यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

नेपाल निजामती कर्मचारी संगठनमा पुन: कैसाङ



 रसुवा, नेपाल निजामती कर्मचारी संगठनको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। 

सदरमुकाम धुन्चेमा सम्पन्न  १३ औँ अधिवेशनले  कैसाङ दिण्डुप तामाङको अध्यक्षतामा १६ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।

कमिटीमा गोबिन्द आचार्य उपाध्यक्ष तथा अम्बिका देवकोटा महिला उपाध्यक्षमा चयन भएका छन्। चार्ल्स जंग शाही सचिव, बिर बहादुर बुलुन सह सचिव, र कृष्ण प्रसाद ढकाल कोषाध्यक्षमा  निर्वाचित भएका छन्।

सदस्यहरूमा छोवाड। दोर्जे तामाङ, राम सागर यादव, हर्क तामाङ, कलम बहादुर शाही, युगेन लेप्चा, अर्जुन सुबेदी चयन भएका छन्।

त्यस्तै केन्द्रीय प्रतिनिधिमा विमल कुमार घिमिरे, मिलन सापकोटा, र ईश्वरी पौडेल, तथा प्रदेश प्रतिनिधिमा खम्बु बोहरा र रन्जना लामा निर्वाचित भएका छन् । 

कार्यक्रममा विभिन्न पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। संगठनले निजामती कर्मचारीहरूको हकहितका लागि आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ।



No comments:

Post a Comment