यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

१२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिकालाइ


रसुवा, १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ।

कालिका गाउँपालिकाले शिल्डसँगै नगद रु २२,२२२, प्रमाणपत्र र मेडल प्राप्त गरेको हो। दोस्रो स्थानमा उत्तरगया गाउँपालिका रहँदा, उसले ट्रफी, प्रमाण-पत्र, मेडल तथा नगद रु ११,१११ प्राप्त गर्‍यो। तेस्रो स्थानमा गोसाईकुण्ड गाउँपालिका रह्यो, जसले नगद रु ५,५५५ सहित ट्रफी, प्रमाण-पत्र र मेडल पायो। चौथो र पाँचौं स्थानमा क्रमशः नोकुण्ड र आमाछोदिङ्मो गाउँपालिका रहे, जसलाई प्रमाण-पत्र प्रदान गरिएको थियो। 

रसुवाको सदरमुकाम धुन्चेमा चैत २६ देखि २८ गतेसम्म सम्पन्न  १२ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम जिल्ला खेलकुद विकास समिति अध्यक्ष बिराज लोेप्चन, प्रतिनिधिसभा सदस्य मोहन आचार्य, जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरे र गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ लगायतको उपस्थितीमा सम्पन्न भयो।


प्रतियोगितामा रसुवाका पाँच वटै गाउँपालिकाबाट छनोट भएका तीन सय छात्रछात्राहरू सहभागी थिए। भलिबल, कबड्डी, कराँते, तेक्वान्दो तथा एथ्लेटिक्सका हाई जम्प, लङ जम्प, सट पुट, त्रिपल जम्प, ज्याभलिन थ्रो, दौड, रिले दौडलगायत ५४ विधामा प्रतिस्पर्धा गरिएको थियो

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष बिराज लोप्चनले “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना गरिएको यो प्रतियोगिता खेलकुदमार्फत जिल्लालाई चिनाउन र कुना काप्चामा रहेका प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए । 

प्रतियोगिता सम्पन्न गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि छनोट हुनेछन्। 

प्रतिनिधिसभाका सांसद मोहन आचार्यले प्रतियोगिताले जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले जिल्लाको पूर्वाधार विकासमा प्रदेश सरकारबाट सहयोगको अपेक्षा गरिएको पनि बताए । याे कार्यक्रमले सदरमुकाम धुन्चेमा चहलपहल निकै बढेकाे थियाे । 




No comments:

Post a Comment