यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

गोसाइँकुण्ड मेलाका लागि होटलहरुमा मूल्य सूचि निर्धारण



रसुवा, रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपुर्णिमा मेला नजिकिएसँगै पदमार्गमा सञ्चालित होटलका लागि मेला अवधिभर मात्र लागू हुने गरि दररेट निर्धारण गरिएको छ ।

धुञ्चे गोसाइँकुण्ड पदमार्गमा सञ्चालित होटलको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो आएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले मेला अवधिभर मूल्य सूचि निर्धारण गरेको हो ।


सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका अनुसार गोसाईकुण्ड मेला अवधिभरका लागि घट्टेखोलादेखि गोसाईकुण्डसम्मको पदमार्गमा रहेका होटल तथा थर्फु सञ्चालकहरुले चिया, खाना, घोडाचढी र बासको दररेट तोके अनुसार मात्र लिन पाउने गरि मूल्य सूची सार्वजनिक गरिएको बताउनुभयो ।

उहाँका अनुसार पदमार्गमा पर्ने घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ ।

अब यात्रुहरुले एक कप तातोपानीको स्थान अनुसार १० रुपैंयादेखि ८० रुपैंयासम्म तिर्नुपर्ने छ भने २७५ रुपैंयाँ देखि ६ सय रुपैंयासम्म सादा खानाको रकम तोकिएको छ ।

यसैगरि स्थान अनुसार घोडा चडिहरुका लागि भने चार हजारदेखि आठ हजार रुपैंया निर्धारण गरिएको छ । नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पुर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म गोसाईकुण्डमा हजारौ तीर्थयात्रीहरुले मेला भर्ने गर्दछन् ।



No comments:

Post a Comment