रसुवा, लाङटाङ राष्ट्रिय निकुञ्जकाे आयोजनामा सराेकारवालाहरूसँग समन्वय तथा अन्तर्क्रिया कार्यक्रम धुन्चेमा सम्पन्न भयाे ।
वन तथा वातावरण संरक्षणका र विकासका लागि ध्यान दिनु पर्ने तथा निकुञ्ज क्षेत्रमा हुने चेकजाँच ब्यवस्थित गरी छाेटाे दुरीमा धेरै ठाउँमा गाडीकाे चेक जाँच हुने गरेकाे , हाेटल लजले यात्रीसँग धेरै रकम असुली गरेकाे सराेकारवालाहरूले गुनासाे गरे ।
गाेसाइँकुण्ड मेलाकाे समयमा यात्रीहरूले बढि महंगाे गर्ने गरेका कारण नकरात्मक असर परेकाे सराृकारवालाहरूले गुनासाे गरे । उठेका सवालहरूमा छलफल गरेर आगामी दिनमा छलफलबाट यस्ता समस्या समाधानका लागि अघि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकेत अणनाथ बरालले बताए ।
प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले गाेसाइँकुण्ड रूटका हाेटलहरूले यात्रीहरूलाइ बढि असुली गर्ने गरेकाे गुनासाे आउने गरेकोले यसले नकरात्मक सन्देश जाने बताए ।
जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशाेक कुमार घिमिरेले सवै पक्षले समन्वयमा काम गर्नु पर्ने बताए ।
No comments:
Post a Comment