यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

लोपोन्मुख पञ्चेबाजा संरक्षणामा महिला जुटे

Thursday, February 27, 2025 0 Comments

विजया तिवारी

बेत्रावती, परम्परागत लोपोन्मुख  पञ्चेबाजा  स्थापित गराउन बिदुर नगरपालिका-७ तुप्चे महिलाहरू एकजुट भएर लागेका छन् । 

रसुवा र नुवाकाेटकाे सिमाना उत्तरगयाधाम क्षेत्रमा जाडिएकाे बिदुर नगरपालिका वडा नम्बर ७ तुप्चेटारमा जनजागृत पन्चेबाजा महिला समूहले समाजमा लोपोन्मुख पञ्चेबाजा स्थापित गराउन संरक्षणका लागि जुटेका हुन् । 

स्थानीय महिलाहरू एकजुट भएर बाजा बजाउन सिकेपछि अझै पनि दलित समूदायले मात्र पञ्चेबाजा बजाउनपर्छ भन्ने मानसिकता हुर्केको हाम्रो समाजलाई जनजागृत  महिला समूहले रुपान्तरण गरेको छ। 

उत्तरगया क्षेत्र बृहत विकास संगठनले तुप्चेमा रहेकाे शिव मन्दिरमा शिबरात्रीको अबसर आयोजना गरेको पुजामा  पञ्चेबाजा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बिदुर नगरपालिकाको उपमेयर प्रभा बोगटी र वडा नं ७ का  वडा अध्यक्ष रबिन्द्र नेपालको समेत उपस्थिती रहेको थियो। अब ब्राम्हण समूदायका महिलाहरूले समुहमा मिलेर पञ्चेबाजा संरक्षणमा लागेकाे जनाएका छन् । 

जनजागृत युबा कल्बकाे सहयोगमा पञ्चेबाजा पाएपछि स्थानीय महिलाहरू जुटेर गाउँमा पञ्चेबाजा बजाउने थालेका हुन् । जन प्रतिनिधी तथा सराेकारवालाहरूले पञ्चेबाजा सुरू भएकाेमा खुसी व्यक्त गर्दै अबका दिनमा पञ्चेबाजाको संरक्षन र प्रवर्द्धनमा र निरन्तरताको लागि समूहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

त्यसैगरी समाजसेबी जनजागृत युबा क्लबका अध्यक्ष राजकुमार रिजालले युवा कल्बको मातहतमा रहेर समाज रुपान्तरण र आगामी कार्यक्रमहरूमा समूहको सहयोग र योगदान महत्त्वपूर्ण रहेको बताए । 

समूहका अध्यक्ष पार्वती अर्यालले लोप हुन लागेको पञ्चेबाजा संरक्षन र सम्बर्द्धनमा हामी ब्राह्मण महिलाबाट सुरुवात गरेर पछिल्लाे पिंढीले पनि जगेर्ना गर्ने र लोप हुन नदिने भएकाेले बाजाको संरक्षण गरेर टिकाई राख्ने उदेश्य साथ पञ्चेबाजा समूहको महत्वपूर्ण भूमिका रहने बताइन् ।  

उक्त कार्यक्रममा सोही समूहको सदस्य कल्पना रिमालले घरधन्धा र चुलो चौकाेमा सिमित महिलाहरु  आत्मनिर्भर बनी केही आम्दानी लिन सक्ने भएकाे बताइन् । यसले धार्मिक, कला, संस्कृति र  उत्तरगया क्षेत्र बृहत विकासमा पनि सहयाेग पग्ने अपेक्षा गरिएकाे छ । 

समूदायमा पृतिसत्तात्मक सोच र मानसिकता बोकेका र दलित समूदायले मात्र पञ्चेबाजा बजाउनुपर्छ भन्ने पुरानाे बिचारधारा र मान्यता भएकाे समूदायका ब्राह्मण महिला नै बाजा बजाउन सक्छ्न् र हुन्छ भन्ने सकरात्मक संदेश दिएकाे स्थानीय अगुवाहरू बताउछन्  ।



रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता

Wednesday, February 26, 2025 0 Comments

रसुवा,  राष्ट्रिय जनगणना २०७८ को अन्तिम विवरणअनुसार ४६ हजार ६ सय ८९ रसुवाको कुल जनसङ्ख्या रहेको छ । ती मध्ये चार हजार आठ सय ५३ जना बालबालिका रहेका छन् ।

जिल्लाको जनगणनामा कुल चार हजार आठ सय ५३ जना बालबालिकामध्ये चार हजार दुई सय ५८ जना अर्थात् ८७.७ प्रतिशतको मात्र जन्मदर्ता भएको छ । त्यसैगरी, पाँच सय ९५ जना अर्थात् १२.३ प्रतिशतको जन्मदर्ता नभएको राष्ट्रिय जनगणना २०७८ को विवरणमा उल्लेख छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको छ ।

यस्तै, राष्ट्रिय तथ्याङ्क कार्यालय राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा चार हजार परिवारको घरभित्र र ६ हजार तीन सय परिवारको धारा घरबाहिर रहेको छ । ७८ परिवारले खुला इनार, १० परिवारमा छोपिएको इनारबाट पानी, पाँच सय ३७ परिवारमा मुख्य धाराको पानी र ६४ परिवारले खुला पानी पिउनुपर्छ र खाना पकाउन प्रयोग गर्नुपर्छ ।

तथ्याङ्कअनुसार जिल्लामा अपाङ्गता व्यक्तिको सङ्ख्या एक हजार दुई सय ९३ जना रहेको छ, जसमध्ये पुरुष सात सय १८ जना र महिला पाँच सय ७५ जना रहेका छन् ।

अचार बनाउने तालिम समापन

Wednesday, February 26, 2025 0 Comments


रसुवा, रसुवाको नौकुण्ड गाउँपालिकाले ०८१ फागुन ९ गतेदेखि  सुरू गरेका विविध अचार बनाउने तालिम  समापन भएको छ। । 

नौकुण्ड गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागारिक शाखा तथा  उद्यम शाखाको आयोजनामा सञ्चालन भएको उक्त  ७ दिने तालिम समापन भएकाे आयोजकले जनाएको छ। 

तालिममा ३६ जना उद्यमीहरूको सहभागितामा संविधानसभा सदस्य तथा सफल युवा उघमी प्रशिक्षक शान्ता चौधरीले तालिम दिएकी थिइन् । 



नौकुण्ड उद्यम शाखाका कृष्ण न्यौपानेका अनुसार नौकुण्ड भरी छरिएर रहेका उद्यमहरूलाई स्वरोजगार बनाई गाउँ मै आर्यआर्जन बनाउने उदेश्यले तालिम सञ्चालन गरेकाे बताए । 

नाैकुण्डमा सन्चालित विविध प्रकारका अचार बनाउने सीप विकास तालिमले महत्त्वपूर्ण  उपलब्धि हुने विश्वास लिइएको प्रशिक्षक शान्ता चौघरिले जानकारी दिइन् ।

तालिमको अवसरमा नौकुण्ड गापाका उपाध्यक्ष चन्द्रबहादुर गलान,वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङ लगायत समभागी थिए  । 



रसुवामा वन अतिक्रमण हुन नदिन नियमित अनुगमन

Monday, February 24, 2025 0 Comments

रसुवा, जिल्लाका विभिन्न क्षेत्रमा भएको वन अतिक्रमण हुन नदिन नियमित अनुगम गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङका अनुसार वन अतिक्रमण नियन्त्रण समितिको बैठकमा जिल्लाभर ३६ दशमलव २७ हेक्टर वन अतिक्रमणमा परेको तथ्यांक सार्वजनिक गरी पुरानो अतिक्रमण क्षेत्र विस्तार हुन नदिने तथा नयाँ वन अतिक्रमण हुन नदिन नियमित अनुगमन तथा गस्ती गर्ने बताए । 

रसुवाको गोसाइकुण्ड गाउँपालिका १ नागथलीमा ६, आमाछोदिङमो गाउँपालिका ३ मा २२, वडा नं ४ मा ५ , वडा नं ५ मा ४८ र उत्तरगया गाउँपालिका–१ बौंसेमा ९० घरधुरी गरी कुल १७१ घरधुरीले वन अतिक्रमण गरेर बसेका छन् । जिल्लाभर कुल ३६ दसमलव २७ हेक्टर वन अतिक्रमण गरी घर बनाएर बसोबास गरेका छन् ।  पछिल्लो अतिक्रमणको तथ्याङ भने लिएको छैन । 

०५१ सालदेखि अतिक्रमण वन ऐन २०४९ र नियामावली ०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइदैन । वन ऐन २०७६ अनुसार राष्ट्रिय वन भित्रको जग्गा कसैले पनि दर्ता गर्र वा गराउन हुँदैन भन्ने कानुनी व्यवस्था छ ।

वन ऐनको दफा ७ (२) दर्ता स्वत बदर हुने– कसैले राष्ट्रिय वन भित्रको जग्गा दर्ता गराएको भएमा त्यसरी दर्ता भएको आधारमा त्यस्तो जग्गामा दावी लाग्ने छैन र त्यस्तो दर्ता स्वतः बदर भएको मानिने उल्लेख छ ।

ऐनकाे दफा ७ (३) यो ऐन प्रारम्भ हुनु भन्दा अघि कसैले राष्ट्रियको कुनै भाग गैरकानुनी रुपले दर्ता गराएको रहेछ भने त्यस्तो दर्ता समेत यो ऐन प्रारम्भ भएपछि स्वतः बरद हुने व्यवस्था छ ।

दफा ४२(१) वनक्षेत्रको प्रयोग– यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि राष्ट्रिय प्राथमिकता आयोजना, लगानी बोर्डबाट लगानी स्वीकृत भएको योजना, राष्ट्रिय गौरबका आयोजना सञ्चालन गर्न वनक्षेत्रको प्रयोग गर्नु बाहेक अन्य कुनै पनि विकल्प नभएमा र प्रचलित कानुन बमोजिमको वातावरणीय परिक्षणबाट त्यस्तो योजना सञ्चालन गर्दा वातावरणमा उल्लेखनीय असर नपर्ने देखिएमा नेपाल सरकारले राष्ट्रिय वनको कुनै भाग तोकिए बमोजिम स्वीकृति दिन सक्ने प्रावधान रहेको छ ।  

राष्ट्रिय वन फाँड्ने वा वनक्षेत्रको जोत्ने, खन्ने, खनिजकार्य उत्खनन गर्ने, आवाद गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने वा अतिक्रमण गर्ने काम गरे वा गराएमा दफा ५० (३) मा सजायः दफा ४९ को खण्ड ग अन्तर्गतको कसुर गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा दुबै सजाय गरी त्यस्तो जग्गा राष्ट्रिय वनमा समावेश गरी सो जग्गामा बनाएको घर वा छाप्रो र प्रयोग भएका मेशिनरी औजार, साधन समेत जफत हुने। त्यस्तो कसुर गर्दा वन पैदावार हटाएको भए निजलाई सो बापत हुने सजाय समेत हुने प्रावधान छ । 

वन अतिक्रमण नियन्त्रण समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी अर्जुन पाैडेल, नेपाली काँग्रेसका िजल्ला सभापति पेम्बाछिरिङ तामाङ, नेकपा एमाले जिल्ला नेता विजय लामा, सामुदायिव वन उपभाेक्त महासंघ रसुवा, प्रहरी प्रमुखहरू तथा सराेकारवालाहरू सहभागी थिए । 




नौकुण्डमा अचार बनाउने तालिम सुरू

Saturday, February 22, 2025 0 Comments

रसुवा, रसुवाको नौकुण्ड गाउँपालिकाले ०८१ फागुन ९ गतेदेखि  विविध अचार बनाउने तालिम सुरु गरेकाे छ ।  

महिला बालबालिका तथा ज्येष्ठ नागारिक शाखा तथा उद्यम शाखाको आयोजनामा सञ्चालन भएको उक्त ७ दिने तालिम १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। 

तालिममा ४५ जना उद्यमीहरूको सहभागितामा संविधान सभासदस्य तथा सफल युवा उघमी प्रशिक्षक शान्ता चौधरीले तालिम प्रदान गरिरहेकी छन् ।

नौकुण्ड उद्यम शाखाले नौकुण्ड भरी छरिएर रहेका उद्यमहरूलाई स्वरोजगार बनाई गाउँ मै आर्यआर्जन बनाउने उदेश्यले सन्चालित विविध प्रकारका अचार बनाउने सीप विकास तालिमले महत्त्वपूर्ण उपलब्धि हुने विश्वास लिइएको प्रशिक्षक शान्ता चौघरिले जानकारी दिइन् ।


तालिमको अवसरमा नौकुण्ड गापाका उपाध्यक्ष चन्द्रबहादुर गलान,वडा नम्बर ६ का वडा अध्यक्ष यो नुर्पु तामाङ,युवा उघमी तथा समाजसेवी जयराम घले,वडा सदस्य लवाङनुर्पु तामाङ,शान्ति विक,पूर्व वडाअध्यक्ष तथा भोर्ले जिवजिवे साना किसान सहकारी संस्थाका अध्यक्ष रामहरी देवकोटाको उपस्थितिमा तालिम शुभारम्भ गरिएको हाे ।  तालिम फागुन ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उघम विकास सहजकर्ता न्यौपानेले जानकारी दिए ।

आदिवासी जनजाति युवा महासंघमा धर्म

Saturday, February 22, 2025 0 Comments

रसुवा, आदिवासी जनजाति युवा महासंघ नेपाल रसुवा जिल्ला समन्वय परिषदको अध्यक्षमा धर्म थोकर चयन भएका छन् ।

शुक्रबार आदिवासी जनजाति युवा महासंघ नेपाल बामती प्रदेश अध्यक्ष बिलाम मुक्तानको प्रमुख आतिथ्यता तथा प्रदेश कोषाध्यक्ष तुलाराम मगरको अध्यक्षतामा भएको भेलाले सो ११ सदस्यीय समिति चयन गरेका हुन् । जनजाति युवालाई नेतृत्व, अधिकार र समावेशी सहभागिता सहित उत्तरदायि एवम् जिम्मेवार नेतृत्व बनाउन महासंघले काम गर्दै आएको छ ।

शिक्षक संगठन अध्यक्षमा गुरुङ काे काे रहेका छन् समितिमा ?

Saturday, February 22, 2025 0 Comments


सुवा, नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको १२ औं जिल्ला अधिवेशनबाट  श्याम कुमार गुरुङकाे अध्यक्षमा नयाँ नेतृत्व चयन भएकाे छ ।  

देशभरका शिक्षकहरू एकजुट हाेऔं ,गाैरवशाली विगत, चुनाैतीपूर्ण वर्तमान लगानी वृद्धि गराै सार्वजनिक शिक्षाकाे उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त संगठन भन्ने मूल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रसुवाको १२ औं जिल्ला अधिवेशनकाे उद्वघाटन भएकाे थियाे ।

राति सम्पन्न भएकाे बन्द सत्रबाट जिल्ला समितिकाे उपाध्यक्ष नबराज घिमिरे र सुभद्रा लामा, सचिब लानाम घले, कोषाध्यक्ष सुरज बि क, सह कोषाध्यक्ष भीमप्यारी तामाङ, सह सचिब सुम्निमा तामाङ रहेका छन् ।

सदस्यहरूमा पदमराज भट्ट, संगीता तामाङ,प्रतिभा गुरूङ, मेदनदत्त देवकाेटा, कार्पाे तामाङ, रमेश गलान रहेका छन् । संस्थागत सदस्य राजु लामा, समावेशी संगीता तामाङ, बृजलाल भट्टराइ रहेका छन् । केन्द्रीय प्रतिनिधिमा आङमाया शेर्पा, पार्वती खनाल र सुरेन्द्रराज गुरूङ रहेका छन् ।




नसर्ने रोग रोकथाम र न्यूनिकरण बारे छलफल

Saturday, February 22, 2025 0 Comments

रसुवा, जनस्वास्थ्य कार्यालय,रसुवाद्वारा आयोजित नसर्ने रोग रोकथाम र न्यूनिकरण तथा मानसिक स्वास्थ्य प्रबर्द्धन,जिल्ला स्तरिय समन्वय समिति गठन कार्यक्रम धुन्चेमा भयाे ।

जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेकाे अध्यक्षतामा जिसस उपप्रमुख बिजय लामा ,गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ ,प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल ,उत्तरगया गापा उपाध्यक्ष चमेली गुरुङ ,गोसाइँकुण्ड गापा उपाध्यक्ष प्रतिमा तामाङ ,आमाछोदिङ्मो गापा उपाध्यक्ष चन्डिका तामाङ ,जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाही ,नौकुन्ड गापा वडा-१ का वडा अध्यक्ष कान्छा तामाङ ,जनस्वास्थ्य कार्यालय प्रमुख झमप्रसाद आचार्य लगायतको आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।


नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको १२ औं जिल्ला अधिवेशन उद्घाटन

Saturday, February 22, 2025 0 Comments


रसुवा, नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाको १२ औं जिल्ला अधिवेशन धुन्चेमा उद्घाटन सम्पन्न भएकाे छ । 

देशभरका शिक्षकहरू एकजुट होऔं, गाैरवशाली विगत, चुनाैति पूर्ण वर्तमान लगानी वृद्धि गराैं सार्वजनिक शिक्षाकाे उन्नयन राष्ट्रिय शिक्षा ऐन र सवै तहमा सशक्त संगठन भन्ने नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रसुवाको १२ औं जिल्ला अधिवेशनकाे उद्वघाटन केन्द्रीय महासचिव हंसबहादुर शाहीले उद्घाटन गर्नुभएकाे थियाे ।

प्रमुख अथिति शाही, प्रमुख बक्ता नेकपा एमाले केन्द्रीय सदस्य प्रेम तामाङ, केन्द्रीय परिषद् सदस्य तथा जिल्ला समन्वय प्रमुख अशाेक घिमिरे, नेकपा एमाले रसुवाका उपाध्यक्ष कैसाङनुर्पु तामाङ, संगठनका इन्चार्ज कमलनाथ आचार्य, बुद्धिजिवी परिषद्का अध्यक्ष विष्णु पाैडेललगायतले शुभकामना दिएका थिए ।

अधिवेशनमा जनप्रतिनिधि, पत्रकार, बिभिन्न पेशाकर्मीहरू सहभागी थिए ।



सेवा निवृत्त शिक्षकहरू सम्मानित

Saturday, February 22, 2025 0 Comments

रसुवा, नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवाले सेवा निवृत्त २० जना शिक्षकहरूलाइ सम्मान गरेकाे छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति रसुवाको १२ औं जिल्ला अधिवेशनकाे अवसरमा सेवा निवृत्त शिक्षकहरूलाइ सम्मान तथा अभिनन्दन गरिएकाे हाे ।

सम्मानित हुनेहरूमा नेपाल राष्ट्रिय शिक्षक संगठनका संस्थापक सचिव तथा जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, काेमिन श्यामेवाङफेल मावि स्याफ्रवेसीका प्रधानाध्यापक देवराज सिंखडा, स्राेत व्यक्ति वासुदेव लामिछाने, शिक्षकहरू लाेकनाथ नेपाल, किप्पा छिरिङ तामाङ, तेजप्रसाद खतिवडा,समान सिंह बुलुन, माेहनप्रसाद नेपाल, हरिप्रसाद ढकाल, घनमाया डगाेल, रितमान वाईवा,केदारप्रसाद घिमिरे, प्रेमप्रसाद पाैडेल, राजेन्द्र डंगाेल,बद्रिनाथ पाैडेल, हरिप्रसाद पाैडेल, बलराम धिताल, उमाकान्त फुँयाल, देवेन्द्रराज देवकोटा, पूर्व शिक्षक तथा हिमालय आर्टका प्रोपाइटर लामा साम्देन घले रहेका छन् ।


१२ औं जिल्ला अधिवेशनका प्रमुख अतिथी संगठनका महासचिव हंस बहादुर शाही तथा बिशेष अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा संबिधान सभा सदस्य प्रेम तामाङले उनीहरूलाइ सम्मान पत्र तथा दाेसल्लाले सम्मान गरेका थिए ।

डिभिजन स्तरिय वन योजना तर्जुमा गोष्ठी सम्पन्न

Saturday, February 22, 2025 0 Comments

रसुवा, डिभिजन वन कार्यालय रसुवाको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम  डिभिजन स्तरिय योजना तर्जुमा गोष्ठी धुन्चेमा सम्पन्न भयो । 


डिभिजन वन कार्यालयका  डिभिजनल वन अधिकृत शम्भु तामाङको अध्यक्षतामा, बाग्मती प्रदेश सभा सदस्य ईन्द्रप्रसाद गोतमेको प्रमुख आतिथ्यमा जिल्ला समन्वय प्रमुख अशोककुमार घिमिरे, उपप्रमुख बिजय लामा, गोसाईकुण्ड गाउँपालिकाको अध्यक्ष कैसाङनुर्पु तामाङ, आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङ, उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड १ का वडा अध्यक्ष कान्छा लामा, जिसस प्रमुखका स्वकीय सुरेश अधिकारी, आशिस लामा, सामुदायिक वन उपभोक्ता महासंघका रसुवाका अध्यक्षलगायतको उपस्थितीमा भएको थियो । 

सहभागी सरोकारवालाहरूले डिभिजन स्तरिय योजना तर्जुमा गोष्ठी सहभागीहरूको सल्लाह सुझाब दिएका थिए  । 



डिभिजनल वन अधिकृत शम्भु तामाङले प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत गरेपछि सहभागीहरूले थप सुझाव दिएका थिए । प्रमुख अतिथी गाेतामेले थप कार्यक्रमहरू समेटेर पेस गर्न सल्लाह दिनुभयाे । जिल्ला समन्वय प्रमुख घिमिरेले याेजना तर्जुमा गरेर सराेकारवालाहरूकाे सुझाव लिनु धेरै राम्राे काम भएकाे बताउनुभयाे ।

वन डँढेलाे नियन्त्रण तथा वन्यजन्तुका लागि वनमा पानी पाेखरी निर्माण, सहभागीहरुले सामुदायिक वनमा आधारित उद्यमी तथा उद्योग स्थापना गर्नुपर्ने, सामुदायिक वन उपभोक्ता समूहलाइ सक्रिय बनाउन तथा अनिवार्य प्यानको काम अघि बढ्न नसकेको इको क्लब तथा विद्यालयमा बाल उद्यान निर्माण गर्नु पर्ने जस्ता सुझाव दिएका छन् । 

बजार अनुगमन मापदण्ड तथा प्रचलित कानून बमोजिम व्यावसाय गर्न निर्देशन

Saturday, February 22, 2025 0 Comments

रसुवा, बजार अनुगमन मापदण्ड तथा प्रचलित कानून बमोजिम व्यावसाय गर्न सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीले निर्देशन दिए । सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीको संयोजकत्वमा गोसाईकुण्ड गाउँपालिका वडा नं। ६ धुञ्चेबजार स्थित दैनिक उपभोग्य बस्तु बिक्री वितरण, व्यावसाय गर्ने पसलहरू सरोकारवालाहरुसँगको समन्वय तथा उपस्थितिमा संयुक्त रुपमा बजार अनुगमन भएको थियो । बजार अनुगमनमा १५ वटा पसलहरु अनुगमनको क्रममा बरामद भएको म्याद गुज्रेका खा‍द्यान्न बस्तुहरु जफत गरी नष्ट गरिएको। व्यावसाय सञ्चालनमा मापदण्ड नपुगेका व्यावसायीलाई तोकिएको मापदण्ड तथा प्रचलित कानून बमोजिम व्यावसाय सञ्चालन गर्न निर्देशन दिइएको हो । 




रसुवामा घरेलु मदिराको चर्चा : रेडियो लाङ्टाङको वार्षिकोत्सव

Friday, February 21, 2025 0 Comments

रसुवा, घरेलु मदिरा उद्योगलाई सुव्यवस्थित गर्न, गुणस्तर मापदण्ड स्थापित गर्न, कर प्रणालीलाई सरलीकृत गर्न र स्थानीय उत्पादकलाई सहयोग गर्न विभिन्न व्यक्तित्वहरूले सरकारसँग आग्रह गरेका छन् ।

स्थानीय समुदायकाे संस्कार तथा संस्कृतिसँग  जाडिएकाे घरेलु मदिराकोकाे व्यवसायीक रूपमा ब्राण्ड बनाउने चर्चा सुरू हुनु स्वभाविक रहेकाे सराेकारवालाहरूले बताएका छन् । विश्व रेडियो दिवस र रेडियो लाङ्टाङको १०औंँ वार्षिकोत्सवकाे अवसरमा  रसुवा सदरमुकाम धुन्चेमा आयोजित ‘घरेलु उत्पादन मदिराको सम्भावना र चुनौती’ विषयक बृहत् छलफलका सहभागीले मदिरालाई अन्तरराष्ट्रियस्तरमा प्रवद्र्धन गर्न नीतिगत सुधारका लागि सुझाव दिनुभयो ।

रेडियोका अध्यक्ष सोहम सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले स्थानीय रूपमा उत्पादित मदिराको बजार, गुणस्तर, कानुनी प्रक्रिया, कर प्रणाली, स्वास्थ्यमा यसको प्रभाव र निर्यात सम्भावनाको विस्तृत अध्ययन आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङ, दुप्चेश्वर गाउँपालिका नुवाकोटका अध्यक्ष शङ्कर थापा, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, उद्योग तथा वाणिज्य कार्यालय रसुवाका प्रमुख बृहस्पति तामाङ, नेपाल पत्रकार महासङ्घ रसुवा अध्यक्ष केशव पौडेललगायतले सराेकारवालाहरूले सरकार, निजी क्षेत्र र स्थानीय उत्पादक वीचका सहकार्यबाट स्वदेशमा उत्पादित मदिरा उद्योगले नेपालमा ठूलो आर्थिक योगदान गर्ने र रोजगारी सिर्जनामा सहयोग पुग्ने अपेक्षा गरेको रेडियोका सञ्चालक गीता न्यौपानेले बताउनुभयो । 

सरकारले जारी गरेको नीति तथा कार्यक्रममा स्वदेशी रक्सीको गुणस्तर सुनिश्चित गर्ने, उत्पादन नियन्त्रण गर्ने, ब्रान्डिङ गर्ने र निर्यात गर्ने योजना समावेश छ ।

छलफलमा उठेका विषयलाइ नीतिगत तहसम्म प्रभावकारी रूपमा लैजाने र कार्यन्वयन हुन सके प्रत्यक्ष लाभ पुग्ने र कार्यक्रमकाे सार्थकता र सफलता देखिने सराेकारवाला बताउछन् । 



नाटक ‘जुन त लग्यो ताराले’

Thursday, February 20, 2025 0 Comments

 


afWotf, /x/ clg ;kgfx?n] g]kfnL ;dfhnfO{ h;/L PSnf] agfO/x]5 / lg/Gt/ ?kdf Pp6f dgx? PSnf] alg/xg] clg ;w}+ klv{/xg] qmd rln/x]sf] 5 . h'g /fHo clg ;dfhn] lgdf{0f u/]sf] ljZjf; / ;+:sf/ h;/L klg :yflkt ePsf] 5 . t/ /fHo clg ;dfh of] s'/faf6 a]va/ al;lbG5 . Tolx qmddf j}b]lzs /f]huf/ g} g]kfnL ;dfhsf] ;d'Ggt aGg] ;'? clg clGtd ljsNk ag]sf] xf] .

olx sf/0fx?n] ubf{ ;DaGwx?df ePsf] :g]x, dfof, ;fy, ljZjf;, dx;';, Gofgf]kg 5'l6/x]sf] 5 . 5'6]sf ToxL PSnf] dgx?n] :g]x, dfof, ;fy, ljZjf;, dx;';, Gofgf]kg vf]lh/x]5 . gf6s …h'g t nUof] tf/fn]Ú, of] ToxL 5f]l8uPsf, 5'l6uPsf PSnf] dgx?sf] syf xf] . 5f]l8uPsf, 5'l6uPsf PSnf] ;DaGwx?sf] syf xf] .

n]vs, lgb]{zssf] egfO{

d cfkm"leq ePsf ef]ufO, dx;'; clg cfˆg} cfFvfn] b]v]sf t/ a]jf:tf ul/Psf ;fwf/0f syfx? eGg ?rfpF5' / eGg' k5{ eGg] klg nfU5 . of] gf6sdf elgPsf] syf …eG5'Ú, eGg] ljrf/ dnfO{ kfFr, 5 jif{cl3b]lv g} cfPsf] lyof] . t/ o;k6s d08nf lyP6/n], …Nofa !^ sf k|lzIffyL{x?nfO{ k|lzIf0f u/fpg'sf ;fy} gf6s lgb]{zg klg ug'{kg]{5Ú, eGg] lhDd]jf/L ;'lDkg' ePkl5 syfx? ;f]Rb} hfg] qmddf …of] syf eG5'Ú, eGg] lg0f{o lnP .

cfkm} k|lzIffyL{ eP/ k|lzIf0f k|fKt u/]sf] 7fpFdf /+ud~rsf] ofqf ul//xFbf cfkm} k|lzIfs eP/ gf6s lgb]{zg ug{ kfpg' d]/f] nflu csNkgLo ;f}efUo clg cj;/ ;[hgf ePsf] 5 . h'g s'/fn] d cf}wL v'zL 5' .

dnfO{ ljZjf; ug'{x'g] d08nf lyP6/ ;d'x, Joj:yfks ;d'x, lknf] Knfg/ ;fy} olt nfdf] ;do;Dd dnfO{ ljZjf; u/]/ d]/f] s'/f ;'lglbg' x'g] Nofa !^ sf k|lzIffyL{x? clg k|ToIf, ck|ToIf ?kdf ;fy lbg'x'g] lxtsf/L dgx? ;Dk"0f{df gdg clg cg]sf}+ wGojfb .


लाङटाङ राष्ट्रिय निकुञ्ज : अप्रेसन संरक्षण ११ मार्फत वन्यजन्तु र वातावरण संरक्षणको अभियान सुरू

Thursday, February 20, 2025 0 Comments

 

रसुवा, वन तथा वन्यजन्तु संरक्षणका लागि क्रियाशील लाङटाङ राष्ट्रिय निकुञ्जले जेठसम्म अप्रेसन संरक्षण ११ सुरू गरेको छ। यस अभियानको मूख्य उद्देश्य निकुञ्ज क्षेत्रभित्र हुने अवैध गतिविधि तथा चोरी सिकार रोक्नु, वन्यजन्तुको अवैध आवतजावत नियन्त्रण गर्नु र दुर्लभ वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्नु हो। 

यसले संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याएको निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिए । यो अभियान निकुञ्जको कार्यक्षेत्र रहेका रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा संचालन हुनेछ। 

रसुवाको नौकुण्ड -१ काे लाङबु, नुवाकोटको नेगी र सिन्धुपाल्चोकको बैकुण्ठेमा अभियान संचालन भइरहेको छ। यसका लागि अस्थायी संयुक्त पोष्ट संचालन गरी गस्ती गरिएको छ।

लाङटाङ राष्ट्रिय निकुञ्ज २०३२ साल चैत ९ गते स्थापना भएको हो। यो निकुञ्ज रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १,७१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। निकुञ्जको मध्यवर्ती क्षेत्र २०५५ साल बैशाख १४ गते घाेषणा भएको हो र यसको क्षेत्रफल ४१८.३० वर्ग किलोमिटर छ।

निकुञ्ज अन्तर्गत २१ वटा मध्यवर्ती उपभोक्ता समिति र १९१ वटा मध्यवर्ती क्षेत्र उपभोक्ता समूहहरू छन्। साविकका ३४ वटा गाउँविकास समितिमा फैलिएको निकुञ्जको मध्यवर्ती क्षेत्र पहिलो स्थानीय तहको निर्वाचन पश्चात् रसुवामा ४ वटा, नुवाकोटमा ३ वटा र सिन्धुपाल्चोकमा ४ वटा गाउँपालिका गरी कुल ११ वटा गाउँपालिका पर्दछन् । यसरी लाङटाङ राष्ट्रिय निकुञ्जले वन्यजन्तु तथा वनस्पतीको संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरका संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न

Wednesday, February 19, 2025 0 Comments


रसुवा, राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ को अवसरमा कर्मचारी मिलन केन्द्र रसुवा र डिभिजन वन कार्यालयको संयुक्त आयोजनामा वातावरण संरक्षण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

अभियानकै रूपमा बाटो, सडक पेटी तथा सार्वजनिक स्थल, कार्यालय परिसरमा सरसफाइ तथा वातावरणीय सचेतना फैलाउने काम भएको थियो । नेपाली सेनाकाे श्रीनाथ गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, नागरिक समाज, गोसाइकुण्ड गाउँपालिका, सञ्चारकर्मीलगायतको सहभागितामा सम्पन्न भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

उक्त कार्यक्रम सदरमुकाम धुन्चे स्वागत गेटदेखि शिव मन्दिरसम्म वातावरणीय चेतना अभिवृद्धि गर्दै स्वच्छता अभियान सञ्चालन गर्ने उद्देश्यले आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय समूदाय, सरकारी कर्मचारी तथा विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरू  सहभागिता रहेको थियो।

कार्यक्रमको समापन गर्दै प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले वातावरण संरक्षण र स्वच्छताका लागि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले प्रजातन्त्र दिवसको सन्दर्भमा देशप्रति हाम्रो जिम्मेवारीको महत्त्व झल्काउने यस्ता क्रियाकलापहरू आवश्यक रहेको बताउनुभयो। 



पूर्ब विद्यार्थी समाजमा झंकनाथ

Wednesday, February 19, 2025 0 Comments

रसुवा, कालिका हिमालय मावि पूर्व विद्यार्थीहरूकाे भेलाबाट झंकनाथ न्याैपानेकाे अध्यक्षतामा पुर्ब विद्यार्थी समाज गठा भएकाे छ ।  

सामाजिक सञ्जालबाट सूचना गरी आब्हान  गरिएकाे भेलामा सहभागीहरूले न्याैपानेकाे नेतृत्वमा तदर्थ समिति गठन गरेका हुन् । समाजकाे उपाध्यक्षमा इन्दिरा ढकाल, सचिव रामप्रसाद ढकाल, काेषाध्यक्ष तारा कार्की, सदस्यहरूमा अइन्द्र पाैडेल, हरिप्रसाद देवकाेटा, हेमनाथ खतिवडा, बलराम घिमिरे, आङतेम्बा तामाङ, रामशरण गजुरेल, राधा पाण्डे, प्रेम प्रसाद पाैडेल, बिराज तामाङ रहेका छन् । समितिले सवै पुर्व विद्यार्थीहरूलाइ जाेडेर अधिबेशन गर्ने जनाएकाे छ । 


रक्तदानको महत्व विषयक निबन्ध लेखनकाे पुरस्कार बितरण

Wednesday, February 19, 2025 0 Comments


रसुवा, “रक्तदान जीवन दान” “प्रत्येक स्वस्थ ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व  हो भने, निःशुल्क रगत पाउनु पीडितहरूको अधिकार हो।”   भन्ने नाराका साथ रक्तदानको महत्व विषयक निबन्ध लेखनकाे पुरस्कार बितरण भयाे । 

नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा र कालिका हिमालय एस्.एल्.सी. २०५६ ब्याच, कालिका–२, रसुवाको संयुक्त आयोजनामा १९ औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको अवसरमा (२०८१ माघ १५ गते) आयोजित रक्तदानको महत्व विषयक निबन्ध लेखन प्रतियाेगितामा प्रथम कालिका हिमालयकी सरु पुडासैनी,  द्धितीय कालिका हिमालयकी शैली खतिवडा, तृतीय पुरस्कार सुन्धरा माविकी शिवानी लामिछाने र सुन्धरा माविकी एन्जल मगरले प्राप्त गरेका छन् । 

छात्राहरूलाइ नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेम सागर कर्माचार्यले प्रमाण-पत्र तथा नगद पुरस्कार क्रमश ; रू २ हजार ,१५ सय र १/१ हजार प्रदान गर्नुभयाे । 

रसुवामा ८३ जनाले गरे रक्तदान

Wednesday, February 19, 2025 0 Comments

रसुवा, रसुवा, प्रजातन्त्र दिवसमा अवसरका नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको पाँचौ खुल्ला रक्तदान कार्यक्रममा ८३ जनाले रक्तदान गरे । 

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्य, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्याललगायत तहका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू सहभागी थिए । 

रगत अभावमा बिरामीलाइ हुने रगत अभाव हुन नदिन नियमित रक्तदान गरेको रक्तदाता समाज रसुवाकी उपाध्यक्ष तारा  कार्कीले बताइन् । दुइ संस्थाले नियमित रूपमा पाँचाै पटक रक्तदान आयोजना गरेका हुन् । 





नेपाल बुद्धिजीवी परिषद्मा विष्णु पाैडेल

Wednesday, February 19, 2025 0 Comments

रसुवा, नेपाल बुद्धिजीवी परिषद्, जिल्ला समिति रसुवाको सातौं जिल्ला अधिवेशन कालिकास्थानमा सम्पन्न भयो । अधिवेशनले आगामी ३ वर्षे कार्यकालको लागि विष्णुप्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । 

जिल्ला समितिको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, सचिवमा झंकनाथ न्यौपाने, कोषाध्यक्षमा शम्भुप्रसाद न्यौपाने, उपसचिवमा गोमा पौडेल न्यौपाने र सदस्यहरुमा भरतप्रसाद न्यौपाने, प्रफुल्ल देवकोटा र निमा रेन्जेन तामाङ चयन भएका छन् । 

नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय सदस्य तथा बागमती प्रदेश नीति आयोगका डा दिपेन्द्र श्रेष्ठकाे प्रमुख अतिथ्यमा तथा नेकपा एमाले केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिका अध्यक्ष माधबप्रसाद अर्यालकाे बिशेष अतिथ्यमा भएकाे थियाे । अधिबेशनमा पूर्व अध्यक्षहरूलाइ सम्मान गरिएकाे थियाे । 

नेपाल किसान महासघंमा देवकोटा

Wednesday, February 19, 2025 0 Comments


रसुवा, नेपाली काँग्रेस निकटको नेपाल किसान महासघं जिल्ला समिती रसुवाको चौथो जिल्ला अधिबेशनबाट चोप प्रसाद देवकोटाको अध्यक्षतामा जिल्ला समिति गठन भयो । 

समितिको उपाध्यक्ष (श्यर्पा थोक्रा, तिल कुमारी न्यौपाने,(प्रेमनाथ न्यौपाने, सचिव भेषराज न्यौपाने, सह सचिब बृन्दा न्यौपाने, सदस्यहरुमा, योगबहादुर तमाङ, भीमबहादुर तमाङ, केदारनाथ घिमिरे, हरिप्रसाद पौडेल, मीननाथ खतिवडा, निमबहादुर तितुङ, मङगले थोक्रा, तुलसा नेपाल, कमला ग्लान, पार्बतीदेवी भट्ट, सरिता न्यौपाने , प्रदेस प्रतिनिधि , इस्वर देबकोटा, नवराज आचार्य, दुर्गा खतिवडा, केन्द्रीय प्रतिनिधि माधब प्रसाद न्यौपाने , सावित्री केसी, कमला ग्लान रहेका छन् । 

नेपाली काँग्रेस रसुवाका पूर्व सभापति एबम् सगठन बिभाग प्रमुख जनक जीवन उपाध्ययको प्रमुख अतिथ्यतामा तथा नेपाल किसान महासघंका केन्द्रीय सदस्य तथा रसुवा प्रतिनिधि विजय भण्डारीकाे अतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको थियो ।


रक्तदाता समाज रसुवामा गजुरेल

Wednesday, February 19, 2025 0 Comments

रसुवा, नेपाल स्वयंसेवी रक्तदाता समाज, रसुवाकाे दास्राे जिल्ला अधिबेशन कालिकास्थानमा सम्पन्न भयाे । अधिबेशनले रामशरण गजुरेल निशान काे अध्यक्षतामा १३ सदस्य रहेकाे समिति गठन भयाे । 

समितिकाे उपाध्यक्ष तारा कार्की, सचिव हेमनाथ खतिवडा, कोषाध्यक्ष सुमित्रा सापकोटा, सदस्य सविना घिमिरे, प्रेम प्रसाद पौडेल, रामप्रसाद ढकाल, गोविन्द प्रसाद घिमिरे, उमेश डंगोल, बिराज तामाङ, हरि प्रसाद देवकोटा, भरत प्रसाद न्यौपाने र लालबहादुर आचार्य रहेका छन् । 

जिल्ला अध्यक्ष प्रमिला लामाकाे अध्यक्षतामा भएकाे अधिबेशनमा केन्द्रीय अध्यक्ष तथा सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेम सागर कर्माचार्य, स्थानीय तहका जनप्रतिनिधिहरू समेत सहभागी  थिए । नयाँ नेतृत्वलाइ  केन्द्रीय अध्यक्ष कर्माचार्यले खादा लगाएर  शुभकामना दिएका थिए । 



वनमा डँढेलो नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने

Monday, February 10, 2025 0 Comments

रसुवा, सामुदायिक वन डँढेलो नियन्त्रणका लागि समुदायको महत्वपूर्ण भूमिका हुने जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामालगायतका सरोकारवालाहरूले बताएका छन् । 


डिभिजन वन कार्यालयको आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनाको सहकार्यमा भएको अन्तक्रियामा जिल्ला समन्वय समितिका उपप्रमुख विजय लामाले साुदायिक वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले गम्भीर सवै सरोकारवालाहरू भएर लाग्नुपर्ने बताए । 


आमाछोदिङमो गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले वडा नं ३ को ज्यार्सा गोठेन र बोङजोमाने सामुदायिक वनको क्षेत्रमा २०६५ सालतिर ठुलो डँढेलो लाग्दा झण्डै ६ सय हेक्टरमा जलेर नष्ट भएको बताए । उनले भनिन् ’मेरो मन र वन दुवै जलेको जस्तो भयो लामो समयहुँदा पनि वन हरियाली बनाउन सकिएन ।‘ आगलागीले ध्वस्त भएको उक्त वन क्षेत्रमा अझै पनि बोटबिरुवाहरु हुर्किन नसकेर पुरै कालो र नाङ्गो अवस्थामा रहेको छ । 


उक्त वन क्षेत्र पुनःस्थापनाको लागि डिभिजन वन कार्यालय रसुवाले पटक पटक प्रयास गर्दा पनि सफल हुन नसकेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङले बताउनुभयो । स्थानीयले चरिचरण्को रुपमा प्रयोग गर्न नछाडेसम्म पुनस्थापना गर्न कठिन हुने देखिन्छ । 

डिभिजन वन कार्यालयका प्रमुख शम्भु तामाङले वन डँढेलो नियन्त्रणका लागि समुह, वडा, गाउँपालिका तथा सवै सरोकारवालाहरुको हातेमालो गर्नु पर्ने बताए । अनियन्त्रित रुपमा लाग्ने डँढेलोले आमाछोदिङ गाउँपालिका ३ मा रहेको सामुदायिक वनमा ठूलो क्षति भएको, गोसाइकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जले डोनबाट वन डँढेलो तथा वन्य जन्तुको अनुगमन गर्ने योजना बनाएको सरोकरवालाहरुले बताए । 


डढेलोले नष्ट गरेको सो वन क्षेत्र अवलोकनको लागि बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल गाउँमै पुगेपछि उक्त क्षेत्रका स्थानीय जनता, जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरुले समेत वन पुनःस्थापनाका लागि माग पत्र पेश गरेका छन् ।


खुला छलफलमा सहभागीहरूले सामुदायिक वनमा डँढेलाे लगाउने ब्यक्ति पत्ता लगाएर कानूनी कारवाहीकाे दायरामा ल्याउनु पर्ने बताए ।  राष्ट्रिय प्रकृति संरक्षण कोषका सुनिल सापकोटा, गोसाइकुण्ड गाउँपालिका १ का वडा अध्यक्ष उर्केन छिरिङ तामाङ, उत्तरगया गाउँपालिका स्वास्थ्य तथा विपद शाखा प्रमुख बलराम न्यौपाने, गोसाइकुण्ड गाउँपालिका विपद शाखा प्रमुख कृष्ण बिकलगायतले गाउँ तहमा छलफल, सडक नाटक, बृत्तचित्र प्रर्दशनलगायत सचेतना मुलक कार्यक्रम गरे वन डँढेलो नियन्त्रण तथा व्यवस्थापन गर्न सघाउ पुग्ने बताएका थिए । 






मोटरसाकल दुर्घटनामा लामिछानेको मृत्यु

Monday, February 10, 2025 0 Comments

रसुवा, नुवाकोटको लिखु गाउँपालिका–५ अमिलबोटे स्थित टाेखा-छहरे-त्रिशूली सडकमा इभी गाडी र मोटरसाकल ठक्कर खाँदा मोटरसाइकलमा पछाडि बस्ने युवकको मृत्यू भएकाे छ भने मोटरसाइकल चालक घाइते भएका छन्।

बा प्र०६००१ ज ०४३९ नम्बरको गाडी र बागमती प्रदेश ०२–०२३ प २४६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रसुवा उत्तरगया गाउँपालिका–५ का ३८ वर्षीय पुरूषोत्तम लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चिरायु नेसनल अस्पताल बसुन्धारा काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

घटनाकाे जिम्मेवारी नलिइ टिमुरे यातायात समितिका अध्यक्षले आलटाल गरिदिदा लासलाई हस्पिटलको बेडमा छाडेर हिड्नु परेकाे र पीडित परिवारलाई उचित क्षतिपूर्ती र घाइतेको उपचार सुनिश्चित गराउन नभएकाे उत्तरगया -५ का बासुदेव लामिछाने बताए । समयमा पीडितलाइ न्याय प्राप्तिका लागि पहल लिन अनुराेध गर्दै ५ बुँदे माग राखेकाे र माग पुरा नगरी अन्यथा भएमा रसुवा नुवाकाेट सिमाना बेत्रावती पुलबाट कुनैपनि किसिमका यातायातका साधन अबरूद्ध गराउने कुरा मृतकका लामिछानेले  एक पत्र मार्फत जानकारी दिएका छन् । 

उत्तरगया गाउँपालिका-५ काे भवन निर्माण सुरू

Sunday, February 09, 2025 0 Comments


रसुवा,  उत्तरगया गाउँपालिका ५ नं वडा कार्यालयको निर्माण हुन लागेको  कार्यालय भवन सुरू भएकाे छ  ।

गाउँपालिका अध्यक्ष श्री माधव प्रसाद अर्याल, प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहाल, ५ नं वडाका अध्यक्ष यमनाथ आचार्यलगायत गाउँपालिका विषयगत शाखा प्रमुखहरू लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थितिमा विधिवत पुजापाठ गरी विधिवत रुपमा शिलान्यास भयाे । 

भवन बनेपछि सेवा प्रबाहमा सहज हुने देखिन्छ । 

रसुवामा ४ हजार परिवारको मात्र घर परिसर खानेपानीको धारा

Sunday, February 09, 2025 0 Comments

रसुवा, राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार रसुवामा ४ हजार परिवारको घर परिसर खानेपानीको धारा रहेकाे छ । 

राष्ट्रिय जनगणना २०७८ काे तथ्यांक अनुसार रसुवामा ४ हजार १ सय ३५ परिवारको घर परिसर भित्र धारा रहेको छ, घर परिसर वाहिर धारा रहेका ६ हजार ३ सय परिवार, ७८ परिवारले खुला ईनार, १० परिवारले ढाकेको ईनार, ५ सय ३७ परिवारले मुल धारा, ६४ परिवारले खोलाको पानीलाई पिउन र खाना पकाउन प्रयोग गरेको पाईएकाे जनाएकाे छ ।  जिल्लाभर  ११ हजार १ सय ४० घरधुरी रहेकाे छ ।

रसुवामा अपाङ्गता भएका व्यक्तिको संख्या १ हजार २ सय

Sunday, February 09, 2025 0 Comments


रसुवा, जिल्लामा अपाङ्गता भएका व्यक्तिको संख्या १ हजार २ सय ९३ जना रहेको छ । 

राष्ट्रिय तथ्याङ्ग कार्यालय, राष्ट्रिय जनगणना २०७८ अनुसार १ हजार २ सय ९३ जना अपाङ्गता भएका व्यक्तिहरू मध्ये पुरुष ७ सय १८ र महिला ५ सय ७५ जना छन् । 

रसुवामा ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता

Sunday, February 09, 2025 0 Comments


रसुवा, राष्ट्रिय जनगणना २०७८ अनुसार ८७ प्रतिशत बालबालिकाको जन्मदर्ता हुने गरेकाे छ । 

जिल्लाको जनगणनामा कुल ४ हजार ८ सय ५३ जना बालबालिका मध्ये ४ हजार २५८ जना ८७.७ प्रतिशतले जन्मदर्ता गरेका छन् भने ५९५ जना १२.३ प्रतिशतले जन्मदर्ता गरेका छैनन् ।  जिल्लाकाे कुल जनसंख्या ४६ हजार ६ सय ८९ हो ।  नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालको साक्षरता दर ७६।३ प्रतिशत पुगेको हो ।


 

गठबन्धन सरकार ढल्दैन : पुर्व उपप्रम इश्वर पोखरेल

Saturday, February 08, 2025 0 Comments

रसुवा, नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान मन्त्री इश्वर पोखरेलले वर्तमान सरकार राष्ट्रिय समस्या समाधान गर्न इमान्दारीका साथ लागिरहेको बताए । 

शनिबार रसुवाको कालिकास्थामा एमाले रसुवाको आयोजनामा भएको तीनमहिने जरा केन्द्रित अभियानको अभिमुखीकरण शुभारम्भ गर्दै बरिष्ठ उपाध्यक्ष पोखरेलले विगतमा बिभिन्न आन्दोनमा सहकार्य हुने गरेको नेपाली कांग्रेससँग बलियो सहकार्य रहेकाले सरकार ढल्ने कुनै सम्भावना नरहेकाे बताए । 

प्रमुख अतिथि पाेखरेलले टोल र बस्तीमा पुगेर जनताको बीचमा पार्टी र बर्गिय संगठन सुदृढ गर्न आग्रह गरे । बिभिन्न आन्दोलनहरूमा सहकार्य हुने गरेको स्मरण गर्दै नेपाली काँग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुवै हुने बताए । उनले भने सरकारमा रहेका दलहरुमा बेइमानी नहुने उनले बताउदै ०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने र त्यसतर्फ लाग्न जनतामा जानका लागि पार्टीले जरा अभियान थालेको उनले बताए ।


नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तथा बाग्मती प्रदेश इ्न्चार्ज डा. राजन भट्टराईले जनतामा आधारित टोलटोलमा मजवुत सङ्गठनले मात्र सफलता मिल्ने बताए । जिल्ला उपाध्यक्ष कैसाङनुर्पु तामाङद्धारा स्वागत गरिएकाे कार्यक्रममा पार्टी केन्द्रीय सदस्य प्रेम तामाङ, जिल्ला अध्यक्ष जनार्दन ढकाललगायतका बक्ताले आफ्नो धारणा राखेका थिए ।  

साे अवसरमा कार्यक्रम तथा याेजना तयार गरी वडा र टाेलमा भेला तथा जनतासँग भेटघाट तथा संगठन  संगठन सुदृढ गर्ने पार्टी सचिव पेम्पा लामाले बताए ।




अनलाइन नागरिकता सिफारिस सम्बन्धि अन्तरक्रिया

Friday, February 07, 2025 0 Comments

रसुवा, गोसाईकुण्ड गाउँपालिकाद्वारा आयोजित केन्द्रlकृत नागरिकता व्यवस्थापन प्रणाली संचालन सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भयाे । 

जिल्ला प्रशासन कार्यालय धुन्चेमा  भएको  उक्त कार्यक्रममा वडा अध्यक्ष , सम्बन्धित वडाका वडा सचिव र वडा सदस्यज्यूहरुसंग अनलाइन नागरिकता सिफारिस सम्बन्धि अन्तरक्रिया र छलफल भएको  जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएकाे छ । न

फागुन ७ गते कालिकास्थानमा खुला रक्तदान हुने

Friday, February 07, 2025 0 Comments

 


रसुवा, नेपाल स्वयंसेवी रक्तदाता समाज र कालिका हिमालय एसएलसी २०५६ ब्याचकाे आयोजनामा पाँचौं खुल्ला रक्तदान आयोजना हुने भएको छ । 

दुवै संस्थाले असोज ३ र फागुन ७ गते नियमित रुपमा रक्तदाता कार्यक्म आयोजना गर्दै आएका छन् । बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम सुरू हुने भएकाेले सवैलाइ रक्तदानका लागि अनुराेध गरिएकाे छ । 

रगत अभावले मानिसकाे उपचार सहज बनाउन तथा जीवन बचाउन रसुवामा २ वटा संस्थाले पाँचाै पटक रक्तदान आयोजना गरिएकाे र सबैलाइ सहभागी हुन अनुराेध गरेकाे कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालले बताए । 

३ किलो सुन तस्करी प्रकरण : १९ करोडको मुद्दा, १० लाखमा रिहा

Friday, February 07, 2025 0 Comments

चीनको केरुङ नाकाबाट तस्करी भएर आएको तीन किलो सुन प्रकरणमा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन् ।

सुन तस्करीबारे अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा पाँच जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । ६ माघमा विभागले रसुवाका रामकृष्ण वाइबा, रसुवाकै गोसाइकुण्ड–१, थुमनका ३१ वर्षीय बुद्धिबहादुर तामाङ, सुनिल तामाङ, नीमा डिण्डुप तामाङ र कमल घलेविरुद्ध मुद्दा दायर गरेको थियो ।

उनीहरुलाई जनही ३ करोड ८० लाख ९१ हजार रुपैयाँ बिगो र सोही बराबरको जरिवाना समेत मागदाबी गर्दै राजश्व चुहावट ९नियन्त्रण तथा अनुसन्धान० ऐन, २०५२ को दफा ३ को कसुर गरेको भन्दै मुद्दा दायर गरिएको थियो ।

पाँच जनाविरुद्ध कुल १९ करोड ४ लाख ५५ हजार बिगो र सोही बराबरको जरिवना मागदाबी गरिएको थियो । पक्राउ परेकाहरु सबैलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । ७ माघमा उच्च अदालत न्यायाधीशद्वय लेखनाथ पौडेल र कृष्णराम कोइरालाको इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

जसमा सबैभन्दा बढी बुद्धिबहादुरसँग १० लाख धरौटी माग गरिएको थियो । बाँकीसँग डेढ–दुई लाख रुपैयाँ धरौटी माग भएको थियो । प्रतिवादी सबै धरौटी बुझाएर रिहा भइसकेको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

ना २ ख ३५९७ नम्बरको गाडीमा फल्स बटम बनाएर यो समूहले गत २४ साउनमा चीनको केरुङ नाकाबाट रसुवा हुँदै ३ किलो सुन तस्करी गरेको थियो । 


सुन गायब भएपछि चालक रामकृष्ण वाइबालाई समेत अपहरण गरेर बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाइएको समेत खुलेको थियो ।

घटनाको पाँच महिनापछि मंसिरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन तस्करी तथा अपहरणको कसुरमा पाँच जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई अनुसन्धानका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो ।

परिसरबाट उनीहरुमाथि अपहरण तथा शरीर बन्धकको कसुरमा मुद्दा चलेको थियो । उक्त मुद्दामा धरौटी माग भएपछि उनीहरुलाई सुन तस्करीबारे अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागमा पठाइएको थियो ।

केरुङ नाकाबाट आएको भनिएको उक्त सुन धादिङको खानिखोला आएपछि हतियारधारी समूहले लुटेको बताइएको छ । उक्त कसले लुट्यो र कहाँ पुर्‍यो भन्नेबारे अहिलेसम्म अज्ञात नै छ । यता सुन लुटिएर अपहरण गरेर बन्धक बनाइएका चालक वाइबाले २० लाख रुपैयाँको चेक काटेपछि मात्रै उनी अपहरण मुक्त भएका थिए ।

उनै वाइबाले अपहरणबारे प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान गर्दा अपहरणको कारण सुनसँग जोडिएको खुलेको थियो ।

-अनलाइन खबरबाट

शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्रलाइ अस्तब्यस्त हुन नदिने : शिक्षा मन्त्री भट्टराइ

Monday, February 03, 2025 0 Comments

रसुवा, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरुलाइ अन्यौलमा नरहन अनुरोध गर्दै अबको अबिधेशनमा शिक्षा बिधेयक ल्याएर शिक्षा क्षेत्र अस्तब्यस्त रहन नदिने बताउनुभयाे । गौतमबुद्ध माविको ४८ औ वार्षिक उत्सव तथा अभिभावक भेला उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री भट्टराइले साे कुरा बताउनु भएकाे हाे । 

उहाँले सरकारले चाँढै दरबन्दी पुनरावलोकन गरी निबृत्तिभरण कोष बनाउन लागेको बताउनुभयाे । उहाँले  सरकारले हिमाली छात्रावासको अवधारणा पनि ल्याएको जानकारी दिनुभयाे । अब शिक्षकहरु याेगदानमा आधारित सुरक्षा कोषमा समावेश हुने बताउनुभयाे । 

बिशेष अतिथि संबिधान सभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष जनार्दन ढकालले आजको युग अनुसारको शिक्षाका विकासको लागि जोड्दिनुपर्ने बताउँदै स्मार्ट स्कुल आवश्यकता रहेको बताउदै स्वर्गीय नेता रबिन्द्र अधिकारी योगदान स्मरण गर्दै जिल्लाको विकासका लागि विगतमा आफुले पहल लिए अनुरुप विकासका कामहरु अहिले भैरहेको र पछि परेका क्षेत्रहरुको विकास गर्ने बताउनुभयो । 


जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेले विकास क्षेत्रमा पछि परेको नौकुण्ड गाउँपालिका अघि बढेको बताउदै स्थानीयको माग अनुसार एसइइ सेन्टर सिफारिस भएको बताउनुभयो । 

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पसाङबो घलेले पहिलो पटक संघीय सरकारका मन्त्री नौकुण्डमा आउनु भएकोमा खुसी लागेकाे बताउनुभयो । उहाँले विद्यालयमा शिक्षक दरबन्दी सिर्जना गर्न अनुरोध गर्दै २९ वटा विद्यालय रहेकाे यस पालिकामा एसइइ परीक्षा सेन्टर माग गरे । 

पुर्व जिल्ला समन्वय समिति प्रमुख कुलप्रसाद भट्टलगायतका बक्ताले शुभकामना दिनुभएको थियो । सो अवसरमा विद्यालय पुर्व व्यवस्थान समिति अध्यक्षहरू तथा पुर्व प्रधानाध्यापकहरुलाइ दाेलल्ला र सम्मान-पत्र प्रदान गरी सम्मान गरिएको थियो । साे अवसरमा विद्यार्थीहरुले रोचक नृत्य तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीयले लामा, झाँक्री, स्याब्रु नाच प्रस्तुत समेत गरेका थिए । 

साे अवसरमा  जिल्लाका शिक्षक, बुद्दिजिवी, जनप्रतिनिधिहरू, कर्मचारी, पत्रकार, शिक्षा सेवी सहभागी थिए ।