यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

Showing posts with label Dhunche Important Places. Show all posts
Showing posts with label Dhunche Important Places. Show all posts

दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय

Tuesday, May 07, 2024 0 Comments

दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय
दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी 

रसुवा जिल्लाको सदरमुकाम धुन्चेको पुरानो वा स्थानीय नामाकरण दुङ्‌ल्हाङ हो । दुङ्‌ल्हाङको अर्थ शंख ठड्याउने भन्ने हुन्छ ।


    दुङ्‌ल्हाङ (शंख ठड्याउने) वा धुन्चे कसरी भयो ?

    किंबदन्ती अनुसार उहिले बारपाकमा बौद्द धर्मका शक्तिशाली तान्त्रिक एकजना घले राजा (ग्याल्बो) थिए ।उनले आफ्ना केही छोराहरूलाई उपयुक्त ठाउँ खोजेर पठाउन चाहे । तीमध्ये एक छोरालाई बोलाएर भनेछन् 'म मन्त्र गरेर यो शंखलाई यहाँबाट फाल्छु, तिमी त्यसलाई खोज्दै जाउ र जहाँ भेटिन्छ त्यही राजा भएर राज्य चलाउनु ।'

    ती राजाले शंखलाई मन्त्र गरी उडाए । शंख आकाशमा उड्यो, उनका छोरा ठिसुम देप्के घले शंख उडेको तिर खोज्दै गए । गोरखाको बारपाकबाट धादिङको तिप्लिङ हुँदै धुन्चे पछाडिको ब्राबल आईपुगे । भीरको टुप्पोमा आकाशतिर ठडिएर बसेको अवस्थामा शंख फेला पर्‍यो । ढुङ्‌गेभीरको टुप्पोमा शंख फेला परेको हुनाले भीरको नामाकरण 'दुङ्‌ल्हामो' भयो र यस वरपरको क्षेत्रको 'दुङ्‌ल्हामो' बाट 'दुङ्‌लाङ' अपभ्रम्श भई 'दुङ्‌जे वा धुन्चे' रहन गएको हो ।

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी : एक परिचय
    धुन्चेको मध्य बजारमा रहेको शंखपार्क


    ती ठिसुम देप्के घलेले आफूलाई राजा घोषित गरी 'गोङ्‌गाङ' भन्ने ठाउँमा राजा भएर राज्य चलाउन थाले । उनले थोक्रा बंशका तामाङलाई काजी पद दिए ।

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी वरपरका मुख्य आकर्षणहरू

    • पासाङल्हामु राजमार्गमा अवस्थित
    • तामाङ संस्कृति, परम्परा र भेषभूषा
    • टुल्कु क्षेलिङ गुम्बा
    • तामाङ संग्रहालय
    • ह्युल्साङ, ल्होसार, बुद्दजयन्ति जस्ता पर्व
    • मानी डुप, मानी ङ्आ, मानीकोर, काङ्नी मानी, ङ्यारूङ टुल्कु क्षोर्तेन, सेरा खनेन मानी जस्ता आकर्षकीय तथा ऐतिहाँसिक सांस्कृतिक स्थलहरूको अवलोकन  
    • पर्यटकीय गन्तव्यको बिन्दु
    • लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन
    • रमणीय प्राकृतिक भ्यूटावरहरू

     

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरी कसरी पुग्ने ?

    पासाङल्हामु राजमार्गको प्रयोग गरेर, सदरमुकाम धुन्चेबजारको बीच भागमा अवस्थित छ ।

    दुङ्‌ल्हाङ वा धुन्चे, पर्यटकीय नगरीसँग सम्बन्धित सामग्रीहरू

     

    स्रोत : जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ, रसुवाली 

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे

    Friday, May 03, 2024 0 Comments

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे
    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चेको गाउँतिरबाट 
    आउने गेट

    टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चे
    पुरानो गेट


    गुम्बामा गुरू रिम्बोर्छे, चेंरेसी, छेर्पामे र खैण्डेमोको मूर्तिहरू रहेका छन् । करीब ४ दशक अघि धुन्चे निवासी कार्‌सिङ्गी तितुङ र उनकी  पत्नी बुटी साङ्‌मोले जीर्णोद्वार गरी ठूलो आकारमा निर्माण गरेका थिए ।

      टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा, धुन्चेको परिचय

      रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ मा रहेको टुल्कु क्षेलिङ गुम्बा सदरमुकाम धुन्चेको एकमात्र गुम्बा हो । पौराणिक वा उत्पत्तिको नामाकरण टुल्कुपेमा ज्युङ्नी अर्थात् गुरू पद्‌म सम्भव हो ।

       

      पासाङल्हामु राजमार्गसँग जोडिएको यो गुम्बा कुन् समयमा बनेको हो भन्ने तिथिमिति थाहा नभएपनि सेराप तेन्जिन र गोम्बो तेन्जिनले निर्माण गरेका हुन् भनेर सोल्तेब ग्रन्थमा उल्लेख गरिएको छ भनेर 'जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको महत्व' नामक पुस्तकमा लेखक फूर्पा तामांङले उल्लेख गरेका छन् ।

      गुम्बामा गुरू रिम्बोर्छे, चेंरेसी, छेर्पामे र खैण्डेमोको मूर्तिहरू रहेका छन् । करीब ४ दशक अघि धुन्चे निवासी कार्‌सिङ्गी तितुङ र उनकी  पत्नी बुटी साङ्‌मोले जीर्णोद्वार गरी ठुलो आकारमा निर्माण गरेका थिए ।

      धुन्चेको एक प्रमुख आकर्षणको रूपमा रहेको यस गुम्बामा समयसमयमा पूजाआजा, तामाङ भाषा/ ग्रन्थहरू प्रवचन गरिन्छ ।

      टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा वरपरका आकर्षण र महत्व

      -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

      -         लोपोन्मुख रेडपाण्डा अवलोकन

      -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

      -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

      -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

      -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

      -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

      -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

      -         माने, छुर्तेन, गुम्बा, शंखपार्क, तामाङ संग्रहालय तथा मन्दिरहरूको अवलोकन

       

      टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बा कसरी पुग्ने ?

      • पासाङल्हामु राजमार्गमा धुन्चे-स्याफ्रुबेंसी सडक खण्डको प्रयोग गरेर
      • धुन्चे बजारको मध्य भाग 'शंखपार्क'सँग जोडिएको
      • गोसाइँकुण्ड वा लाङटाङको यात्राबाट ठूलोस्याफ्रु- भार्खु हुँदै ।
      • यहाँबाट गोसाइँकुण्ड पदमार्ग (सिङ्गोम्बा) जाने पदमार्ग रहेको छ ।

       

      टुल्कुपेमा ज्युङ्नी अर्थात् टुल्कुक्षेलिङ गुम्बासँग सम्बन्धित सामग्रीहरू