यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Kalika Important Places. Show all posts
Showing posts with label Kalika Important Places. Show all posts

धैबुङकोटको ऐतिहासिक महत्व

Thursday, January 02, 2025 0 Comments

रसुवा, नेपालको बागमती प्रदेश अन्तर्गत नुवाकोट,सिन्धुपाल्चोक, धादिङ र चीनको स्वशासित क्षेत्र तिब्बत संग सिमाना जोडिएको विविध सम्पदाले भरिपूर्ण रसुवाको कालिका गाउँपालिका वडा नम्बर दुई मा रहेको धैबुङकोटको ऐतिहासिक महत्व रहेको छ ।

त्यस गाउँका मानिसहरुको भनाई अनुसार गोसाईकुण्ड जाने तीर्थयात्रीलाई दही दिने प्रचलनबाट यस ठाउँको नाम दहीघुम रहयो र पछि दही घुमको अपभ्रंस भएर नै धैबुङ रहन गयो पृथ्बी नारायण शाहको राज्य एकीकरणका क्रममा युद्घ व्यवस्थापन का लागी कोतघर बनाइएको र त्यही समय देखि गोरखाबाट गोरखनाथको मूर्ति टाउको मा बोकेर गोसाईकुण्डमा स्नान गराई सो मृर्तिलाई गोरखा नै पु¥याउने चलन रहेको हो ।

२०३२ साल भन्दा अघि धैबुङ लगाएतका ठाउँहरु नुवाकोटमा रहेका थिए ।बेलकोट मालकोट, धुवाकोट,भैरमकोट,कालिकोट सल्यानकोट,सिमलकोट,प्यासकोट र धैबुङकोट मिलेर नुवाकोटको नामाकरण भएको हो ।

नुवाकोट नामाकरण हुदाँ धैबुङकोट नुवाकोटमा रहेको २०३२ सालमा बेत्रावती सिमाना राखी रसुवा सिमाङकन गरिएको ऐतिहासिक पक्ष र विभिन्न दस्ताबेजहरु पाईन्छ । नुवाकोट हुदाँ यस ठाँउलाई रामकाली गाउँ पश्चायतको नामले चिनिन्थ्यो । बेत्रावतीमा रहेको राममन्दिर धैबुङमा रहेको कालिका मन्दिरको संयुक्त नामलाई समावेश गरी रामकाली नामकरण गरिएको भन्ने भनाई रहेको छ ।

रामकाली हुदाँ हाल नुवाकोटमा रहेको केराधारी,मभीर, कुवापानी लगायतका ठाउँहरु रसुवामा नै पर्दथ्यो भन्ने भनाईहरु छन , पछि पुन संरचना बन्दा रसुवाको बेत्रावतीको भाग रामकाली गाउँ पश्चायतमा रहेको थियो । आज पनि विभिन्न कागजात र दस्तावेजहरुमा साविकको धैबुङ गाविसलाई जिबजिबे निलकण्ड भनेर उल्लेख गरेको पाईन्छ । धैबुङकोटको ऐतिहासिक महत्व रहेको भए पनि अहिले प्रचार प्रसार नहुँदा गुमनाम बनेको छ ।

राजा पृथ्बी नारायण शाहले राज्य एकिकरणको समयमा यस भुभागमा आउँदा आफुसंग आएका भाई भारदारलाई बाली(कुत) उठाएर खाने गरी केही भुभाग  उनीहरुको नाममा दर्ता गराएका थिए । भन्ने भनाई रहेको छ । हालसम्म त्यही जमिन बिर्ताबालाहरुको नाममा रहको पाईन्छ ।

साविकको धैबुङ गाविस हाल कालिका गाउँपालिका कालिकास्थानको चिउरी बोट नजिकै बनेको कोतघरमा गाउँबाट कोदो उठाउने र रोटी खाएर पुर्खाले तिब्बत सँग लडाई लडेका थिए भन्ने किंबदन्ती रहेको छ । सत्कार सहित खानामा दही र पानी पर्दा ओढ्नकाे लागि घुम दिइने चलन थियो । त्यतिबेला देखिनै यस ठाउँ दही र घुमको रुपमा प्रख्यात हुदै गयो पछि पनि गोसाईकुण्ड जाने प्राय: मानिसहरुलाई ओढन घुम नभएपछि दही खुवाएर पठाईन्छ । १५ सय १४ वर्गमिटरमा फैलिएको रसुवा जिल्लामा नेपालीहरुको पबित्र तथा पर्यटकीय खण्ड बेत्रावती उत्तरगयाधामदेखि विभिन्न ऐतिहासिक, सास्किृतिक धार्मिक तथा विभिन्न स्थलहरु देख्न सकिन्छ ।

 बेलकोट, मालकोट, धुवाँकोट, भैरमकोट, कालिकोट, सल्यानकोट, सिमलकोट, प्यासकोट र धैबुङकोट मिलेर नुवाकोटको नामकरण भएको थियो । २०३२ सालपछि जिल्ला पुनर्संरचना गर्दा नुवाकोटको केही भाग रसुवा र धादिङमा र रसुवा र धादिङका केही भाग नुवाकोटमा परेको थियो । 

पृथ्वीनारायण शाहको राज्य एकीकरणका क्रममा युद्ध व्यवस्थापनका लागि कोतघर बनाइएको र त्यही समयदेखि गोरखाबाट गोरखनाथको मूर्ति टाउकोमा बोकेर धौबुङ हुँदै गोसाइँकुण्डमा स्नान गर्न लैजाने र ल्याउने चलन रहेको थियो । अहिले पनि गोरखनाथको मूर्ति गोसाइँकुण्ड मेलामा टाउकोमा जोगीहरूले बोकेर हिँडेर आउने गर्छन् ।



सरकारी विद्यालयलाई बोर्डिङ सरह बनाउन लागेकी प्रधानाध्यापक शिला मगरको संघर्षपूर्ण यात्रा

Sunday, November 17, 2024 0 Comments

सरस्वती न्यौपाने

गरे जे हुने एक उदारण देखिएकाे छ । नेपालको पहाडी गाउँहरूमा गुणस्तरीय शिक्षा प्राप्त गर्न बालबालिकाका लागि ठूलो चुनौती रहँदै आएको छ। तर, यो चुनौतीलाई अवसरमा बदल्न एक दृढ नारीले आफ्नो जीवनको सपना बनाइन्। त्यो नारी हुन्– शिला मगर । 

एक सरकारी विद्यालयकी प्रधानाध्यापक, जसले आफ्नो विद्यालयलाई अब्बल (बोर्डिङ स्कूल सरह) बनाउने अठोटका साथ ठूलो यात्रा तय गरिन् । कालिका गाउँपालिका -१ राम्चे स्थित एकमात्र विद्यालय हाे सेतीभूमे मावि यहाँका विद्यार्थी पढाइमा अघि बढ्दै  जिल्ला स्तरिय खेलहरूमा उत्कृष्ट प्रस्तुती गर्दै छन् । उनकाे प्रेरणले धेरैले जन्मदिनकाे अवसरमा सहयाेग पनि प्रदान गरेका छन् । 

चुनौतीहरूको सामना



प्रअ शिला मगरको पहिलो कदम सरकारी विद्यालयमा प्रधानाध्यापकको रूपमा नेतृत्व लिएर जब उनले हात हालिन्, तब विद्यालयको अवस्था अत्यन्तै कमजोर थियो। विद्यार्थीहरूको संख्या कम, शिक्षकहरूमा प्रेरणाको अभाव र शैक्षिक गुणस्तर न्यून थियो। स्थानीय समाजमा सरकारी विद्यालयहरूलाई ‘गुणस्तरहीन’ को रूपमा लिइन्थ्यो । जहाँ अभिभावकहरूले आफ्ना बालबालिकालाई पढाउन उत्साहित हुँदैनथे। धेरैजसो विद्यार्थी निजी बोर्डिङ स्कूलमा पढ्न जान्थे, किनभने त्यहाँ राम्रो वातावरण र शैक्षिक गुणस्तरको ग्यारेन्टी हुन्थ्यो।

हिजाे घरघरमा भेटिने बालबालिका अहिले सबै विद्यालय भर्ना भएका छन् । नियमित विद्यालय पुग्छन् । पढ्ने मात्र नभइ जिल्लाभरका अतिरिक्त क्रियाकलापमा जित्छन् । पालिकामा त धेरै ठूला पुरस्कार हात परेका छन् । उत्कृष्ट विद्यालयकाे लयमा गति लिन लागेकाे सराेकारवालाहरू बताउँछन् । 

तर शिला मगरले यी चुनौतीहरूलाई आफ्नो प्रेरणा बनाएर काम गर्न थालिन्। उनले आफ्नो विद्यालयलाई बोर्डिङ सरह बनाउन योजनाबद्ध तरिकाले अघि बढ्न थालेकी थिइन्।

शैक्षिक सुधारको पहल

शिलाको पहिलो कदम भनेको शैक्षिक गुणस्तर सुधार गर्नु थियो। उनले नयाँ शिक्षण सिकाइ विधि अपनाउन प्रेरित गरिन्। स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य गर्दै उनले विद्यालयमा आवश्यक स्रोतसाधन जुटाउन थालिन्। पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाको सुरुवात गरिन्, जसले गर्दा विद्यार्थीहरूको पढाइमा ठूलो परिवर्तन देखिन थाल्यो। समन्वय र सहकार्यकाे कला जानेकी शिलाले जनप्रतिनिधि तथा सवै सराेकारवाकाे हातेमालाेमाट सवै कुरा सम्भव देख्छिन् । 

विद्यार्थीमैत्री वातावरणको सिर्जना

शिलाको दोस्रो महत्वपूर्ण कदम भनेको विद्यालयको वातावरण सुधार गर्नु थियो। उनले विद्यालयलाई विद्यार्थीमैत्री बनाउन काम गरिन्। विद्यालयको भौतिक संरचना सुधार गरिन्, सफा शौचालयको व्यवस्था र खानेपानीको राम्रो सुविधा सुनिश्चित गरिन्। विद्यालय परिसरमा बगैंचा स्थापना गरी विद्यार्थीहरूलाई प्रकृतिको नजिक राखेर अध्ययन गर्न उत्प्रेरित गरिन्। यसले विद्यालयलाई बोर्डिङ स्कूलको वातावरण जस्तै बनाउनेतर्फ ठूलो मद्दत पुर्‍यायो।

आर्थिक चुनौतीहरूको सामना

विद्यालयलाई सुधार्नका लागि आर्थिक स्रोत जुटाउनु शिलाका लागि ठूलो चुनौती थियो। तर उनले यो समस्यालाई पनि समाधान गर्ने प्रयास गरिन्। उनी स्थानीय जनप्रतिनिधि, संघसंस्था र गैरसरकारी संगठनहरूसँग मिलेर आर्थिक सहयोग जुटाउन लागि परिन्। यसबाट विद्यालयले खेल मैदान, अतिरिक्त गतिविधि कार्यक्रमहरू र पोषणयुक्त खाजाको व्यवस्था गर्न सकेको थियो।

प्राविधिक शिक्षाको सुरुवात

सिर्जनशील सोच राख्ने शिलाले परम्परागत शिक्षाबाट अगाडि बढ्दै प्राविधिक शिक्षाको सुरुवात गरिन्। उनले आफ्नो विद्यालयमा प्राविधिक शिक्षा र व्यवसायिक तालिम पनि सुरु गरिन्। कम्प्युटर विज्ञान, कृषि, सिलाइ बुनाइजस्ता सीप विकास कार्यक्रमहरूले विद्यार्थीहरूलाई अध्ययनसँगै सीप सिक्न प्रेरित गर्‍यो। यसले गर्दा विद्यार्थीहरू निस्केको बित्तिकै रोजगारीको अवसर पनि पाउन थाले।

नतिजामा उदाहरणीय सफलता



शिला मगरको अथक मेहनत र दूरदर्शी नेतृत्वले विद्यालयलाई सम्पूर्ण रूपमा परिवर्तन गर्‍यो। विद्यालयको वातावरण बोर्डिङ सरह भएपश्चात् अभिभावकहरू आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्न उत्साहित हुन थाले। विद्यालयको शैक्षिक नतिजा उल्लेखनीय सुधार भएको छ र विद्यार्थीहरूमा आत्मविश्वास बढेको छ। 

तामाङ वस्ति भएकै कारण पढाइमा अशुद्ध हुन्थो । सवैले हेला गर्दथे । अहिले सवैको वाहवाहि भएको छ । यसैमा गर्व गर्ने ठाउँ रहेको उनी बताउँछिन् ।

‘शिला मगर बहिनी प्रधानअध्यापक भएकै कारण शैक्षिक सुधार भएकोमा हर्षविभोर भएको छु’, रसुवा नागरिक समाजका अध्यक्ष वावुलाल तामाङले भने, ‘उहाँको उदाहरणीय काम गरेर अरूले पनि सिक्नु पर्छ।’

अहिले उनको विद्यालयमा निजी बोर्डिङ सरहको स्तर छ, जहाँ विद्यार्थीहरू राम्रोसँग पढ्न, खेल्न, र अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउँछन्। विद्यार्थीहरुको संख्यामा पनि वृद्वि भएको छ । विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन शिला मगरको यो यात्रा प्रेरणादायी छ। 

उनको यो संघर्षपूर्ण यात्राले न केवल विद्यालयलाई परिवर्तन गर्‍यो, तर सम्पूर्ण गाउँमा शिक्षा प्रतिको दृष्टिकोणलाई पनि परिवर्तन गर्न सफल भयो।

सानै देखि केही गर्नुपर्छ दुरदराज का सवै अभिभावक सम्पन्न हुदैनन वोडिङ स्कुल पढाउन  मासिक शुल्क हुदैन । त्यसलाई पनि मध्येनजर गरेर गरे सम्भावना छ भनेर लागि पर्दा नतिजा राम्रो रहेको उनी वताउछिन् ।

शिला मगरको कथा नेपालभरका सरकारी विद्यालयहरूका लागि एउटा प्रेरणाको स्रोत हो। उनीजस्ता दृढ इच्छाशक्ति भएका प्रधानाध्यापकहरूले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउने र सरकारी विद्यालयको छवि परिवर्तन गर्ने सक्ने प्रमाण हुन्। शिलाको यात्राले देखाउँछ कि सही योजना, सामुदायिक सहयोग र नेतृत्वले असम्भव जस्तो देखिने परिवर्तनहरू सम्भव हुन्छन्।

सरकारी स्कूलको परिभाषा दिने एक असल उदाहरणीय शिक्षिका हुन् भन्ने कुरालाई प्रमाणित गरेकी छन् । आफू पनि सरकारि स्कुल नै पढेर दुख संर्घष गरेर यहाँसम्म आएकाले पनि अलि धेरै नै सरकारि स्कलको शैक्षिक गुणस्तर होस भनेर लागि परेकी छन् ।

सवै राम्रो सोच्ने पनि हुदैन, नराम्रो सोच्ने पनि हुदैन परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्छ भनेर अगाडि वढेपछि सिङ्गो विधालय परिवार, अभिभावक र विधार्थिहरूले सहयात्री वनेका छन् । 

उनी साँचिकै ‘बोर्डिङसरहको सरकारी स्कूल’ को परिभाषा दिने एक असल उदाहरण हुन्। इमान्दार र निस्वार्थभावकी शिला भन्छिन समुदाय र विद्यालय परिवारकाे टिमले गरेकाे हामी सफलता चुम्न सक्छाैं । 



पर्यटकीय स्थल : स्याउबारी

Saturday, August 12, 2023 0 Comments

यहाँबाट विकसोन्मुख अवस्थामा रहेको नौकुण्ड पदयात्रा पनि गर्न सकिन्छ । गैरीनागी, लोकिल, जुरेढुङ्गा हुँदै वा बिजिली जोङ्ग, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी हुँदै श्यार्मा, बक्सार, परालथलाबाट नौकुण्ड- गोसाइँकुण्डसम्म पुग्न सकिन्छ ।



    स्याउबारीको परिचय

    रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ मा रहेको स्याउबारी रमणीय र पर्यटकीय स्थल हो । गोम्बाडाँडा र राम्चेको बीचमा रहेको यो स्थल पछिल्लो केही समयदेखि पिक्निक स्पोटको रूपमा पनि रहँदै आएको । राजनीतिक होस् या सामाजिक कार्य/ वा भेला / समारोहहरू यहाँ आयोजना हुने गरेको छ ।

    पासाङल्हामु राजमार्गदेखि नै फैलिएको यो स्याउबारीमा रेडियो लाङटाङ ९०.३ मेगाहर्जको मुख्य स्टेशन पनि रहेको छ । गणेश हिमाल, उत्तरगया गाउँपालिका रसुवा तथा नुवाकोटको मनकामना, फिकुरी, ताजी, काउले, भाल्चे, तुप्चे, कोलनी, त्रिशूलीसम्मको मनोरम दृश्य देखिने यो स्थल तथा परिसरलाई पर्यटकीय हब बनाउन स्थानीय तहले विभिन्न कार्यहरू गर्दै आईरहेको छ ।


    बुद्द स्तुपा वा मन्दिरलगायत पार्क रहेको यस क्षेत्रमा प्राय: दिनहुँजसो आन्तरिक पर्यटकहरूको आवागमन हुने गर्दछ ।

    यहाँबाट विकसोन्मुख अवस्थामा रहेको नौकुण्ड पदयात्रा पनि गर्न सकिन्छ । गैरीनागी, लोकिल, जुरेढुङ्गा हुँदै वा बिजिली जोङ्ग, थाङ्दोर, स्याङ्ग्युल, सिम्बन्दी हुँदै श्यार्मा, बक्सार, परालथलाबाट नौकुण्ड- गोसाइँकुण्डसम्म पुग्न सकिन्छ ।

    आकर्षण

    -- पर्यटकीय स्थल

    -- पिक्निक स्पोट

    -- अध्ययन अवलोकनका लागि महत्वपूर्ण

    -- धसिङ्गरे तेल प्रशोधन केन्द्र

    -- जैविक विविधता सूचना केन्द्र

    -- रेडियो लाङटाङको स्टेशन

    -- गणेश हिमाललगायत मनोरम दृश्य अवलोकन

    -- लाङटाङ राष्ट्रिय निकुञ्ज

    कसरी पुग्ने स्याउबारी ?

    रसुवा जिल्ला कालिका गाउँपालिका वडा नं २ मा रहेको स्याउबारी रमणीय र पर्यटकीय स्थल पासाङल्हामु राजमार्गको गोम्बोडाँडा- राम्चे सडकखण्डमा नौकुण्ड जाने सडकसँगै रहेको छ ।





    आस्थाको धरोहर : वासुकी

    Sunday, August 06, 2023 0 Comments

     कालिका गाउँपालिका, वडा नं २, प्राङ्सेमा रहेको बासुकी ढुङगाको फेदमा बासुकी नाग रहेको छ । यही नागको नामाकरणबाट यस ढुङ्गाको नाम बासुकी रहन गएको हो ।



    अत्यन्त शक्तिको रूपमा रहेको यस स्थान प्राङ्से (धोबीखोला) पहिरो नजिकै रहेको छ । गत २०६० सालमा यहाँ नाग मारिएको हुनाले पहिरो गएको भन्ने भनाई पनि रहेको छ । सोही विषयमा सार्वजनिक चासो रहेको हुनाले यहाँ मन्दिर तथा परिसरमा विभिन्न विकास निर्माणका कार्यहरू पनि भइसकेका / भइरहेका छन् । बिधिपूर्वक पूजाआजा गर्न थालेपछि पहिरो रोकथाम भईरहेको भन्ने स्थानीयको बुझाई रहेको छ ।



    पासाङल्हामु राजमार्गको गोम्बोडाँडाबाट ५०० मीटर दूरीमा रहेको यो स्थल धार्मिक पर्यटनको रूपमा विकास गर्न सके पक्कै पनि पर्यटकीय विकासमा सहयोग पुग्नेछ । यहाँबाट मुडुल्लीभञ्ज्याङ-पात्ले हुँदै आकर्षकीय स्थलहरू रमिते ढुङ्गो, भूमेस्थान, लोकिल, सानोआले, ठूलोआले, जुरेढुङ्गो विजिली जोङ्गलगायतका स्थानमा पुग्न सकिन्छ ।

    यसको वरपरिका वस्तीहरूमा थुम्कीका महादेव, कालिका मन्दिर, धैबुङ कोतघर (अवशेष नरहेको), घलेगढी, कमारेगढी आदि महत्वपूर्ण स्थलहरू रहेका छन् ।



    थुम्कीमा छन् जलेश्वर महादेव

    Thursday, August 03, 2023 0 Comments

    एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ ।


    रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नं ५, जिबजिबेमा रहेको नीलकण्ठ महादेव मन्दिरलाई स्थानीयहरूले 'थुम्कीका महादेव' भनेर चिन्दछन् । जलेश्वर महादेव भनेर पनि चिनिदै आएको यस मन्दिर रमणीय स्थानमा रहेको छ । सूर्योदय, सूर्यास्त हेर्नका लागि पनि उपयुक्त स्थलको रूपमा रहेको यस मन्दिर उत्पत्ति सम्बन्धि एक कथन रहेको छ ।

    एक स्थानीय बासिन्दाको गाई सँधै फुकेर दुध दुहुने बेलामा हराउने गरेको र खोजी गर्दै जाँदा यहाँ हाल महादेव मानिएको शिलामा दुध चढाईरहेको भेटिएको हुँदा शक्ति मानेर पूजा आजा गरिँदै आएको भन्ने भनाई रहेको छ । धार्मिक कथन अनुसार गोसाइँकुण्ड उत्पत्ति गर्न महादेव यहाँ १ रात बास बसी गएका हुन् पनि भनिएको छ ।

    बालाचतुर्दशीको बेलामा यहाँ मेलासहित शतबीज छर्ने पर्व पनि लाग्ने गर्दछ ।स्थानीय तथा पूर्व प्रधानपञ्च स्व. चुडामणि पौडेलको अगुवाईमा यहाँ मेला आयोजना गर्न थालिएको हो ।

    ऐतिहाँसिक तर अवशेष नरहेको धैबुङ कोतघर

    Tuesday, August 01, 2023 1 Comments

    भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।


    नेपाल-चीन युद्द हुँदा युद्द व्यवस्थापनका लागि बनाईएको कोतघर अवशेष वा भग्नावशेष विहीन बनेको छ । पासाङल्हामु राजमार्ग कालिकास्थान, च्यूरी बोट नजिकै जस्ताघरेको घर रहेको स्थानमा धैबुङ कोतघर थियो भनिएको छ ।

    गोसाइँकुण्ड आउने-जाने तीर्थालुलाई सेवा दिनका लागि समेत् निर्माण भएको यही कोत घरको नामबाट यहाँको वस्तीको नामाकरण समेत् धैबुङकोत वा धैबुङकोट रहन गएको हो ।

    भग्नावशेष नरहे पनि यहाँ थियो है भनेर देखाउन वा यसको महत्व स्थापित गर्न सामान्य रूपमा भए पनि सूचना केन्द्र वा संग्रहालय जस्तो वा प्रतिमा वा साइन बोर्ड मात्रैको भनेपनि व्यवस्था गर्न सके पक्कै पनि यहाँको पर्यटकीय विकासमा सहयोग पुग्नेछ ।

    ऐतिहाँसिक स्थल: कमारेगढी ओझेलमा

    Tuesday, August 01, 2023 0 Comments


    रसुवाको कालिका गाउँपालिका-२ मा रहेको ऐतिहाँसिक स्थल कमारेगढी ओझेलमा परेको छ । नजिकै केही तल रहेको घलेगढीमा आन्तरिक पर्यटकहरू आइरहँदा कमारेगढी भने चर्चामा छैन । घलेगढीमा जस्तो घले राजाको दरबार वा प्रशस्तै भग्नावशेष नहुनु पनि यो ओझेलमा पर्नु हो । सायद यो गढी युद्द लड्नका लागि मात्र तयार थियो ।

    पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडाबाट केही पश्चिमतिर रहेको यो गढीमा उचित व्यवस्थापन गरी प्रचारप्रसार गर्न सके पक्कै पनि आन्तरिक रूपमा पर्यटन विकास गर्न सहयोग पुर्‍याउँदछ ।

    कमारेगढीको बारेमा थप तपाईसँग सूचना छन् भने Email : ourrasuwa@gmail.com 


    कालिका गाउँपालिकाको सूचना 


     

    धैबुङ चित्रकालिका मन्दिर

    Monday, July 17, 2023 0 Comments

    Dhaibung Chitra Kalika Temple Rasuwa

    प्राकृतिक दृश्यको धनीऐतिहासिक तथा धार्मिक दृष्टिले प्रसिद्धि कमाएको पवित्र स्थलको प्रत्यक्ष स्थलगत दर्शन गर्न पासाङल्हामु सडक मार्गवाट ५ मिनेटमात्र पैदल यात्रा गरी कालिकामाई मन्दिरको दर्शन गर्न सकिन्छ । तस्वीर : हेमनाथ खतिवडा