सृष्टिमाता कुण्ड अर्थात् कलेआमा |
कुनै बालखहरू लामो समयसम्म बोल्न नसकेमा यहाँ डुबुल्की लगाएपछि बोली फुट्नेसमेत् विश्वास गरिँदै आएको छ ।
सृष्टिमाता कुण्ड अर्थात् कलेआमाको परिचय
रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका वडा नं ६,
गोसाइँकुण्डसँग दक्षिणतिर जोडिएको त्रिशूलधाराभन्दा मुनीतिरको कुण्डलाई सृष्टिमाता
कुण्ड भनिन्छ । यसलाई स्थानीयहरू कलेआमा भनेर चिन्दछन् । गोसाइँकुण्ड फेरो
मार्नेहरूले यस कुण्ड तरेर फेरो मार्दछन् । कलेआमा अर्थात् सृष्टिमाता कुण्डकै
इच्छा बमोजिम मानव जातिको सन्तान्को जन्म हुने गर्दछ । सन्तान नभएकाहरू यस
कुण्डमा पुगेर श्रद्दा, स्नान गरेमा सन्तान प्राप्ति हुने जनविश्वास रही आएको छ ।
कुनै बालखहरू लामो समयसम्म बोल्न नसकेमा यहाँ
डुबुल्की लगाएपछि बोली फुट्नेसमेत् विश्वास गरिँदै आएको छ ।
सृष्टिमाता कुण्ड अर्थात् कलेआमा वरपरको आकर्षणहरू
-
धार्मिक,
ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण
-
विश्व
सम्पदा सूचि (रामसार) मा सूचिकृत
-
वीर
अमरसिंह थापाको गुफा
-
लोपोन्मुख
रेडपाण्डा अवलोकन
-
लाङटाङ
राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास,
धुपी, गोब्रे सल्लो आदि ।
-
लोपोन्मुख
जडिबुटीहरूको भण्डार ।
-
हिमाल,
झरना, बहुसंख्यक तालतलैयाको हब ।
-
प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको
अवलोकन ।
-
नेपालको
तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि हेलम्बु पदयात्रा)
-
सुविधा
सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा
-
माने,
छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन
सृष्टिमाता कुण्ड अर्थात् कलेआमा कसरी पुग्ने ?
सृष्टिमाता कुण्ड अर्थात् कलेआमा तथा गोसाइँकुण्ड पदयात्राका विभिन्न मार्गहरूको प्रयोग
गर्न सकिन्छ ।
१)
रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट
मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्साबाट चन्दनबारी वा (लाङटाङ पुग्न पनि
सकिन्छ) स्याफ्रुबेंशी-ठूलोस्याफ्रु, फोप्राङ, चन्दनबारी (सिङ्गोम्बा), चोलाङपाटी,
लौरीबिना – गोसाइँकुण्ड हुँदै
२)
रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल,
जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड - गोसाइँकुण्ड हुँदै
३)
नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ,
सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली,
नौकुण्ड - गोसाइँकुण्ड हुँदै
४)
नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट
सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै
५)
काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी,
दुप्चेश्वर, राउचुली, नौकुण्ड- गोसाइँकुण्ड हुँदै
६)
काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी,
पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदि – सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै
७)
सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट
तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदि– सूर्यकुण्ड - गोसाइँकुण्ड हुँदै
No comments:
Post a Comment