रसुवा, राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययाेजना पुनरावलाेकन बारे रसुवामा जिल्ला स्तरिय छलफल धुन्चेमा शुक्रबार सम्पन्न भयाे ।
जैविक विविधता रणनीति तथा कार्ययाेजना (२०१४-२०२०) काे पुनरावलाेकनकाे लागि जिल्ला तहका सराेकारवालाहरूकाे सुझाव संकलन गर्ने उद्देश्यले आयोजना भएको थियाे ।
डिभिजन वन कार्यालयका डिभजनल वन अधिकृत शम्भु तामाङकाे अध्यक्षतामा भएककाे जिल्ला स्तरिय छलफलमा सहजकर्ता विष्णु नेपालीले जैविक विविधता महासन्धिमा नेपालले १९९३ नेभेम्बर २३ मा अनुमाेदन गरेकाे बताउदै सहजिरण गरेका थिए । प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख विजय लामा, कप्सनका केन्द्रीय अध्यक्ष बिना श्रेष्ठले मन्तब्य दिएका थिए ।
सहभागीहरूले समूहकार्य तथा प्रस्तुती गरेका थिए । अधिकार समूहबाट सुनमाया तामाङ,संरक्षण तथा मुल प्रवाहिकरण समूहका दिपेन्द्र पेखरेलले समुहका तर्फबाट प्रस्तुती गरेका थिए । सामुदायिक वन उपभाेक्ता महासंङ, मध्यवर्ती सामुदायिक वन, जनजाति महासंघ, दलित, अपाङ्ता भएकालगायत क्षेत्रका सहभागीहरूले जैविक विविधता रणनीति तथा कार्ययाेजनामा समेट्नु पर्ने कुरामा सुझाव दिएका थिए । छलफलमा २६ जना सहभागी थिए ।
No comments:
Post a Comment