रसुवा, उत्तरगया गाउँपालिका २ मा बालबिबाह गर्न लागेकाे वा भएकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने वडा अध्यक्षबाट घाेषणा भएकाे छ ।
गाउँपालिकामा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखाद्वारा बालविवाह अन्त्यको लागि बालक्लब समुदाय र विद्यालयको भूमिका सम्बन्धी १ दिन जनचेतना मूलक अभिमुखीकरण कार्यक्रम डाडागाउँ माविमा सम्पन्न कार्यक्रममा साे घाेषणा भएकाे हाे ।
गाउँगाउँमा हुने बालबिबाह अन्त्यका लागि घर तथा समुदायमा जागरण ल्याउनु पर्ने कार्यक्रममा सहभागीहरूले बताए । गाउँपालिका गाउँपालिकामा महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अमृता पन्तकाे एक प्रस्तुतीपछि कार्यक्रममा वडा अध्यक्ष टुकु सुवेदी बालबिबाह गर्नलागेकाे सूचना दिनेलाइ रू ५ हजार पुरस्कार दिने घाेषणा गरेका थिए ।
प्रधानाध्यपक नबराज घिमिरेका अनुसार बाल बिबाह गरे कानुनी कारबाही के हुने र के कस्ता नीतिगत ब्यवस्था रहेकाे बारे जानकारी समेत दिइएकाे थियाे । कार्यक्रममा डाडागाउँ माविका शिक्षकहरू, अभिभावक, विद्यार्थी सहभागी थिए ।
बालविवाह गर्ने बालबालिकाको स्वयम् स्वास्थ्य, शिक्षादेखि समग्र जीवन पद्धतिमा प्रत्यक्ष नकरात्मक असर पर्ने भएकाले समाजबाट बालविवाह गर्ने कार्य पूर्णरुपमा अन्त्य गर्ने उद्देश्यका साथ बालबालिकाहरु र समुदाय नै लाग्नु पर्ने देखिन्छ ।
No comments:
Post a Comment