यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

घिमिरेलाइ आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान

Tuesday, July 30, 2024 0 Comments
घिमिरेलाइ आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान

रसुवा, रसुवाका पत्रकार बलराम घिमिरेलाइ स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे छ ।

पर्यटन विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित रेडियो लाङटाङको दशौं वार्षिक साधारणसभाको अवसरमा पुरस्कृत एक कार्यक्रमका बीच नगद ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार सहित सम्मान-पत्र र दोसल्ला ओढाएर स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएकाे हाे ।

घिमिरेले सामाजिक संजालमा लेखेका छन् पुरस्कार स्थापना गर्ने आचार्य परिवार, पुरस्कार छनौट समिति तथा रेडियो लाङटाङ परिवारलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु।

पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कान्तिपुर संवाददाता घिमिरेलाई पुरस्कृत एवं सम्मान गरिएको रेडियो लाङटाङका अध्यक्ष सोहम सुवेदी बताए ।

करिब दुइ दशकदेखि पत्रकारितामा क्रियाशील संवाददाता घिमिरे विगत ८ वर्षदेखि कान्तिपुर दैनिकमा आवद्ध रहेका छन् । पर्यटन विकास तथा सञ्चार केन्द्रद्वारा सञ्चालित रेडियो लाङटाङ कालिका गाउँपालिका स्याउबारीबाट र पर्यटन, कृषि, स्वास्थ्यलगायतका सामुदायिक विषयमा उजागर गर्दै आफ्ना नियमित कार्यक्रमहरू प्रसारण गर्दै आईरहेको छ ।

स्वर्गीय आचार्य रसुवाबाट पञ्चायतकाल समेत गरी ३ पटक प्रतिनिधि सभामा निर्वाचित भएका थिए भने पहिले मन्त्री पनि भएका थिए । कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाल, रेडियाे लाङटाङकाे टिम तथा अन्य सराेकारवालाहरू सहभागी थिए ।

भूकम्पमा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको आत्मा शान्तिको लागि भागवत पुराण

Thursday, July 25, 2024 0 Comments


रसुवा । विनाशकारी भुकम्प २०७२ मा ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकको आत्मा शान्तिको कामना गर्दै भागवत महापुराण (सप्ताह) क्याञ्जेन गोम्बामा सम्पन्न भएको छ ।

पण्डित नारायण देवकोटाको प्रवचन भएको उक्त सप्ताहमा बौद्द धर्मका लामा गुरूहरूद्वारा बौद्द धर्मका ग्रन्थहरू पनि वाचन गरिएको थियो ।

श्रावण २ गते हरिशयनी एकादशीदेखि ७ दिनसम्म भागवत गीता पाठ पारायण गरिएको पण्डित देवकोटाले बताउनुभयो ।

भुकम्प २०७२ मा ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकको आत्मा शान्तिको लागि भागवत पुराण

प्राचीन क्याञ्जेन गोम्बा 


रसुवा र नुवाकोटका विभिन्न शक्तिपीठहरूमा भागवत महापुराण पारायण गरिदै आएको पनि पण्डित देवकोटाले बताउनु भयो ।

हिन्दु धर्माम्बलम्बीहरूको मन्दिरमा मात्र महापुराण वाचन गरिदै आइएकोमा देवकोटाले नै बौद्द गुम्बाहरू तथा लामा गुरूहरूको समेत् सहभागितामा महापुराण लगाउन सुरू गर्नुभएको हो ।

देवकोटाका यी अभियानले धार्मिक सहिष्णुता कायम गर्न सहयोग पुर्‍याएको बौद्द धर्म दर्शन अभियान्ता – लोपेन लाक्पा लामा बताउनु हुन्छ । ‘धार्मिक पर्यटन विकास र स्थान प्रवर्दनका लागि यस्ता अभियान आवश्यक छ ।‘ लामाले भन्नुभयो ।

 

क्याञ्जेन गोम्बामा भागवत समापन भएलगत्तै मुक्तिक्षेत्र र बागलुङ कालिकामा क्रमश: भागवत आयोजना गरिने पण्डित देवकोटाले बताउनुभयो । 

परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन निर्माण सम्पन्न

Thursday, July 25, 2024 0 Comments

 

परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन  निर्माण सम्पन्न

रसुवा, कालिका गाउँपालिका ५ काे ज्याङलाङमा परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्रकाे भवन निर्माण समपन्न भएकाे छ ।

भवन निर्माणका लागि वागमती प्रदेश सरकार, भौतविकास पूर्वाधार मन्त्राालय, शहरी विकास तथा भवन कार्यलय, नुवाकोट र कालिका गाउँपालिकाबाट २७ लाख ५१ हजार तीन सय ११ समुदायको योगदान तीन लाख ६० हजार आठ सय रूपैयाँ गरी कुल ३१ लाख १२ हजार रूपैयाँकाे लागतमा भवन निर्माण सम्पन्न भएकाे हाे ।


विगत ४ वर्षदेखि निर्माणाधिन भवनको लागत विवरण यस्तो रहेको छ





रसुवामा रहेको छत्र, बालुन तथा भजन नाँचलाई संरक्षण, प्रवर्दन र उत्थान गर्न, संस्कृति संरक्षणार्थ युवाको सहभागिता बृद्दि गर्नका लागि परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र निर्माण गरिएको बताइएको छ ।
परम्परागत संस्कृति प्रवर्दन तथा संरक्षण केन्द्र भवन  निर्माण सम्पन्न








लाङटाङ राष्ट्रिय निकुञ्ज र सराेकारवालाहरू बीच छलफल

Friday, July 12, 2024 0 Comments

रसुवा, लाङटाङ  राष्ट्रिय निकुञ्जकाे आयोजनामा  सराेकारवालाहरूसँग समन्वय तथा अन्तर्क्रिया कार्यक्रम धुन्चेमा सम्पन्न भयाे । 

वन तथा वातावरण संरक्षणका र विकासका लागि ध्यान दिनु पर्ने तथा निकुञ्ज क्षेत्रमा हुने चेकजाँच ब्यवस्थित गरी छाेटाे दुरीमा धेरै ठाउँमा गाडीकाे चेक जाँच हुने गरेकाे , हाेटल लजले यात्रीसँग धेरै रकम असुली गरेकाे सराेकारवालाहरूले गुनासाे गरे । 

गाेसाइँकुण्ड मेलाकाे समयमा यात्रीहरूले बढि महंगाे गर्ने गरेका कारण नकरात्मक असर परेकाे सराृकारवालाहरूले गुनासाे गरे । उठेका सवालहरूमा छलफल गरेर आगामी दिनमा छलफलबाट यस्ता समस्या समाधानका लागि अघि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकेत अणनाथ बरालले बताए । 

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले  गाेसाइँकुण्ड रूटका हाेटलहरूले यात्रीहरूलाइ बढि असुली गर्ने गरेकाे गुनासाे आउने गरेकोले यसले नकरात्मक सन्देश जाने बताए । 

जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशाेक कुमार घिमिरेले सवै पक्षले समन्वयमा काम गर्नु पर्ने बताए । 



लेखा नियन्त्रक कार्यालयबाट ३ अर्ब २६ करोड १८लाख भुक्तानी

Thursday, July 11, 2024 0 Comments

लेखा नियन्त्रक कार्यालय

रसुवा, आ।ब २०८०/०८१ मा कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाले सङ्घ र प्रदेश गरी रु ३ अर्ब २६ करोड १८लाख ८१ हजार ८० रुपैयाँ रकम भुक्तानी गरेको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व ऐन,२०७६ तथा नियमावली, २०७७ बमोजिम आर्थिक वर्ष समाप्त हुनु ७ दिन अगावै सम्पूर्ण सरकारी खाताहरू बन्द हुने व्यवस्था रहेको छ । कोलेनिकाले असार २४ गते मध्ये रातसम्ममा तर्फ कुल विनियोजित २ अर्ब ७० करोड ४२ लाख ४८ हजार ५ सय ४७ रुपैयाँ बजेटमध्ये चालू तर्फ २ अर्ब ४१ करोड ४२ लाख ४६ हजार ३ सय २१ रुपैयाँ र पुँजीगत तर्फ ४ करोड ७२ लाख ७० हजार ४ सय ४ रुपैयाँ भुक्तानी निकासा गरेको छ । 

यस्तै प्रदेश सरकार तर्फ कुल विनियोजित बजेट रु ५५ करोड ७६ लाख ३२ हजार ५ सय ३३ रुपैयाँ रहेकोमा चालूतर्फ २९ करोड ४५ लाख ८५ हजार ४४ रुपैयाँ र पुँजीगत तर्फ १४ करोड ३५ लाख ६१ हजार ३ सय ८० रुपैयाँ भुक्तानी निकासा भएको प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए ।


 वित्तीय हस्तान्तरण तर्फ भने सङ्घ र प्रदेश दुवै गरी कुल बजेट २ अर्ब १३ करोड १४ लाख १४ हजार ३ सय ९६ रुपैयाँ रहेकोमा कुल हस्तान्तरण १ अर्ब ९८ करोड ९९ लाख ४२ हजार ४ सय ३८ रुपैयाँ निकासा भएको प्रमुख कोष नियन्त्रक सुवेदीले बताए ।

एसइइकाे नतिजा प्रकाशित नमुना इभरग्रीनका विद्यार्थी शतप्रतिशत पास

Saturday, July 06, 2024 0 Comments
रसुवा, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसईईको नतिजा अनुसार संस्थागत विद्यालय नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयले २०८० सालको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भई जिल्लामै अब्बल सावित हुन सफल भएको छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित रहेको नमुना इभरग्रीन आवाशीय माध्यमिक विद्यालयबाट जम्मा ११ जनाले परीक्षा दिएकोमा शतप्रतिशत नतिजा आएको हो । साथै सामुदायिक विद्यालयतर्फ निलकण्ठ नमुना माध्यमिक विद्यालय जिबजिबको अन्य विद्यालयको तुलनामा राम्रो नतिजा आएको शिक्षा समन्वय ईकाईले जनाएको छ। रसुवा जिल्ला शिक्षा समन्वय ईकाईका अनुसार जिल्लाभरमा शैक्षिक वर्ष २०८० मा जम्मा २४ वटा विद्यालय एसईईमा सहभागी भएका थिए । जसमा ५४५ विद्यार्थी सहभागी भएका थिए । कालिका हिमालय माविको छात्रा यमुना पौडेलले ३.९५ जीपीएसहित जिल्लाको उत्कृष्ट हुन सफल भएकी छन् । गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थीले मात्र ११ कक्षामा भर्ना हुन पाउने भएका छन् । बोर्डका अनुसार परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थीमध्ये दुई लाख २२ हजार चार सय ७२ जना कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् । ननग्रेडिङ (एनजी) हुने विद्यार्थीको सङ्ख्या दुई लाख ४२ हजार तीन सय १३ रहेको छ । तीमध्ये दुई विषयमा एनजी हुने विद्यार्थी सङ्ख्या एक लाख १५ हजार आठ सय ३४ छ । उनीहरुले साउन १८ र १९ गते हुने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । यस वर्षको एसईई परीक्षामा रसुवाबाट २५.५ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्। शिक्षा विकास तथा समन्वय इकाई रसुवाले दिएका जानकारी अनुसार सामुदायिक विद्यालय तर्फ नीलकण्ठ नमुना माविबाट ३२ जनामध्ये १९ जना पास भएका छन्।

रसुवाकाे भूमि समस्या समाधान गर्न भूमि व्यवस्था मन्त्रीसँग छलफल

Saturday, July 06, 2024 0 Comments
रसुवा र नुवाकोट जिल्लामा बाँकी रहेको बिर्ता समस्या समाधानको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसँग भेटी समस्या समाधान गर्न अनुरोध गरियो । असार १६ गते मन्त्रालयमा जिल्ला भूमि अधिकार मञ्च, रसुवा र नुवाकोटको संयुक्त आयोजनामा भएको डेलिगेसनमा बागमती प्रदेश सभा सदस्य इन्द्र गोतामे ‘जगतजंग’, संविधान सभा सदस्य जनार्दन ढकाल, जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार घिमिरे, पूर्व प्रमुख कुल प्रसाद भट्ट, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्याल,तार्केश्वर गाउँपालिका उपाध्यक्ष हरी प्रसाद रिमाल,कालिका गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्यौपाने,पूर्व वडा अध्यक्ष पुष्पराज न्यौपाने लगायत जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू पनि सहभागी भएका थिए । साथै छलफलको क्रममा मन्त्रालयका सचिव गोकणर्मणि दुवाडी, आत्मनिर्भर केन्द्रका टिम र जिल्ला भूमि अधिकार मञ्चका अगुवाहरू पनि सहभागी भएका थिए । छलफल पछि माननीय मन्त्री अधिकारीलाई बिर्ता समस्या समाधानको लागि विकल्प सहित पत्र पनि पेश गरिएको छ । कानुनत् २०१६ सालमा उन्मुलन भनिएकोे बिर्ताले अझै सम्म किसानहरूलाई दुःख दिइ रहेको छलफलको क्रममा किसानहरूले गुनासो राखे । जिल्ला भूमि अधिकार मञ्च रसुवाका अध्यक्ष भवानीप्रसाद न्यौपानेले कानुनले उन्मुलन गरेको प्रथा व्यवहारमा रहि रहँदा किसानहरूले असाध्यै दुःख पाएको बताउनु भयो । उहाँले भन्नुभयो, हाम्रो पुर्खाको रगत पसिनाले बनेका जमिनको कानुनी स्वामित्व प्राप्तिको लामै सङ्घर्ष गर्दा पनि सुनुवाई नभएको गुनासो पोख्नु भयो । जिल्लामञ्च नुवाकोटकी अध्यक्ष बिन्दा नेपालले वास्तविक किसानले जमिनको अधिकार नपाउँदा यो फेरिएको व्यवस्थाको अनुभुती गर्न नपाएको भन्दै किसानहरू लाई जोत भोगको आधारमा लालपुर्जा दिनमाग गर्नुभएको थियो । कालिका गाउँपालिकावडा नं. ३ का अध्यक्ष फणिन्द्रप्रसाद न्यौपानेले कहिल्यै जमिनमा नटेक्ने र जमिन समेत नचिनेका, काठमाडौं बस्ने विचौलियाहरूको कालो झोला बाट लालपुर्जाका बिटाहरू निकाल्दै दुःख दिनआउने गरेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, हामीले कतिसम्म थेग्ने, किसानको पीडा पनि धेरै छ, अव यो समस्याको समाधान मन्त्रालय बाटै यथासक्य दिन माग पनि राख्नुभयो । बिर्ता पीडित चित्रकुमारी न्यौपानेले भन्नुभयो, जमिनको मालिक हामी हौँ । कसैले गैरकानुनी रुपमा बनाएको कागज बोक्दैमा जमिन उसको हुँदैन । हामी किसानलाई जोत भोगको आधारमा लालपुर्जा दिने वातारण मन्त्रीज्यूले गरिदिनु पर्‍यो । संविधानसभा सदस्यतथा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष जनार्दन ढकालले भन्नुभयो, किसानको समस्या समाधानको लागि वर्षौदेखि मन्त्रालय धाउँदाधाउँदा हैरानी खेप्यौँ । हरेक पटक मन्त्री फेरिने वित्तिकै मन्त्रालय आएर ज्ञापनपत्र बुझाउन आउँछ, कामहुँदैन, अव त आउन पनि लाज लागि सक्यो, बिर्ता समस्याको समाधान यथासक्य खोज्न पहल लिइ दिनुपर्‍यो । बागमती प्रदेश सभा सदस्य माननीय इन्द्र गोतामे ‘जगतजंग’भन्नुभयो, बिर्ता समस्या कानुनमा छैन तर व्यवहारमा छ, त्यो व्यवहारमा भएको बिर्ता समस्या समाधानको लागि एकपटक कानुननै बनाएर भएपनि समाधान गरि दिन मन्त्रीज्यूले पहल लिइदिनु पर्‍यो । किसानले साह्रै दुःख पाए । जिल्ला समन्वय समिति रसुका प्रमुख अशोककुमार घिमिरेले रसुवामा मुख्यगरी बिर्तार गुठी साहै्र दुःख दियो, किसानले हैरानी पाए । हामी जिल्लाको तर्फबाट गर्नुपर्ने कार्य गर्छौँ यसलाई कानुनी रुपमा हल गर्नु मन्त्रीज्यूले विशेष पहल लिन अनुरोध गर्दछौँ । तार्केश्वर गाउँपालिका उपाध्यक्ष हरिप्रसाद रिमालले भन्नुभयो, नुवाकोटको तार्केश्वरमा बिर्ता समस्याको डर लाग्दो अवस्था छ । पछिल्लो समयमा भूमाफियाहरूले किसानहरू लाई धेरै दुःख दिन थाले, यसको समाधान कसरी गर्ने हो । हामी चिन्तामा छौँ । उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले मुलुकमा यति ठूलो परिवर्तन भइक्दा पनि सामन्तवादको अवशेषको रुपमा रहेको बिर्ता समस्या समाधान हुन सकेन । बिर्ता समस्या समाधानको लागि किसानहरूले स्थानीय सरकारमा धेरै दबाब पनि दिइरहेका छन् । अव कामै गर्न नसकिने अवस्था आउने अवस्था छ, यो समस्याको यथासक्य समाधान खोजौँ । आत्मनिर्भर केन्द्रका अनुसन्धान तथा नीति विश्लेषक जगत बस्नेतले भन्नुभयो, बिर्ता प्रथा सामन्तवादको जडको रुपमा रहेको छ । किसानहरू वर्षौ देखि लालपुर्जा लिन सङ्घर्ष गरिरहेका छन् । किसानहरूले ठूलो रकम तिरेर लालपुर्जा लिन सक्ने अवस्था पनि छैन । त्यसैले अव न्यूनतम् २ प्रतिशत जति मात्रै राजश्य लिने गरी एक पटक ऐन संशोधन गरेरै भए पनि बिर्ता समस्या समाधान गरि दिउँ । मन्त्रालयका सचिव गोकण र्प्रसाद दुवाडीले भन्नुभयो, आफुले पनि बिर्ता उन्मुलन भएको भनेर पढेको तर व्यवहारमा बाँकी रहेछ । आज मैले पहिलो पटक यो समस्या बाँकी छ भन्ने सुनेँ, अव अध्ययन गरी मन्त्रालयबाट गर्न सकिने काममा हामी सहजीकरण गर्नेछौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले किसानको भन्नुभयो, म आफैं मन्त्री पदमा छु धेरै कानुनी विषयहरू चित्त बुझेको छैन । नयाँ कानुन बनाउन पनि वर्षौ लाग्न सक्छ । यो समस्या गम्भीर रहेछ । हामी यसको समाधानको लागिपहल लिन्छौँ । तर, यस्ता समस्याको समाधानको लागि एकीकृत कानुन आवश्यक छ । अव, बिर्ताकै समस्या कसरी समाधान गर्न सकिन्छ त्यसको अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।

उत्तरगया गाउँपालिकाकाे २० वर्षे गुरू याेजना सार्वजनिक

Friday, July 05, 2024 0 Comments
रसुवा, उत्तरगया गाउँपालिकाले आफ्नाे २० वर्षे गुरू याेजना सार्वजनिक गरेकाे छ । गाउँपालिकाले तयार गरेकाे रणनीतिक याेजनामा स्थानीय सरकर सञ्चालन ऐनमा भएको प्रदान गरेकाे अधिकार क्षेत्रभित्र रहेर स्थानीय तहले प्रभावकारी सेवा प्रबाहका लागि याेजनावद्ध विकास गर्नुपर्ने मान्यताका आधारमा गुरू याेजना तयार गरेकाे हाे । ०८१ असार १९ गते गाउँपािलका अध्यक्ष माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरूङ, प्रमुख प्रशासकीय अधिकृत दिपक प्रसाद अधिकारी तथा कार्यपालिका सदस्यहरूले पुस्तक सार्वजनिक गर्नुभयाे । दाेस्राे आवधकि योजना समेत प्रकाशन गरी सार्वजनिक गरिएको छ ।
सुसंस्कृत सुखी जनता समाजवाद उन्मुख प्रदेशकाे दीर्घकालिन साेचलाइ पूरा गर्ने दिशामा उन्मुख भइ समृद्ध उत्तरगया, सभ्य र खुशी उत्तरगयावासी दिर्कािलन साेच सहितकाे एकीकृत गुरू याेजना तयार भएकाे गाउँपालिकाले जनाएकाे छ । हाम्रो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी स्वाधिन, समुन्नत तथा समाजवाद उन्मुख अर्थ व्यवस्था मार्फत समृद्ध नेपालको निर्माण गर्ने परिकल्पना गरेको छ । यसैगरी संयुक्त राष्ट्र संघद्वारा, सन् २०१६ देखि २०३० सम्मका लागि विश्वव्यापी विकास एजेण्डाको रूपमा विभिन्न १७ वटा दिगो विकासका लक्ष्यहरू निर्धारण गरिएका छन् । यसै सन्दर्भमा संघीय व्यवस्थाको महत्वपूर्ण आधारको रूपमा रहेको स्थानीय सरकारले पनि स्वाभाविक रूपमा माथि उल्लिखित संविधानले निर्देश गरे अनुसारको नीतिसँग समायोजन हुने गरी आफ्नो दिगो विकासका लक्ष्य हाँसिल गर्न आफ्नो योजनावद्ध आवधिक र दिर्घकालीन योजना तर्जुमा गरिएको गाउँपालिका अधयक्ष माधबप्रसाद अर्यालले बताउनुभयो ।
गुरु योजनाका लक्ष्यहरूलाई सफल पार्न हरेक वर्ष योजना तर्जुमा, कार्यान्वयन र समीक्षा गर्दा विगतमा भए गरेका प्रंशंसंनीय कार्यको आत्मबोध गर्ने, अपनत्व ग्रहण गर्ने र समेटेर सँगसँगै लैजाने कार्यमा सहयोग गर्न सवैमा अनुरोध उपाध्यक्ष चमेली गुरुले बताउनुभयो । रणनीतिमा जैविक विविधताले भरिपूर्ण प्रचुर प्राकृतिक सम्पदा र सांस्कृतिक विशेषताहरू भएको उत्तरगया गाउँपालिकामा जनताको सामाजिक न्याय सहितको समृद्धिको तीव्र चाहनाअनुसार योजनाबद्ध विकास गर्न यो प्रतिवेदन मार्गचित्र हुनेछ । हाम्रो स्रोत र साधनहरूलाई आधारभूत तहमा रहेका जनताहरूको पहुँच र लाभ पुग्ने गरी उपयोग र विस्तार होस । आर्थिक, सामाजिक र वातावरणीय पक्षको नकारात्मक प्रभाव न्यून हुने गरी दिगो विकासको सिद्धान्त अनुसार योजनाहरू तय गर्नको निम्ति तयार गरेकाे दस्तावेज धेरै विषय समेटिएकाे छ ।
गाउँपालिकाले दिगो विकासका फ्रेमवर्क निर्माण गर्ने र सोही अनुसार प्रभावकारी रुपमा विकास गरी नागरिकको जीवनस्तरमा सुधार ल्याउन याेजन प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद अधिकारीले बताउनुभयाे । हेडलाईट प्रा.लि. नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छनौट गरी २० वर्षे आवधिक योजना विसं २०८० देखि विस २१०० सम्म निर्माण भएको पुस्तक १६९ पृष्ठकाे रहेकाे छ ।