यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Gomba. Show all posts
Showing posts with label Gomba. Show all posts

टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे

Friday, May 03, 2024 0 Comments

टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे
टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चेको गाउँतिरबाट 
आउने गेट

टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे
पुरानो गेट


गुम्बामा गुरू रिम्बोर्छे, चेंरेसी, छेर्पामे र खैण्डेमोको मूर्तिहरू रहेका छन् । करीब ४ दशक अघि धुन्चे निवासी कार्‌सिङ्गी तितुङ र उनकी  पत्नी बुटी साङ्‌मोले जीर्णोद्वार गरी ठूलो आकारमा निर्माण गरेका थिए ।

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चेको परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ मा रहेको टुल्कु क्षेलिङ गुम्बा सदरमुकाम धुन्चेको एकमात्र गुम्बा हो । पौराणिक वा उत्पत्तिको नामाकरण टुल्कुपेमा ज्युङ्नी अर्थात् गुरू पद्‌म सम्भव हो ।

     

    पासाङल्हामु राजमार्गसँग जोडिएको यो गुम्बा कुन् समयमा बनेको हो भन्ने तिथिमिति थाहा नभएपनि सेराप तेन्जिन र गोम्बो तेन्जिनले निर्माण गरेका हुन् भनेर सोल्तेब ग्रन्थमा उल्लेख गरिएको छ भनेर 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व' नामक पुस्तकमा लेखक फूर्पा तामांङले उल्लेख गरेका छन् ।

    गुम्बामा गुरू रिम्बोर्छे, चेंरेसी, छेर्पामे र खैण्डेमोको मूर्तिहरू रहेका छन् । करीब ४ दशक अघि धुन्चे निवासी कार्‌सिङ्गी तितुङ र उनकी  पत्नी बुटी साङ्‌मोले जीर्णोद्वार गरी ठुलो आकारमा निर्माण गरेका थिए ।

    धुन्चेको एक प्रमुख आकर्षणको रूपमा रहेको यस गुम्बामा समयसमयमा पूजाआजा, तामाङ भाषा/ ग्रन्थहरू प्रवचन गरिन्छ ।

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा वरपरका आकर्षण र महत्व

    -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

    -         लोपोन्मुख रेडपाण्डा अवलोकन

    -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

    -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

    -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

    -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

    -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

    -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

    -         माने, छुर्तेन, गुम्बा, शंखपार्क, तामाङ संग्रहालय तथा मन्दिरहरूको अवलोकन

     

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा कसरी पुग्ने ?

    • पासाङल्हामु राजमार्गमा धुन्चे-स्याफ्रुबेंसी सडक खण्डको प्रयोग गरेर
    • धुन्चे बजारको मध्य भाग 'शंखपार्क'सँग जोडिएको
    • गोसाइँकुण्ड वा लाङटाङको यात्राबाट ठूलोस्याफ्रु- भार्खु हुँदै ।
    • यहाँबाट गोसाइँकुण्ड पदमार्ग (सिङ्गोम्बा) जाने पदमार्ग रहेको छ ।

     

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बासँग सम्बन्धित सामग्रीहरू

    मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा

    Thursday, May 02, 2024 0 Comments

    मिङ्‍युर सामलिङ अर्थात्    थुमन गुम्बा
    मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा 

    छेच्यु, ह्युमज्यारो, ठुङ्‌कर द्वीक्षेन, सार्कादावा र ङ्युङ्‌ने पूजाहरू यस गुम्बामा हुने गर्दछन् । चन्द्र पात्रोअनुसार चैत्र पूर्णिमाको रातभरि गुम्बामा पूजाआजा गरेर मानी नाचिन्छ, हरेक महिनाको दशमी तिथिमाको दिन छेच्यु पूजा गरिन्छ । 


      मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा : एक परिचय

      रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका- १, थुमनमा अवस्थित यो गुम्बा धेरै पुरानो गुम्बा हो । गुम्बाभित्र गुरू रिम्बोर्छे, खन्डोमो र बुद्द भगवान्‌का मूर्तिहरू रहेका छन् । भित्ताहरूमा ल्वोरी र थाङ्‌काका चित्रहरू रहेका छन् । पुराना बौद्द धर्मका ग्रन्थहरू रहेका छन् ।

      छेच्यु, ह्युमज्यारो, ठुङ्‌कर द्वीक्षेन, सार्कादावा र ङ्युङ्‌ने पूजाहरू यस गुम्बामा हुने गर्दछन् । चन्द्र पात्रोअनुसार चैत्र पूर्णिमाको रातभरि गुम्बामा पूजाआजा गरेर मानी नाचिन्छ, हरेक महिनाको दशमी तिथिको दिन छेच्यु पूजा गरिन्छ ।

      मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा वरपरका आकर्षण र महत्व

      -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

      -         लोपोन्मुख रेडपाण्डा अवलोकन

      -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

      -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

      -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

      -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

      -         नेपालको तेस्रो पर्यटकीय मार्गको नजिक

      -         तामाङ सम्पदा मार्ग (Tamang Heritage Trail )

      -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

      -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

       

      मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बा कसरी पुग्ने ?

      पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसी – रोङगा हुँदै

      तामाङ सम्पदा मार्ग गतलाङ - चिलिमे - नागथली हुँदै

       

      मिङ्‍युर सामलिङ अर्थात् थुमन गुम्बासँग सम्बन्धित सामग्रीहरू

      ल्होङ्जु थुजी छेन्पो अर्थात् टासी गोम्बा, बार्गो

      Thursday, April 25, 2024 0 Comments

      - लोपेन ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गो

      पुराना चन्दनका मुखुण्डाहरू, एकजोर झ्याम्टा (क्ष्याबुप), एकथान मानव नलीखुट्टाले बनेको बाजा (कङ्लिङ) जस्ता ऐतिहाँसिक वस्तुहरू हराईसकेका छन् ।

        ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बाको परिचय

        रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, ५ ठूलोभार्खुमा रहेको ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा प्राचीन गोम्बा हो । भार्खु गाउँमा अवस्थित यो गुम्बा उत्पत्ति हुँदाको वा धार्मिक नामाकरण ल्होङ्जु थुजी  छेन्पो हो । जसको अर्थ नेपालीमा आर्यालोकेश्वर भनेर ठूलोभार्खुका बौद्द धर्म दर्शन अभियान्ता - लोपेन लाक्पा लामा बताउनुहुन्छ  ।



        यस गुम्बामा फापा चेरेंसी (सृष्टिकर्ता), गुरू रिम्बोर्छे, खेण्डोमो (देवी), वेपामे साङ्गे (बुद्द) को मूर्ति रहेको छ । गुम्बामा ह्युम (त्रिपिटक), दोमाङ जस्ता धार्मिक ग्रन्थहरू रहेका छन् ।

        पुराना चन्दनका मुखुण्डाहरू, एकजोर झ्याम्टा (क्ष्याबुप), एकथान मानव नलीखुट्टाले बनेको बाजा (कङ्लिङ) जस्ता ऐतिहाँसिक वस्तुहरू हराईसकेका छन् ।

        ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गो
        ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा, बार्गोमा रहेको २००‌+ वर्ष पुरानो घण्टी (स्याङ)

        ध्वनीको हिशावले अत्यन्त राम्रा पुराना जोर शंख र ठूलाठूला घण्टहरू पनि रहेका छन् । पूजाआजासँगै यी दुबै बजाइन्छ । त्यहाँ रहेको घण्टमध्ये सानोचाहिँ गोसाइँकुण्डमा हुने मेलामा लगेर बजाउने परम्परा भने हराउँदै गएको छ । गोसाइँकुण्ड महादेवलाई 'हामी आयौं है' भनेर दिने संकेत् मानिन्थ्यो घण्टको धुनी ।

        ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा वरपरका आकर्षण र महत्व

        -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

        -         लोपोन्मुख रेडपाण्डा अवलोकन

        -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

        -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

        -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

        -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

        -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

        -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

        -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

         

        ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बा कसरी पुग्ने ?

        • पासाङल्हामु राजमार्गमा धुन्चे-स्याफ्रुबेंसी सडक खण्डको प्रयोग गरेर
        • गोसाइँकुण्ड वा लाङटाङको यात्राबाट ठूलोस्याफ्रु हुँदै यहाँ पुग्न सकिन्छ ।
        • यहाँबाट गोसाइँकुण्ड पदमार्ग (सिङ्गोम्बा) जाने पदमार्ग रहेको छ ।

         

        ल्होङ्जु थुजी  छेन्पो अर्थात् टासी गोम्बासँग सम्बन्धित सामग्रीहरू

        १) जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व - फुुर्पा तामाङ, रसुवाली

        फुलुङ अर्थात् सिङ्गोम्बा

        Monday, April 22, 2024 0 Comments

         

        फुलुङ अर्थात् सिङ्गोम्बा

        चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष असोज महिनाको शुक्ल त्रयोदशीदेखि असोक कृष्ण प्रतिपदा तिथिसम्म चार दिन ङ्युङ्ने अर्थात् ब्रत बसी पूजाआजा गरिन्छ । हरेक दिन हिँड्दा वा दिनचर्यामा केही कीरा आदि मरेको हुनसक्ने र त्यसको पापमोचनका निमित्त यो पूजा गरिन्छ ।


          फुलुङ अर्थात् सिङ्गोम्बाको परिचय

          रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं ५, ३२५० मीटर उचाईमा रहेको फुलुङ अर्थात् सिङ्गोम्बा प्राचीन गोम्बा हो । चन्दनको काठबाट निर्मित हुनाले यसलाई स्थानीय भाषामा सिङ (काठ) को गोम्बा वा सिङ्गोम्बा भनिएको हो । प्राचीन कालमा यहाँ चन्दनको जंगल रहेको थियो, आगलागी भएर मासिएको भन्ने भनाई रहेको छ ।

          प्राचीन कालमा बनेको गुम्बालाई ६/७ दशकअघि मुस्ताङको थाकखोलाबाट आएका लामा दोर्जे हिराचनले यस गोम्बाका लामा मेमेसँग मिलेर पुनर्निर्माण गरेको उल्लेख छ ।

          चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष असोज महिनाको शुक्ल त्रयोदशीदेखि असोक कृष्ण प्रतिपदा तिथिसम्म चार दिन ङ्युङ्ने अर्थात् ब्रत बसी पूजाआजा गरिन्छ । हरेक दिन हिँड्दा वा दिनचर्यामा केही कीरा आदि मरेको हुनसक्ने र त्यसको पापमोचनका निमित्त यो पूजा गरिन्छ ।

          फुलुङ अर्थात् सिङ्गोम्बा वरपरका आकर्षणहरू

          -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

          -         लोपोन्मुख रेडपाण्डा अवलोकन

          -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

          -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

          -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

          -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

          -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

          -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

          -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

           फुलुङ अर्थात् सिङ्गोम्बा कसरी पुग्ने ?

          १)        रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्सा हुँदै

          २)         रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड- गोसाइँकुण्ड-लौरीबिना हुँदै

          ३)         नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड- गोसाइँकुण्ड-लौरीबिना हुँदै

          ४)         नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

          ५)         काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

          ६)         काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

          ७)         सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

           

          फुलुङ अर्थात् सिङ्गोम्बा वरपसम्बन्धित सामग्रीहरू

          १। स्रोत ः जैविक विविधता, पर्यटन विकासमा धर्म संस्कृति महत्व- फूर्पा तामाङ, रसुवाली

          ऐतिहाँसिक गुर्फु गुम्बा

          Sunday, August 13, 2023 0 Comments

          नौकुन्ड गाउँपालिका वडा नं ३ को पार्‍च्याङ भन्दा माथि एउटा सुन्दर गाउँ रहेको छ। उक्त गाउँलाई घ्याङ भन्ने नामले चिनिन्छ । करीब २८ घरधुरी भएको घ्याङ गाउँ आफैमा सुन्दर गाउँ मिलेर रहेको बस्तीसँग एउटा छुट्टै इतिहास रहेको छ जहाँ ठूलो ढुंगाको पहरा भित्र एउटा गुम्बा समेत रहेको छ भने त्यो हो गुर्फु गुम्बा ।


          गुम्बाको जन्म गराइसकेपछि लामा गुरु जिन्दा / लोमो / चेलाहरू बढाउन अर्को गाउँ अर्थात् तिब्बत खमह्युल भन्ने ठाउँतिर जानु भयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको रहेको भनी इतिहासमा उल्लेख गरिएको छ ।


             ऐतिहाँसिक गुर्फु गुम्बाको परिचय


            इतिहास अनुसार उक्त गुम्बा करिब १७ औं पुस्ता अगाडि देखिकै हो । परापूर्वकालमा एकजना कर्म छेसाङ लामा नाम गरेको म्हेमे हजुरबुवा तिब्बतबाट बसाइ सराई गरी सिन्धुपाल्चोकको हेलम्बु भन्ने स्थानमा आएर बस्नु भएको रहेछ । सबै दाजुभाइ जवान भैसकेपछि आ-आफ्नो जजीविकोपार्जनको लागि आफ्नै इच्छाले विभिन्न स्थानमा बास खोज्दै जादा एकजना हजुरबुबा न्हुप ह्योल्मो पुगेर यहाँ आउनु भएछ । जब उक्त स्थानमा आइपुग्दा अहिले रहेको गुर्फु गुम्बाभन्दा केही तल बास बस्न पुगेछन् । जुन दिनदेखि हजुरबुबा त्यो ठाउँमा बस्न थल्नुभयो । त्यही वरपर जङ्गल भित्र बिहान बेलुका विभिन्न बाजाहरु बजेको आवाज सुनिन थाल्यो र बाजा कता बजेको रहेछ त भनी हजुरबुबा दिनकै खोज्न थाल्नु भयो तर ६ दिन सम्म पत्ता लगाउन सक्नुभएन त्यसपछि बाजा बजाउने पूजापाठ गरिरहनु भएका लामा गुरुहरु त्यो ठाउँबाट काहीँ उम्केर जान नसकुन् र बाटो नबिर्सियोस् भनेर रेशमी धागो (क टुप) को पोको लिएर बिस्तारै बाजा बजिरहेको ठाउँमा पुग्दा जहाँ यस्तो दृश्य देखियो लामा गुरुहरू सबै विभिन्न बाजाहरु
            , झुर्मा, घन्टा, लाभ, ढ्याङ्ग्रो, शंख लगायतका धेरै थरिका बाजाको साथमा पूजापाठ गर्दै गरेको देख्नुभयो र जब त्यसलाई कर्मछेसाङ म्हेमेले छुनुभयो । सबै ढुङ्गा भएको रहेछ । र त्यो ठाउँ लाई गुर्फु भन्ने नाम दिनुभयो ।

            गुम्बाको जन्म गराइसकेपछि लामा गुरु जिन्दा / लोमो / चेलाहरू बढाउन अर्को गाउँ अर्थात् तिब्बत खमह्युल भन्ने ठाउँतिर जानु भयो । म्हेमे लामा गुरुको तिब्बत खामह्युल भन्ने ठाउँमा बाँस बस्ने क्रममा दुश्मन लागेर त्यहीँको बासिन्दाहरुको आक्रमणमा परि हत्या भएको रहेको भनी इतिहासमा उल्लेख गरिएको छ ।


            हत्या पश्चात् त्यहाँका केही ब्यक्तिहरुले हजुरबुवाले लाउनुभएको बुद्दचित्तको र फ्रेङा (माला) र टोपी ( पेस्यो) ,लौरो (बेर्गा ) ,पछ्यौरा (अर्थि/ श्हेन) लाससँगै भेटेको हुँदा ओहो यो त लामा गुरु पो हुनुहुदो रहेछ हामीले गलत काम गरेछौं भनेर लास हेर्न खोज्दा अचानक त्यहाँ लास नै नरहीकन गायब भएको थियो ! तर आश्चर्यको कुरो केहो भने गुरुसँग भएको सबै बस्त्रहरू उडेर गुर्फु गुम्बामा आइसकेको थियो ।

             

            जब कर्म छेसाङ हजुरबुबा लामा/ गुरु/ म्हेमे को शेष पश्चात उहाँको अवतारीको रूपमा हेलम्बु सिन्धुपाल्चोकमा खम्बा टुल्कु म्हेमेको जन्म भयो । जब खम्बा टुल्कुको जन्म भएपछि न्हुप ह्योल्मोमा हाम्रो गुर्फु गुम्बा रहेको भनी बोलेको र खोज्दै यही गुर्फुगुम्बामा आइपुग्नु भयो र त्यही घ्याङ गुम्बा भित्रैबाट आफैंले अदृश्य ज्ञान प्राप्त गर्नुभयो ।  आफ्नो सन्तान बढाउदै यही बस्नुभयो । खम्बा टुल्कुको सन्तान सत्र पुस्ता भैसकेकोमा १६ पुस्ता सम्म सबै जना घ्याङको ओडार भित्र रहेको घरमा नै जन्मदेखि मरणसम्म भएको इतिहास छ ।


             

            यस गुर्फु गुम्बा ओडारभित्र रहेको हुँदा यस्को छुट्टै इतिहास रहेको छ उक्त गुम्बा नजिकै लामा गुफा बस्ने स्थान पनि रहेको छ । उक्त स्थानमा जब लामा गुफा बस्न सुरु गर्छन त्यही दिनदेखि १ ठाउँबाट पानी र अर्कोबाट दुध जस्तो पानी आउन थाल्यो भनिएको छ  । गुफा बस्दा निगालोलाइ कलम बनाएर टुकी बत्तीको कालोमा तेल हालेर काठमा लेखेर सिकाउने गरिएको थियो  र उक्त गुम्बाभित्र गुफा अर्थात् अन्दाजी १५ मिटर भित्र सुरुङ समेत् रहेको छ । यस गुर्फु गुम्बाभित्र धेरै बर्ष पुरानो ढ्याङ्ग्रो पनि देख्न सकिन्छ।

            गुम्बाको पूर्वपट्टि एउटा ढुङ्गा रहेको छ, उक्त ढुङ्गा सबभन्दा पहिला भेट्टिएको ढुङ्गा पनि हो । यस गुम्बाभित्र र छेउछाउमा बङ्गुरको मासु लान नहुने, भैसीको गोबर प्रयोग गर्न नमिल्ने, गुम्बा वरपरको बाटोमा भैंसी धपाउन नमिल्ने यदि त्यसो गरेमा गाउँमा रोगब्याधी आउने,प हिरो, हावाहुरी आउने गरेको अनुभव घ्याङ बासीको रहेको छ ।

            ऐतिहाँसिक गुर्फु गुम्बा वरपरको आकर्षण

            Coming soon

            ऐतिहाँसिक गुर्फु गुम्बा कसरी पुग्ने ?

            Coming Soon 


            यो सामग्री नौकुण्ड गाउँपालिका पूर्व उपाध्यक्ष सिर्जना लामाले तयार गरी पठाउनुभएको हो ।