरेल, प्रदेश इन्चार्ज राजन भट्टराईलगायतका नेताहरूलाई जानकारी गराउँदा पनि समस्या सम्बोधनमा चासो नदेखाएपछि पार्टीबाट अलग हुनुपरेको प्रस्टीकरण दिएका छन् । ढकाल २०७० को संविधान सभा सदस्य समेत हुन् । 

पछिल्लो पटक पार्टीको जरा अभियानको नाममा रसुवामा हरेक कार्यक्रममा विवाद उत्पन्न भएपछि अभियान नै स्थगित गरिएको थियो । रसुवाको पार्टीमा देखिएको विवादका बारेमा एमाले बागमती प्रदेशका इन्चार्ज डा राजन भट्टराईले मध्यरातमा प्रधानमन्त्री निवासमै पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर जानकारी गराएका थिए । जिल्लामा घेराबन्दी भएकाे र पार्टीकाे केन्द्रबाट समस्या समाधान नभएपछि उनले राजिनामा दिएका हुन् ।  


रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता

Wednesday, February 26, 2025 0 Comments

रसुवा,  राष्ट्रिय जनगणना २०७८ को अन्तिम विवरणअनुसार ४६ हजार ६ सय ८९ रसुवाको कुल जनसङ्ख्या रहेको छ । ती मध्ये चार हजार आठ सय ५३ जना बालबालिका रहेका छन् ।

जिल्लाको जनगणनामा कुल चार हजार आठ सय ५३ जना बालबालिकामध्ये चार हजार दुई सय ५८ जना अर्थात् ८७.७ प्रतिशतको मात्र जन्मदर्ता भएको छ । त्यसैगरी, पाँच सय ९५ जना अर्थात् १२.३ प्रतिशतको जन्मदर्ता नभएको राष्ट्रिय जनगणना २०७८ को विवरणमा उल्लेख छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ ।

यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालय राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा चार हजार परिवारको घरभित्र र ६ हजार तीन सय परिवारको धारा घरबाहिर रहेको छ । ७८ परिवारले खुला इनार, १० परिवारमा छोपिएको इनारबाट पानी, पाँच सय ३७ परिवारमा मुख्य धाराको पानी र ६४ परिवारले खुला पानी पिउनुपर्छ र खाना पकाउन प्रयोग गर्नुपर्छ ।

तथ्याङ्कअनुसार जिल्लामा अपाङ्गता व्यक्तिको सङ्ख्या एक हजार दुई सय ९३ जना रहेको छ, जसमध्ये पुरुष सात सय १८ जना र महिला पाँच सय ७५ जना रहेका छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्ज : अप्रेसन संरक्षण ११ मार्फत वन्यजन्तु र वातावरण संरक्षणको अभियान सुरू

Thursday, February 20, 2025 0 Comments

 

रसुवा, वन तथा वन्यजन्तु संरक्षणका लागि क्रियाशील लाङटाङ राष्ट्रिय निकुञ्जले जेठसम्म अप्रेसन संरक्षण ११ सुरू गरेको छ। यस अभियानको मूख्य उद्देश्य निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नु, वन्यजन्तुको अवैध आवतजावत नियन्त्रण गर्नु र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्नु हो। 

यसले संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए । यो अभियान निकुञ्जको कार्यक्षेत्र रहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा संचालन हुनेछ। 

रसुवाको नौकुण्ड -१ काे लाङबु, नुवाकोटको नेगी र सिन्धुपाल्चोकको बैकुण्ठेमा अभियान संचालन भइरहेको छ। यसका लागि अस्थायी संयुक्त पोष्ट संचालन गरी गस्ती गरिएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत ९ गते स्थापना भएको हो। यो निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १,७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्र २०५५ साल बैशाख १४ गते घाेषणा भएको हो र यसको क्षेत्रफल ४१८.३० वर्ग किलोमिटर छ।

निकुञ्ज अन्तर्गत २१ वटा मध्यवर्ती उपभोक्ता समिति र १९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समूहहरू छन्। साविकका ३४ वटा गाउँविकास समितिमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र पहिलो स्थानीय तहको निर्वाचन पश्चात् रसुवामा ४ वटा, नुवाकोटमा ३ वटा र सिन्धुपाल्चोकमा ४ वटा गाउँपालिका गरी कुल ११ वटा गाउँपालिका पर्दछन् । यसरी लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तु तथा वनस्पतीको संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

नेपाल बुद्धिजीवी परिषद्मा विष्णु पाैडेल

Wednesday, February 19, 2025 0 Comments

रसुवा, नेपाल बुद्धिजीवी परिषद्, जिल्ला समिति रसुवाको सातौं जिल्ला अधिवेशन कालिकास्थानमा सम्पन्न भयो । अधिवेशनले आगामी ३ वर्षे कार्यकालको लागि विष्णुप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । 

जिल्ला समितिको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, सचिवमा झंकनाथ न्यौपाने, कोषाध्यक्षमा शम्भुप्रसाद न्यौपाने, उपसचिवमा गोमा पौडेल न्यौपाने र सदस्यहरुमा भरतप्रसाद न्यौपाने, प्रफुल्ल देवकोटा र निमा रेन्जेन तामाङ चयन भएका छन् । 

नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य तथा बागमती प्रदेश नीति आयोगका डा दिपेन्द्र श्रेष्ठकाे प्रमुख अतिथ्यमा तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्यालकाे बिशेष अतिथ्यमा भएकाे थियाे । अधिबेशनमा पूर्व अध्यक्षहरूलाइ सम्मान गरिएकाे थियाे । 

रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता

Sunday, February 09, 2025 0 Comments


रसुवा, राष्ट्रिय जनगणना २०७८ अनुसार ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेकाे छ । 

जिल्लाको जनगणनामा कुल ४ हजार ८ सय ५३ जना बालबालिका मध्ये ४ हजार २५८ जना ८७.७ प्रतिशतले जन्मदर्ता गरेका छन् भने ५९५ जना १२.३ प्रतिशतले जन्मदर्ता गरेका छैनन् ।  जिल्लाकाे कुल जनसंख्या ४६ हजार ६ सय ८९ हो ।  नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६।३ प्रतिशत पुगेको हो ।