
तालिम स्थानीय तहको योजना तर्जुमा, १६ औँ पञ्चवर्षीय योजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि रणनीति, नेतृत्व विकास, सार्वजनिक अभिव्यक्ति कला, उद्घोषण कला, नागरिक बडापत्र, नेपालकाे संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन तथा अन्य कानुनमा महिला अधिकार सम्बन्धी व्यवस्थाहरू, स्थानीय तहमा प्रदान गर्ने सेवा सुविधाहरू र त्यसलाई प्राप्त गर्नको लागि आवश्यक प्रक्रियाहरू विषयमा प्रशिक्षण गरिएकाे थियाे ।
१६ औँ योजनाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका सवाल, चुनौतीहरू र त्यसका त्यसलाई सामना गर्नका लागि व्यवस्था गरेको कार्यक्रम तथा याेजना बारे छलफल भएकाे थियाे ।
समापन कार्यक्रममा उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल , उपाध्यक्ष चमेली गुरूङ, टेवाका अनुगमन अधिकृत मुना पोखरेल, सहभागी तर्फबाट ईश्वरी थापा मगर र कमला थापा तथा सहजकर्ता पुष्कर शर्मा रिमालले मन्तब्य दिएका थिए । समापन कार्यक्रम प्रशिक्षार्थी तथा लालीगुराँस महिला सहकारीका अध्यक्ष सीता न्यौपानेले सञ्चालन गरेकी थिइन् ।
No comments:
Post a Comment