यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

लाङटाङ मार्गमा इन्टरनेट सेवा



रसुवा, देशकै मूख्य पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा पर्ने लामा होटलमा इन्टरनेट सेवा सुचारू भएकाे छ । 

विगत लामो समयदेखि पर्यटकीय क्षेत्र लाङटाङ क्षेत्रमा पर्ने लामा होटलमा इन्टरनेट सेवा उपलब्ध थिएन। साथै, सो क्षेत्र NTC काे टावरको पहुँचबाहिर रहेकोले सञ्चारका साधनहरू अत्यन्तै सीमित थिए।

स्वदेशी तथा विदेशी पर्यटकहरूको माग बढ्दै गएपछि होटल सञ्चालक तेन्जेत लामाको पहलमा ‘एभरेस्ट लिंक’ को उच्च गतिको इन्टरनेट सेवा जडान गरिएको छ। हाल जडान गरिएको इन्टरनेट सेवा एकैपटकमा ५०० जनासम्मले सहज रूपमा प्रयोग गर्न सक्ने क्षमतायुक्त रहेको छ।

यो सेवा लामा होटल क्षेत्रमा सञ्चार प्रवाह सुधार गर्न मात्र नभई पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने छ । अब देशकै पर्यटकीय क्षेत्रमा अब सहज रूपमा नेट चल्ने लामाले बताए । 

No comments:

Post a Comment