यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

पार्वतीकुण्ड जाने सडक खुल्यो


रसुवा, जनैपूर्णिमाका दिन आमाछोदिङमो गाउँपालिका–३ को पार्वर्तीकुण्डमा लाग्ने मेलालाइ लक्ष्य गर्दै स्थानीय सरकारले अवरुद्ध सडक खुलाएको छ ।   

वर्षातको कारण गएको पहिरोले ३ सातादेखि ठाउँठाउँमा अवरुद्ध सडक मर्मत थालेको आमाछोदिङमो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले बताए । 

‘पार्वतीकुण्ड मेला तथा गाउँपालिकाको भित्रको सडक सुचारु गर्न गाउँपालिकाले स्क्याभेटर प्रयोग गरेर रोङ्गा थाम्बुचेत सडक सुचारु गरेका छौं ।’ अधिकृत दुलालले भने ।  स्थानीयकाे अनुराेधमा स्थानीय सरकारले समन्वय गरेर सडक सुचारू गरेकाे हाे । 

मेलाको समयमा बिभिन्न स्थानबाट आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । वर्षातको पहिरोले रोङ्गा–केरावारी, रोङ्गा थाम्बुचेत र तातोपानी सडक अवरुद्ध पारेको थियो । सडक सुलेपछि गाउँबाट सिधै काठमाडौं तथा स्थानीय सवारी चल्ने भएपछि पार्वतीकुण्ड मेलामा आउने यात्रीहरुलाइ सहज हुने स्थानीय बताउछन् । 

थाम्बुचेतबाट गत्लाङहुँदै पार्वतीकुण्ड जाने र थाम्बुचेतबाट गोल्जुङ–चौहत्तरहुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ । यी दुवै मार्ग वर्षातको पहिरोले मर्मत गरेर सुचारु गर्न लागेको गाउँपालिकाले जनाएको छ । 

जनैपूर्णिमा मेलाको समयमा बिभिन्न गाउँबाट लामा, झाँक्री तथा भक्तजनहरु पार्वतीकुण्ड मेलाका लागि आउने गर्दछन् । 

समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाईमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्थात पार्वतीकुण्डमा विगतका वर्ष जस्तै जनैपूर्णिमाको अवसरमा पन यस वर्ष जनैपूणिर्मा मेला लाग्ने गर्दछ । 

आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्डमा  जनैपूणिर्माको दिन प्रकृतिको पुजा गर्ने र धामीझाक्रिहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पुजा गर्ने गरिन्छ । 

पार्वतीकुण्डको सम्बन्ध भारतको हिमालचलको बुद्वागयको छोपेमाकु्ण्डसँग र गोसाइँकुण्डसँग धार्मिक सम्बन्धसँग जोडिएको जनबिश्वास रहेको छ । यदि भारतको बुद्वागयको छोपेमा कु्ण्डको दर्शन गर्न नसकेमा पार्बती कुण्डको दर्शन गरे आफ्नो मनोकँक्षा पूरा हुने किम्वधन्ती छ भने गोसाइँकुण्डको दर्शन गरे पश्चात अनिवार्य पार्बतीकुण्डको दर्शन गरेमा मनका ईच्छा पूरा हुने जनबिश्वास रहेको स्थानीय समाजसेवी फुर्पुसिङ्गी तामाङले बताए ।

यस क्षेत्रबाट साञ्जेन खर्क, जागेश्वर कुण्ड, साञ्जेन हिमाल, गणेश हिमाल, सोमदाङलागायत धादिङको रुवीभ्यालीलगायतका क्षेत्रहरु पुग्न सकिन्छ ।  

पार्वतीकुण्ड पुग्नका लागि काठमाण्डौंबाट त्रिशूली, धुन्चे, स्याफ्रु, थाम्बुचेत, गतलाङ हुँदै पुग्न सकिन्छ । गतलाङ गाउँबाट करीब १ घण्टाको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ । यहाँ तीर्थ आउँदा लेक लाग्ने वा उचाईबाट हुने समस्या हुँदैन । 

No comments:

Post a Comment