पण्डित नारायण देवकोटाको प्रवचन भएको उक्त सप्ताहमा बौद्द धर्मका लामा गुरूहरूद्वारा बौद्द
धर्मका ग्रन्थहरू पनि वाचन गरिएको थियो ।
श्रावण २ गते हरिशयनी एकादशीदेखि ७
दिनसम्म भागवत गीता पाठ पारायण गरिएको पण्डित देवकोटाले बताउनुभयो ।
प्राचीन क्याञ्जेन गोम्बा |
रसुवा र नुवाकोटका विभिन्न
शक्तिपीठहरूमा भागवत महापुराण पारायण गरिदै आएको पनि पण्डित देवकोटाले बताउनु भयो
।
हिन्दु
धर्माम्बलम्बीहरूको मन्दिरमा मात्र महापुराण वाचन गरिदै आइएकोमा देवकोटाले नै
बौद्द गुम्बाहरू तथा लामा गुरूहरूको समेत् सहभागितामा महापुराण लगाउन सुरू
गर्नुभएको हो ।
देवकोटाका यी
अभियानले धार्मिक सहिष्णुता कायम गर्न सहयोग पुर्याएको बौद्द धर्म दर्शन
अभियान्ता – लोपेन लाक्पा लामा बताउनु हुन्छ । ‘धार्मिक पर्यटन विकास र स्थान
प्रवर्दनका लागि यस्ता अभियान आवश्यक छ ।‘ लामाले भन्नुभयो ।
क्याञ्जेन
गोम्बामा भागवत समापन भएलगत्तै मुक्तिक्षेत्र र बागलुङ कालिकामा क्रमश: भागवत आयोजना गरिने पण्डित
देवकोटाले बताउनुभयो ।
No comments:
Post a Comment