यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

सन्दर्भ संविधान दिवस : रसुवामा सत्तरी जनाले गरे रक्तदान



रसुवा, संविधान दिवस ०८१ काे अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा शाखा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको संयुक्त आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरे । 

कालिका हिमालय एसएलसी २०५६ ब्याचका अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि कालिका गाउँपलिका उपाध्यक्ष मिरा तामाङ, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय काेषाध्यक्ष तथा रसुवा जिल्ला अध्यक्ष प्रमिला लामा, कालिका शाखाका अध्यक्ष तारा कार्कीलगायत सहभागी थिए । 

प्रमुख अतिथि तामाङले ब्लड ब्याग हस्तान्तरण तथा कार्यक्रम सञ्चालक नेपाल स्वयंसेवी रक्तदाता समाजका सचिव हेमनाथ खतिवडाले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यकाे रचना रसुवा कविता वाचन गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।  कार्यक्रममा ७० पिन्ट रगत संकलन गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । कार्यक्रममा ७० जनले रक्तदान गरेका थिए । रगतकाे अभाव हुन नदिन दुवै संस्थाले संविधान दिवस असाेज ३ र प्रजातन्त्र दिवस फागुन ७ गते नियमित रक्तदान गर्ने जनाएकाे छ । 




कविता “रसुवा”

उत्प्रेरणा कार्यक्रम पश्चात् उत्साहित रसुवा !
स्वयंसेवी रक्तदाताहरूको उर्वरभूमि रसुवा !
रगतको मर्म बुझ्दै नित्य रक्तदान गर्ने रसुवा !
हिमाली भेगमा रक्तदान अब्बल गर्ने रसुवा !
रक्तदान कार्य मार्फत पुनर्जीवन दिने रसुवा !
जीवनकाे पर्याय रगत,रक्तदान बुझ्ने रसुवा !
रक्तदानलाई नै सदासर्वदा धर्म ठान्ने रसुवा !
रक्तदान गर्दै मानव सेवा गर्ने यहि हो रसुवा !
स्वयंसेवी रक्तदाताबाट रगत पूर्ति गर्ने रसुवा !


No comments:

Post a Comment