रसुवा, सामुदायिक वन उपभोक्ता महासंघ रसुवाले स्थानीय महासंघ बैठक तथा संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गोसाइकुण्ड गाउँपालकामा स्थायीय महासंघका भएको कार्यक्रममा जिल्ला महासंघका अध्यक्ष हेमनाथ खतिवडा, कोषाध्यक्ष न्हिमाटासी तामाङले सामुदायिक वन उपभोक्ता समुहले बिधान र कार्ययोजना अनुरुप लेखा परिक्षण वार्षिक साधारण सभा, प्यान र आयव्याय सार्वजनिक गर्ने तथा नियमित बैठक गरी नियमानुसार सञ्चालन हुनुपर्नेमा जोड्दिए ।
महासंघ तथा डिभिजन वन कार्यालयसँग समन्वय गरेर समुहलाइ गतिशील बनाउनु पर्ने र सीप तथा क्षमता अभिबृद्धि, बृक्षरोपण तथा संरक्षणको काममा सहयोग गर्नुपर्ने सहभागीहरूले बताए ।
कार्यक्रममा सहभागी पासाङ तामाङले रसुवागढी जलविद्युत आयोजनाले तार ताने वापतको संझौता अनुसारको रकम भुक्तानी नगरेको बताए ।
स्थानीय दावायाङजेन तामाङले धेरैजसो समुहको वन कार्यालयोजना पुनरावलोकन गर्न नसकेकोको बताइन् । उनले समूहको आम्दानी नहुने र डिभिजन वन कार्यालयको कार्ययोजनामा नपरेको कारण यहाँका उपभाेक्ता समुहहरु पछि परेको बताइन् ।
“वनको दिगो व्यवस्थापनको लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त सङ्गठन समृद्धिको आधार” भन्ने नाराका साथ सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सहयोगमा स्थानीय महासंघ बैठक तथा संगठन सुदृढीकरण कार्यक्रम रसुवाको ५ वटै गाउँपालिकामा रहेकाे स्थानीय महासंघमा सम्पन्न भएको जिल्ला महासंघले जनाएकाे छ ।
No comments:
Post a Comment