यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

शिवजीले खोपेर त्रिशूल, तीनैधारा धारा निस्किए भुल्‌भुल

 

शिवजीले खोपेर त्रिशूल, तीनैधारा धारा निस्किए भुल्‌भुल

त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।

    त्रिशूलधारा एक परिचय

    रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका वडा नं ६, गोसाइँकुण्ड भन्दा ठीक माथि रहेको त्रिशूल धाराको पौराणिक महत्व रहेको छ ।

    सत्ययुगमा भगवान शिवजीले त्रिशूलधारा सिर्जना गरेका हुन् । देवता र दानव मिली समुद्र मथन गर्दा निस्केको 'हलाहल' नामक कालकूट विषले संसार दग्ध गर्न लाग्दा विश्वको रक्षार्थ सो विषलाई भगवान शिवजीले निल्न खोज्दा घाँटीमा अड्कन गयो । घाँटीमा अड्केको विषको डाहाले शिवजीको घाँटी (कण्ठ) नीलो भएको कारण उनलाई 'नीलकण्ठ' भनिएको हो । घाँटीमा अड्केको 'हलाहल' नामक कालकूट विषका कारण डाहा भई सो डाहा शान्त पार्न भगवान शिवजी नेपालका विभिन्न स्थललाई तीर्थाटन बनाई यहाँ आईपुगे । यहाँ आएर त्रिशूलले खोपेर पानी उत्पत्ति गर्नुभयो र प्यास मेट्नुभयो। त्रिशूल खोपेर निकालिएको हुनाले त्यसलाई त्रिशूलधारा भनिएको हो । सोही पानी जमी गोसाइँकुण्ड उत्पत्ति भएको र त्यही शिवजी बिराजमान भई डाहा शान्त गरे भनिएको छ ।

     

    त्रिशूलधारा तथा उत्पत्तिको एक लोकभजन यहाँ प्रस्तुत गरिन्छ ।

    पहरामा जब खोपे श्रीशिवले तिर्शूल्

    तीनैधारा निस्किएर गर्न थाले भुल्‌भुल् ।

    प्रख्यात् भयो नाम रह्‌यो भनी त्रिशूल्‌धारा

    भक्तिभाव्‌ले दर्शन् गर्न जान्छन् भक्त सारा ।।


    त्रिशूलधारालाई गंगा, आमागंगा र महागंगा पनि भन्दछन् । यहाँ स्नान तथा श्रद्दा गर्नाले शरीर शुद्द हुने विश्वास गरिन्छ । यहाँ आउने तीर्थालुहरू यहाँ पूजाआजा गर्न र जल थाप्नका लागि पुग्दछन् ।  

    त्रिशूलधारा तथा वरपरका आकर्षणहरू

     

    -         धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

    -         भगवान शिवजीले उत्पत्ति गर्नुभएको

    -         विश्व सम्पदा सूचि (रामसार) मा सूचिकृत

    -         वीर अमरसिंह थापाको गुफा

    -         लोपोन्मुख रेडपाण्डा अवलोकन

    -         लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

    -         लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

    -         हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

    -         प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

    -         नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)

    -         सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

    -         माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

     

    त्रिशूलधारा कसरी पुग्ने ?

    १)        रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी, लौरीबिना – गोसाइँकुण्ड हुँदै

    २)         रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड - गोसाइँकुण्ड हुँदै

    ३)         नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड - गोसाइँकुण्ड हुँदै

    ४)         नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै

    ५)         काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै

    ६)         काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदि – सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै

    ७)         सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदि– सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै

     

    त्रिशूलधारासँग सम्वन्धित सामग्रीहरू

    १)     

    No comments:

    Post a Comment