हेमनाथ खतिवडा
धेरै पटक हाकु आवतजावत गरियो। यसपटक पृथक योजनाका साथ हामी चारजना हाकु पुग्यौ। क्यानाडाको थम्सन रिभर युनिभर्सिटी बाट आएका तीन सदस्यीय टोलीले भुकम्पपछी हाकुका बिस्थापितहरुको अवस्था बारे अनुसन्धान गर्दै थियो। टिममा दक्षिण भारतका डा.बाला क्यानाडाका प्रोफेसर जेफ मोर र बाताबरणविद सिजल पोख्रेल थिए।
उबेला सदियौ पहिले तिब्बत बाट आएर बस्ती बसालेको भन्ने भनाइ छ हाकुमा पुस्तौ पुस्तादेखी हाकुमा बस्ती बसाले पनि त्यस्को किटानिका साथ बताउने निर्धारीत समय देखिदैन। त्यहाका नाङ्गा भिराला समथर पारेर घर बनाउने खनजोत गरेर खेती गर्न थालेको बृद्धबृद्दा सुनाउछन।
सुरुमा ठूलो हाकुमा जम्मा ५/६ घर बसोबास थियो। जनसंख्या बढ्दै गएपछी सानो हाकु, हाकु बेसि लगायत ठाउमा पनि बाडिएर बस्न थालेका हुन। ९२ बर्ष पहिले हाकु गाबिसको २ देखि ७ वडा सम्मको गर्दा जम्मा २५ वटा मात्र घर थिए।
बस्ती बसिसकेपछी काठमाडौ स्वयम्भूका लामाहरु त्यहा पुगे। गाउको मुखियाहरु सङ्ग पुगेर त्यहाको जमिन स्वयम्भू पुरानो घ्याङ गुठिको नाममा दर्ता गरिएको सुइको पाइएको थियो। गुठिमा राखेर पुजापाठ चलाउन मद्दत हुने र धर्म हुने भनेकाले उनिहरुले पनि यसमा कठिनाइ महसुस गरेनन। कालन्तरमा जतिबेला बिकास सङ्गै स्वामित्वको कुरा आयो।
त्यसपछी हाकुबासी अप्ठेरोमा परे। २०३४/३५ सालमा जग्गा नापी भयो। उत्पादन गर्ने र त्यसमा कुत उठाइ काठमाडौको लामाहरुलाइ पठाउने गरेको र यो प्रथा २०४६ साल सलम्म कायम रहेको भनाइ बुढापाकाको थियो। हाकुका किसानले कुतका रुपमा लामा तथा तात्कालिन समयको मुखियालाइ धान, चामल, केरा तथा अन्य फलफुल मासु लगायत नगद पैसा पनि बुझाउनुपर्थ्यो।
ती बाहेक बार्सिक घ्याङ गुठिलाइ १ घरी केरा रक्सी ९ मुरि धान अन्न बुझाउनुपर्थ्यो। गुठिमा लगेर कुत बुझ्ने लामाहरु छेजुकुस्सो लामा,अस्टबहादुर र कर्साङ लामा थिए। पुस्तौ पुस्ता अघि देखि बसोबास रहेको अनुमान रहे पनि यसको कुनै तोकेर किटानिका साथ बताउने समय देखिदैन। रसुवाको यश हाकुमा सतप्रतिसत बिशुद्द तामाङ जाती बस्छन। समग्र भुगोल भिरालो छ। प्राय एकै ठाउमा झुरुप्प परेको तामाङ बस्ती छ।
ठूलो हाकुमा प्राय घर एकआपसमा जोडिएर बनेकाले भुकम्पको समयमा एक घरमा आगलागिली हुदा धेरै घरले क्षति बेहोर्नुपरेको सुनाउछन स्थानिय अधिकाङ्स मानिस बौद्ध धर्मप्रती आस्था राख्ने भएकोले तामाङ जातिको विशिष्ट साङ्स्कृतीक चिनारी, स्थानिय जिवनशैली, र तामाङ कला, सङ्स्कृती, भेषभुषाको धरोहरको रुपमा चिनिन्छ हाकु धामी झाक्री नाच, सेब्रु नाच, मेलापर्व मौलिक तामाङ पोसाकलाइ प्राचीन कालदेखी नै आज सम्म निरन्तरता दिदै आएको छ।
कृषिजन्य उत्पादन आलु, सिमि, फापर, कोदो, मकै जस्ता परम्परागत खेती प्रणाली अङ्गालेको कारण आर्थिक जिवनम परिबर्तन ल्याउन सकेको छैन। केहिले काउली, बन्दा, मुला, टमाटर, जस्ता तरकारी खेती सुरु गरेका छन। तर बजार छैन। हाकुको कुल क्षेत्रफल ५०.४९ बर्ग किमी छ। करिब ७.८४ प्रतिशत जमिन मात्र खेतीयोग्य छन।
अन्य जमिनमा १.४४ वर्ग किमि झाडि क्षेत्र ३४.२६ वर्ग किमि सामुदायिक बनले ढाकेको छ भने ५.७४ वर्ग किमि घासे मैदान ०.८६ किमि खेर गएको जमिन र ०.३५ वर्ग किमि जमिन पानीको भागले ओगटेको छ। बुढापाका तथा इतिहास जान्नेहरुको भनाइमा यश ठाउको ऐतिहासिकता रोमान्चक छ।
No comments:
Post a Comment