रसुवा, उत्तरगया गाउँपालिका- ४ मनिगाउँमा भूमि शिबिर सम्पन्न भयो । कार्यक्रममा जिल्ला भूमि अधिकार मञ्चका पदाधिकारी तथा गाउँमञ्चका सदस्यहरू गरी ४१ जनाको सहभागिता रहेको थियो ।
शिबिरमा बिर्ता तथा भूमिका सवालहरू, सदस्यता र जनसंगठन परिचालन बारे छलफल भयाे । जिल्ला मञ्चद्वारा भैरहेको गतिविधि तथा प्रयास बारे जानकारी गराउदै बिर्ता अभियान तथा र भूमिहीनहरूलाइ जग्गा व्यवस्थापन प्रकिया तथा कानुनी व्यवस्था, छुट जग्गा निवेदन पेसलगायतको सवालमा अभिमुखिकरण भयो । साथै गाउँ मञ्चको अभियान र संगठनको अवस्थाको समेत समीक्षा भयो ।
निरन्तर संगठनमा छलफल, नविकरण, कोष संकलन र अभियानमा सहभागीता जनाइरहेका सदस्यहरूले अझै सक्रिय रुपमा अभियानमा लाग्ने बताएका छन् । शिविरमा सहभागी सबै सदस्यहरुले घरघरबाट चामल, तरकारी, नुन, तेल संकलन गरी सामूहिक रूपम खाजा, खाना व्यवस्थापन गरेकाे जिल्ला भूमिअधिकार मञ्च रसुवाका अभियानकर्ता कल्पना आचार्यले बताए ।
No comments:
Post a Comment