यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Naukunda News. Show all posts
Showing posts with label Naukunda News. Show all posts

स्वास्थ्य शिविरबाट ९ सयको उपचार

Wednesday, May 29, 2024 0 Comments
स्वास्थ्य शिविरबाट ९ सयको उपचार

रसुवा, घरदैलामै स्वास्थ्य सेवा दिने उद्देश्यले नौकुण्ड गाउँपालिकाको ठूलो भोर्लेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिवरबाट नौ सय २२ जनाले उपचार पाएका छन् । सेवा पाउनेमा भोर्ले, चित्ती,बडरेलगायत आसपास गाउँका बासिन्दा छन् । 

डा.केदारनरसिंह केसीको अगुवाइमा यशोदादेवी–भगवानसिंह मेमोरियल ट्रस्ट काठमाडौंको आयोजना र रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने तथा स्थानीय रुद्रादेवी स्वास्थ्य आमा समूहको सहयोगमा नौकुण्ड– ५ स्थित ठूलोभोर्ले गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको हो । 

शिविरमा दुई सयको अल्ट्रासाउन्ड,९२ लाई स्त्रीसम्बन्धी रोग उपचार, एक सय १० जनालाई दाँत एवम् ५० जनालाई प्रसूतिसम्बन्धी उपचारका साथै दुई सय ७१ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताए । निःशुल्क प्रदान गरिएको औषधि मध्ये ५० प्रतिशत स्थानीय तह र ५० प्रतिशत डा. केसीले व्यवस्था गरेका थिए ।

उपचारमा आएका अधिकांश सेवाग्राहीमा गानोगोला, दम, अमलपित्त, टाउको दुखाइ, नसा तथा हाडजोर्नीजस्ता विविध समस्या थियो । 

स्थानीय बहादुरसिंह तामाङले कमजोर आर्थिक अवस्थाका कारण टाढा जान नसकेका बासिन्दालाई उपचारमा ठूलो राहत मिलेको बताए । शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि डा. केसीको नेतृत्वमा डा. विनोद अर्याल, डा. दीपेश पौडेल, डा. जसपाल यादव, डा. पूजा महतो, डा. सामना कोइराला, डा. अमर श्रेष्ठ र वरिष्ठ दन्त सहायक राजेन्द्र राना मगर संलग्न थिए ।






हात्तीपाइले रोग निवारण गर्न नाैकुण्डकाे टाेलटाेलमा औषधि खुवाउने

Monday, April 22, 2024 0 Comments

हात्तीपाइले रोग निवारण गर्न नाैकुण्डकाे टाेलटाेलमा औषधि खुवाउने

रसुवा, राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तर्गत  रसुवाको नौकुण्ड गाउँपालिकामा अभियान कै रूपमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने भएको छ । 

नौकुण्ड गाउँपालिकामा वैशाख १६ गतेदेखि एकसाता हात्तीपाइले रोगविरुद्धको औषधि  खुवाउन लागिएको स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलले बताए । दुई वर्ष उमेर नपुगेका बालबालिकाहरुको गर्भवती र ७ दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरू र सिकिस्त बिरामीहरूले यो औषधी सेवन गर्नुहुँदैन।

यो एक पटक लागेपछि जीवनभर निको हुँदैन । मानिसको शरीरमा हात्तीपाइले रोगको परजीबी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीबी छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छन् । यो परजीबी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने, जस्ता सामान्य असर देखापर्नसक्छन् । फाइलेरिया परजीवीले लाखौंको संख्यामा उत्पादन गर्ने सूक्ष्म फाइलेरिया रगतमा पुगिरहेका हुन्छन । 

हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीले गराउँदछ र यो रोग संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ। मानिसको शरीरमा यो परजिवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारण हुने दीर्घकालीन असर देखिन्छन्। 

हात्तीपाइले रोगबाट वच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनुको लागि यो रोगको जोखिम भएको सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय राष्ट्रिय आम औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ।

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने ७ जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ। 


हात्तीपाइले रोग निवारण कार्यक्रमको लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तय गरेको कार्यक्रम अनुरूप स्थानीय तहमा छलफल गरी स्वास्थ्य संस्थाहरूले टोल टाेलमा सराेकारवालासँग छलफल, मिटिङ तथा प्रचार प्रसार गरेर तयारी गरी कार्य तालिका समेत तयार भएको पौडेलले बताए । 

हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गतर्षबाट सुरू भएको हो । टोल टोलमा पुगेर हात्तीपाइले रोग विरुद्धको औषधि  सवै नागरिकलाइ नछुटाउन सेवन गर्न  स्वास्थ्य संस्थाहरूले अनुरोध गरेका छन् । 

हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान गाउँपालिका स्तरिय बहुनिकाय योजना तर्जुमा गोष्ठीमा सहभागी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नविन गिरी, उपाध्यक्ष चन्द्र तामाङ, याेजना अधिकृत पुर्ण बुलुन, वडाअध्यक्ष तथा जनप्रतिनिधिहरू, सवै स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा सरोकारवालाहरूले पालिका तथा जिल्ला बाहिर रहेका नागरिकलाई पनि योजना बनाएर औषधि सेवन अभियानमा नछुटाउन सुझाव दिएका थिए । 

मानव बेचबिखनकाे आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

Thursday, April 11, 2024 0 Comments

मानव बेचबिखनकाे आरोपमा  गाउँपालिका अध्यक्ष पक्राउ

रसुवा, नौकुण्ड गाउँपालिका–१ का ५२ वर्षिय नुर्वु घले भन्ने नुर्बु स्याङबोलाई प्रहरीले पक्राउ गरेको छ । उनी नौकुण्ड गाउँपालिकाकै अध्यक्ष समेत हुन् । 

मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले नेपाली युवतीलाई श्रीलंका पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा  उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको ब्यूरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए  ।

प्रहरीका अनुसार, नुवाकोटकी २२ वर्षीया योगिता तामाङ (नाम परिवर्तित) रोजगारीका लागि विदेश जाने सोचमा थिइन् । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै थियो ।

काठमाडौंमा रहँदा उनले आफ्नो दैनिकी चलाउन गाह्रो हुने देखिन् । २०७३ सालको साउनमा भने उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश पठाउने एजेन्ट हुन् भन्ने थाहा थिएन । योगिताको कुरा सुनेका नुर्बुले कुवेत जाने भए आफैँ पठाई दिने प्रस्ताव गरे ।

योगितालाई ढुंगा खोज्दा देवता भेटेजस्तै भयो । उनले नुर्बुको प्रस्ताव सहजै स्वीकार गरिन् । कुवेत जान तयार भइन् । योगिताका लागि पासपोर्टसमेत नुर्बु आफैँले बनाई दिए । नेपालबाट कुवेत जान झन्झट हुने भन्दै नर्बुले योगितालाई भारतको दिल्ली हुँदै जानुपर्ने बताएका थिए । जसरी पनि नेपाल छाड्ने मनिस्थितिमा पुगेका योगिता त्यसका लागि पनि तयार भइन् । उनी साउनमै नुर्बुसँगै दिल्ली पुगिन् ।

दिल्लीबाट श्रीलंकाको ‘भिजिट भिसा’ लगाएका योगितालाई श्रीलंका हुँदै कुवेत पुग्ने बताइएको थियो । योगितालाई होला भन्ने लाग्यो । दिल्लीमा केही दिन बसेकी योगिता श्रीलंकाको कोलम्बोका लागि पर्यटकका रुपमा उडिन् । कुवेतमा रोजगारी गर्ने आशाले श्रीलंका पुगेका योगितालाई त्यहाँ पुगेपछि भने नर्क पुगेजस्तै लाग्यो । उनको पासपोर्ट खोसियो । उनीलाई कोठामा थुनी अवैध यौन धन्दाका लागि लगाउन खोजियो ।

ब्यूरोले मानव बेचबिखन तथा ओसार–पसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको प्रहरीले जनाएकाेछ ।

जोखिम बस्तीका बासिन्दालाई जस्तापाता वितरण

Monday, August 14, 2023 0 Comments



सरमथली, २९, साउन । नौकुण्ड गाउँपालिका, वडा नं ३ मा पहिरोको उच्च जोखिममा रहेका १३ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । वडा नं ३ का वडाअध्यक्ष नोकेन्द्रदेव तामाङको पहलमा २/२ बण्डलका दरले जस्तापाता वितरण गरिएको रमेश तामाङले जानकारी दिए । वर्षात् अवधिमा अन्यत्र टहरा बनाउन सहयोगस्वरूप उक्त जस्तापाता वितरण गरिएको तामाङले जानकारी दिए । 


पहिरोको उच्च जोखिम रहेको बिक बस्तीमा उद्दारका लागि जस्तापाता वडा अध्यक्षको पहलमा वितरण गरिएको हो । 


साथै वडा कार्यालयले बाढीबाट प्रभावित वा भत्केको सडकसमेत् मर्मत गरी आवतजावतमा सुविधा पुर्‍याइएको छ ।