यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

रसुवामा जलवायु परिवर्तन बारे प्रशिक्षक प्रशिक्षण सुरू


रसुवा , विज्ञान र परम्परागत स्थानीय ज्ञानको सम्मिलन : स्थानीय जलवायु उत्थानशील कार्यको सुदृढीकरणका लागि प्रशिक्षक प्रशिक्षण तालिम (TOT) कार्यक्रम धुन्चेमा सुरू भयाे ।


चैत २६ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन हुने तालिम डिभिजन वन कार्यालय रसुवा ,राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना तथा सामुदायिक वन उपभाेक्ता महासंघ रसुवाकाे समन्वयमा सुरू भएकाे हाे । तालिममा सामुदायिक वन तथा मध्यवर्ती उपभाेक्ता समितिबाट २१ जना सहभागी छन् ।


तालिममा डिभिजनल वन अधिकृत शम्भु तामाङ, लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षाण अधिकृत श्याम कुमार शाह, राष्ट्रिय प्रकृ‌ति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाका तालिम संयाेजक सुनिल सापकाेटालगायतले सहजिकरण गर्नेछन् ।

No comments:

Post a Comment