यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Nepal China Boarder. Show all posts
Showing posts with label Nepal China Boarder. Show all posts

स्याफ्रुबेसी–रसुवागढी सडक स्तरोन्नति सुरु

Sunday, February 02, 2025 0 Comments

रसुवा,  रसुवगढीनाका जाेड्ने  स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ । जिर्ण अवस्थामा रहेकाे सडक निर्माण थालनी भएपछि खुसीकाे संचार ल्याएकाे छ ।

 शिलन्यास गरेको करिब छ बर्षपछि स्याफ्रुबेसी–रसुवागढी सडकको स्तरोन्नति निमार्णको काम सुरु हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गर्न लागिएको स्याफ्रुबेसी-रसुवागढी निमार्णको काम फागुन महिनाको पहिलो साताबाट सुरु गरिने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसी-रसुवागढी’ सडक योजनाले जनाएको छ ।

योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठका अनुसार सोनाम ल्होसार मनाउन गएका चीनीयाँ निर्माण कम्पनीका कर्मचारीहरू आएलगत्तै निर्माणको काम सुरु हुने छ ।

निर्माण कम्पनी चाईना तिबेत टिएनन्यु कम्पनि लिमटेडले २०७६ साल आश्विन ११ गते निर्माणको काम सुरु गर्न सडकको शलिन्यास गरेको थियो । पछिल्लो समय कोभिडका कारण रोकिएको उक्त काम सडकछेउमा रहेका संरचना तथा बिद्युतका तार, घर टहराहरू तथा जग्गाको मुआब्जा समेत बितरण गरिसकेकाले काम सुरु हने श्रेष्ठले बताउनुभयो ।

गल्छी, त्रिशूली स्याफ्रुबेसी-रसुवागढी सडक योजनाका अनुसारसम्झौता भएको मितिले ३९ महिनाभित्र काम सम्पन्न गर्ने गरी तीन करोड ७९ लाख अमेरिकी डलरमा निर्माण हुनेछ ।

१७ किलोमिटर लामो सडकको साढे आठ मिटर चौडाईमा कालोपत्रे गरिनेछ भने दायाँबायाँ छेउमा एक मिटर चौडाईको नाली रहने योजना रहेको छ ।


ओझेलमा मालागढी

Tuesday, August 01, 2023 0 Comments

रसुवा जिल्लाको थुमन अर्थात् गोसाइँकुण्ड गाउँपालिका-१ मा रहेको मालागढी नेपाल-चीन प्रवेश गर्ने दोस्रो नाकाको रूपमा रहेको छ । पैदल पदमार्ग मात्र रहेको यस नाकामा सुरक्षालगायतका व्यवस्था नभएका कारण पनि यो नाका ओझेलमा परेको हो । नेपालकी विभूति भृकुटी (लिच्छबी शासक अंशुबर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यहीबाटोबाट पहिलोपटक तिब्बत प्रस्थान गरेको भन्ने ऐतिहाँसिक तथ्यहरु रहेका छन् । 

    tab level 0
        tab level 1
            tab level 2





जंगबहादुरको बीरताको चिनो : रसुवा/रासोवागढी

Tuesday, August 01, 2023 0 Comments

यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए ।
रसुवागढीको पुरानो तस्वीर 




जङ्गबहादुर राणाको पालामा निर्माण भएको रसुवागढी नाका डेढ शताब्दि पुरानोr ऐतिहाँसिक धरोहर हो । तेस्रोपटक भएको नेपाल-चीन युद्दपश्चात् थापाथली सन्धी पछि निर्माण भएको यो गढी रसुवा-चीनको सिमाना, गोसाइँकुण्ड गाउँपालिका-२, खम्पाटारमा पर्दछ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित बि.सं १९१२ सालमा निर्माण भएको यही नाकाको नामबाट रसुवा जिल्लाको नामाकरण भएको हो । तिब्बतीयन भाषामा रासोवा भनिदै आएको यस जिल्लाको अपभ्रम्शित रूप रसुवा हो । 'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ ।

बाँयातर्फ केरूङ र दाँयात्रफबाट आएको लिङ्देखोलाको दोभान अर्थात् संगम रहेको यस स्थान ऐतिहाँसिकसहित पर्यटकीय, सांस्कृतिक तथा आर्थिकनाकाको रूपमा पनि परिचित छ यो गढी वा नाका । गढी निर्माण हुँदा यहाँ मुख्यतः ३ गढीहरू रहेका थिए । एउटा फौजीका लागि दोस्रो कमान्डरका लागि र अर्को चाहिँ तोपखाना गढी निर्माण भएको थियो । बि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण पुराना संरचना ध्वस्त भएपनि हाल नयाँ निर्माण भएको छ ।

बाँयापट्टि भृकुटी र दाँयापट्टि राजकुमारी
बीचमा स्रोङचोङ

यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए । नेपालकी विभूति भृकुटी (लिच्छबी शासक अंशुबर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यस नाकासँगको सम्बन्ध अझै विस्तारै हुँदै गएको हो । भृकुटी यही बाटोबाट घर-माईती गर्थिन् पनि भनिएको छ तर पहिलो पटक भृकुटी चीन जाँदा थुमनस्थित मालागढीबाट गएकी थिएन् भनिएको छ ।अंशुबर्माले तिब्बतसँग सम्बन्ध दरिलो बनाउन छोरी भृकुटीको विवाह  स्रोङचोङसँग गरिदिएका थिए ।

उनै स्रोङचोङको शासनकालमा सम्पोट नामक लिपी आविष्कार गरी भारत र नपालबाट बौद्द ग्रन्थहरूलाई तिब्बतीयन भाषामा अनुवाद गर्ने कार्य सुरू गरेका थिए, त्यसैले उनलाई तीन तिब्बतीयन धर्मराजा मध्ये पहिलो धर्मराजाको रूपमा मानिन्छ ।  

विभूति अरनिको

प्रसिद्द कलाकार तथा विभूति  अरनिको पनि यही बाटोबाट आवतजावत गर्ने गरेको ऐतिहाँसिक तथ्यहरू रहेका छन् । उनले राजा अभय मल्लको पालामा यहीबाटोबाट चीन गएर आफ्नो वास्तुकला देखाएका थिए । प्यागोडा शैलीको मन्दिर निर्माण गर्ने दक्ष कलाकारका रूपमा उनले ख्याती कमाएका थिए ।

यस गढीमा २ वटा पुराना शिलालेख रहेकोमा १ पुरानो चाहिँ फुटेको र एक शिलालेख हालसम्म पनि रहेको छ । गढी निर्माण भएसँगै गढीमाई र गणेशको मन्दिर पनि रहेको छ ।

राजा पृथ्वीनारायण शाहको पालामा भएको पहिलो नेपाल-चीन युद्दमा नेपाली पुर्खाहरू चिनियाँ फौजसँग लडेर जित्दै केरूङ-कुत्तीसम्म आफ्नो किल्ला जमाएका थिए र त्यबेला केरूङ सन्धी भएको थियो । पछि बहादुर शाहको पालामा दोस्रोपटक चिनियाँ फौजसँग युद्द हुँदा नेपालले केही भूभाग गुमाउँदै बेत्रावती सन्धी गरेर सिमाना बेत्रावती बनायो ।