यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Picnic Spots. Show all posts
Showing posts with label Picnic Spots. Show all posts

पर्यटकीय स्थल : स्याउबारी

Saturday, August 12, 2023 0 Comments

यहाँबाट विकसोन्मुख अवस्थामा रहेको नौकुण्ड पदयात्रा पनि गर्न सकिन्छ । गैरीनागी, लोकिल, जुरेढुङ्गा हुँदै वा बिजिली जोङ्ग, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी हुँदै श्यार्मा, बक्सार, परालथलाबाट नौकुण्ड- गोसाइँकुण्डसम्म पुग्न सकिन्छ ।



    स्याउबारीको परिचय

    रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ मा रहेको स्याउबारी रमणीय र पर्यटकीय स्थल हो । गोम्बाडाँडा र राम्चेको बीचमा रहेको यो स्थल पछिल्लो केही समयदेखि पिक्निक स्पोटको रूपमा पनि रहँदै आएको । राजनीतिक होस् या सामाजिक कार्य/ वा भेला / समारोहहरू यहाँ आयोजना हुने गरेको छ ।

    पासाङल्हामु राजमार्गदेखि नै फैलिएको यो स्याउबारीमा रेडियो लाङटाङ ९०.३ मेगाहर्जको मुख्य स्टेशन पनि रहेको छ । गणेश हिमाल, उत्तरगया गाउँपालिका रसुवा तथा नुवाकोटको मनकामना, फिकुरी, ताजी, काउले, भाल्चे, तुप्चे, कोलनी, त्रिशूलीसम्मको मनोरम दृश्य देखिने यो स्थल तथा परिसरलाई पर्यटकीय हब बनाउन स्थानीय तहले विभिन्न कार्यहरू गर्दै आईरहेको छ ।


    बुद्द स्तुपा वा मन्दिरलगायत पार्क रहेको यस क्षेत्रमा प्राय: दिनहुँजसो आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ ।

    यहाँबाट विकसोन्मुख अवस्थामा रहेको नौकुण्ड पदयात्रा पनि गर्न सकिन्छ । गैरीनागी, लोकिल, जुरेढुङ्गा हुँदै वा बिजिली जोङ्ग, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी हुँदै श्यार्मा, बक्सार, परालथलाबाट नौकुण्ड- गोसाइँकुण्डसम्म पुग्न सकिन्छ ।

    आकर्षण

    -- पर्यटकीय स्थल

    -- पिक्निक स्पोट

    -- अध्ययन अवलोकनका लागि महत्वपूर्ण

    -- धसिङ्गरे तेल प्रशोधन केन्द्र

    -- जैविक विविधता सूचना केन्द्र

    -- रेडियो लाङटाङको स्टेशन

    -- गणेश हिमाललगायत मनोरम दृश्य अवलोकन

    -- लाङटाङ राष्ट्रिय निकुञ्ज

    कसरी पुग्ने स्याउबारी ?

    रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ मा रहेको स्याउबारी रमणीय र पर्यटकीय स्थल पासाङल्हामु राजमार्गको गोम्बोडाँडा- राम्चे सडकखण्डमा नौकुण्ड जाने सडकसँगै रहेको छ ।





    प्राकृतिक भ्यू-टावर जुरेढुङ्गा (सिप्पुङ)

    Sunday, July 23, 2023 0 Comments

    जुरेढुङ्‍गा अर्थात् सिप्पुङको मनोरम दृश्य

    लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँदछ ।

      जुरेढुङ्‌गा अर्थात् सिप्पुङको परिचय

      रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नं ६ मा रहेको जुरेढुङ्गा मनोरम स्थलमध्येको एक हो । लोकिल-सिपाङ पदमार्ग अन्तर्गत् पर्ने यो स्थान  पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाईमा पर्दै आएको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडा वा स्याउबारीबाट ३ घण्टाको पैदल यात्रामा सहजै यस स्थानमा पुग्न सकिन्छ । भूमेस्थान वा सानोआलेसम्म सडक सवारीको प्रयोग गरेर पनि यस स्थानमा सजिलै पुग्न सकिन्छ । 





      स्थानीय भाषामा सिप्पुङ पनि भनिन्छ यसलाई । गोरूको जुरोजस्तो भन्ने अर्थ रहेको छ सिप्पुङको । यहाँबाट विकसोन्मुख पर्यटन पदमार्गको रूपमा रहेको नौकुण्ड ताल पनि पुग्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा भूधरातलको मनोरम दृश्यावलोकनका लागि एकपटक यस स्थानमा पुग्नै पर्छ । मौषम सहज भएको अवस्थामा काठमाण्डौंसम्मको दृश्य पनि देख्न सकिन्छ ।




      यहाँबाट कान्छ्याम्बा खर्क, नचोक, बक्सार, परालथला हुँदै नौकुण्ड-गोसाइँकुण्डसम्मको यात्रा तय गर्न सकिन्छ । आवासको सुविधा नरहेको भए पनि यहाँ चौंरी, भेडा गोठहरूमा सामान्य किसिमले वास बस्न भने पाईन्छ । 


      जुरेढुङ्‍गा अर्थात् सिप्पाको चुचुरोबाट देखिने वस्तीहरू

      सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको छ ।


      नौकुण्ड गाउँपालिका वडा नं १ मा पर्ने जुरेढुङ्गा २९८० मी. उचाईमा अवस्थित छ । यसको पुच्छारमा सिप्पुङ (सिपाङ) खर्क रहेको छ । यहाँ पदार्पण गरिसकेपछि नौकुण्डका वस्तीहरू थाङ्दोर, लाङ्बु, यार्सा, आरूखर्क, लार्च्याङटार, फाम्चेत, पार्‍याङ, चिलाउने गाउँ, पाटीखर्क, भञ्ज्याङडाँडा, सरमथली, सातधारे हिमाल र नुवाकोटका बोहोरे, कटुञ्जेदेखि ककनी, चिसापानीलगायतका वस्ती र डाँडाकाँडा हेर्न सकिन्छ । जुरेढुङ्गाको तलतिर रहेका वस्तीहरू हेर्दा लाग्छ कि हेलिकप्टरबाट हेरिहरेको छु ।

      लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको यस जुरेढुङ्गाको वरपर पनि थुप्रै खर्क र आकर्षक स्थलहरू रहेका छन् । चैत्र-बैशाखको समयमा यहाँ विभिन्न किसिमका लालीगुँरासहरू फुल्ने गर्दछन्, जुन् दृश्यले यहाँ आउने सबैलाई मोहित बनाउँदछ । नजिकको वा १ दिनमात्र समय छुटाएर रसुवा-नुवाकोट तथा काठमाण्डौंदेखि नै यहाँको यात्रा तय गर्न सकिनेछ । लोपोन्मुख रेडपाण्डा (रातोहाब्रे) को यहाँ वासस्थान रहेको छ । ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरू रहेका छन् ।

       

      सिप्पा अर्थात् सिप्पुङलाई भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । जुरेढुङ्गाभन्दा दक्षिण-पूर्वतर्फ लाङ्बु गाउँको सिरानमा अवस्थित बिजिली (बिजुली) ढुङ्गा र निर्कुभूमेसँग जोडिएको एक धार्मिक कथन समेत् रहेको छ ।

       

      जुरेढुङ्गालगायत बिजिली ढुंगाबाट समेत् परापूर्व कालमा विवाह, ब्रतबन्धलगायतका शुभकार्यका लागि आवश्यक भाडाकुँडा पाईने गरेको किंबदन्ती रहेको छ भने पछि भाडाकुँडा प्रयोग पश्चात् सफा गरेर एकदिनमै त्यहाँ पुर्‍याईदिनु पर्नेमा भोलिपल्ट पुर्‍याईदिएकोले सिप्पा देवता रिसाएर  पछिल्लो समयमा भाडाकुँडा नदिन थालिएको भन्ने स्थानीयको भनाई रहेको छ।

      जुरेढुङ्‌गा अर्थात् सिप्पुङ वरपरको मुख्य मुख्य आकर्षणहरू

      • ३२ भन्दा बढी प्रजातिका लालीगुँरासहरू
      • ठूलाठूला गगनचुम्बी गुँरास, खस्रु, गोब्रेसल्लाहरूको मनोरम घना दृश्यावलोकन
      • जंगली जनावर, चरा अवलोकन
      • तामाङ भेषभूषा र संस्कृति
      • मनोरम वस्तीहरूको दृश्यावलोकन
      • सूर्योदय र सूर्यास्तका दृश्यावलोकन
      • चौंरी, गाई भेडा गोठ र खर्कहरू
      • पिकनिक स्पटहरू
      • कृषि तथा तरकारी फार्महरू

       



      कसरी पुग्ने जुरेढुङ्‌गा ?

      १)      पासाङल्हामु राजमार्गको गोम्बोडाँडा- स्याउबारीबाट गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले, दिलिङ हुँदै

      २)      पासाङल्हामु राजमार्गको कालिकास्थान, घुम्तीबाट जिबजिबे, ज्याङलाङ, आहालडाँडा, गैरीनागी, भूमेस्थान, लोकिल, सानोआले, दिलिङ हुँदै

      ३)       नुवाकोटको बिदुरबाट नुवाकोट दरबार, चोकदे, लच्याङ, सरमथली, पार्‍च्याङ, लाङ्बु (बिजिली जोङ्ग) हुँदै

      यसको अलावा बेत्रावतीबाट नौकुण्ड गापा, पार्‍च्याङ पुगेर पनि यस स्थानमा पुग्न सकिन्छ ।



       

       जुरेढुङ्‌गा अर्थात् सिप्पुङसँग सम्बन्धित भिडियो सामग्रीहरू





      तपाईलाई यो सामग्री कस्तो लाग्यो कृपया सुझाब दिनुहोला । आन्तरिक पर्यटन प्रवर्दनमा हाम्रो प्रयास