रसुवा, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्यसुदृढीकरणको लागि सचेतना मूलक अभिमुखीकरण कार्यक्रम मंसिर २३ गते नाैकुण्ड गाउँपालिकामा सम्पन्न भयाे ।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अन्य राष्ट्रिय सरोकारवालाहरूसँगको सहकार्यमा हरित जलवायु कोषको सहायतामा गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना क्षेत्रमा संकटासन्न समुदाय तथा पारिस्थतिकीय प्रणालीको जलवायु उत्थानशीलता सुधार ल्याउने, जलवायुजन्य विपद्, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य, प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशिलता, जलवायु कोडिङलगायतका विषयहरूमा स्थानीय सरकार र नागरिक समाजका प्रतिनिधिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे गैसस महासंघ रसुवाका काेषाध्यक्ष गायत्री लामिछाने रिमालले बताइन् ।
सहभागीहरू सामुदायिक वन उपभाेक्ता महासंघ नाैकुण्ड स्थानीय महासंघका शारदा गुरूङले जलवायु परिवर्तनले अहिले नै पानीकाे मूल सुक्दै गएकाेले पानीकाे समस्या देखा गर्न थालेकाे बताइन् । गाउँ कार्यपालिका सदस्य सुमिना नेपालीले जलवायु परिवर्तन बारे धेरै नयाँ कुरा थाहा भएकाे बताइन् ।
गाउँपालिका उपाध्यक्षा चन्द्रबहादुर तामाङले थाहा नपाउने गरी वातावरणमा असर परेकाे छ । यस्ताे समस्या र असर कम गर्ने गरी बजेट ल्याउन हाम्राे ध्यान जानुपर्ने बताए । उनले कार्यक्रम ल्याएकाेमा गैसस महासंघलाइ
नाैकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङबाे घलेलगायत सहभागीले कार्यक्रममा धारणा राख्दै जलवायु परिवर्तन अहिलेकाे निकै जल्दाेबल्दाे विषय भएकाेले सबैले सचेत हुनुपर्ने बताए । अध्यक्ष घलेले समयमा हिउँ तथा पानी नपर्ने जस्ताे समस्या देखा परेकाे वातावरण संरक्षण र वनमा हुने डँढेलाे नियन्त्रण गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ पालिका, जनजाति, विपद ब्यवस्थापन काेष, मध्यवर्ती तथा सामुदायिक वन समुहकाे प्रतिनिधित्व रहेकाे थियाे ।
जलवायु परिवर्तनकाे कारण, प्रभाव र असर, नेपालले गरेका प्रयास , क्षेत्रगत रुपमा अनुकूलनका उपायहरू, जलवायु सम्बन्धि कोडिङ्ग विधि, स्थानीय तहमा जलवायु परिवर्तनको मुद्दा, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन,सामाजिक समावेशीकरणलगायत विषयमा गैसस महासंघ नेपाल जिल्ला शाखा, रसुवाकाे आयोजनामा भएको कार्यक्रममा सहजकर्ता हेमनाथ खतिवडा र गायत्री लामिछाने रिमालले सहजिकरण गरेका थिए ।
No comments:
Post a Comment