कार्यक्रम कालिका गाउँपालिका उपाध्यक्ष मिरा लामा, वडा अध्यक्ष उमेश न्यौपाने सहकारी सञ्चालक समिति, सेयरधनीहरू, कर्मचारीलगायत स्थानीयकाे सहभागी थिए ।
सहकारीले सञ्चालन गरेकाे सदस्य सुरक्षण कार्यक्रम बारे जानकारी तथा तीज बिशेष साँस्कृतिक गीत तथा नृत्य र दरखाने कार्यक्रम सम्पन्न भएकाे थियाे ।
तीज नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन्।
यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ुचिताएको कुरा पुगोस्ु भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।
No comments:
Post a Comment