रसुवा, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयलाई अब्बल बनाउँदै शिक्षामा सबैको पहुँच बढाउन गोसाईकुण्ड गाउँपालिकाले धुन्चे स्थित रसुवा माविलाइ बस प्रदान गरेको छ ।
आवश्यक इन्धन एवम् मर्मतलगायत सवै खर्च गाउँपालिकाले ब्यवस्थापन गर्ने गरी निःशुल्क बस सञ्चालन गर्न रसुवा माविलाइ प्रमुख अतिथि संविधान सभा सदस्य छोवाङतेन्जिङ तामाङ, गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङले स्कुल बस र साँचो रसुवा माविका प्रधानाध्यापक तेम्पारिसाङ घलेलाइ हस्तान्तरण गरे ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीको आकर्षण बढाउन गाउँपालिका सामुदायिक विद्यालयलाई विद्यालय बस प्रदान गरिएको गाउँपालिका अध्यक्ष कैसाङनूर्पू तामाङले बताए ।
तामाङ समुदायका बालबालिकालाई लक्षित गरी नि:शुल्क बस सेवा संन्चलन गरिएको हो । गाँउपालिकाले २९ लाख ६२ हजार रुपैंयामा खरिद गरी रसुवा माध्यमिक विध्यालयलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
नि:शुल्क बस सेवा सञ्चालनमा आएसँगै बिद्यालय सेवा क्षेत्रभित्र रहेका बिपन्न परिवारका छात्रछात्राहरु बस चढेर विद्यालयसम्म पुग्न पाउँदा खुसी भएका छन् । बस सञ्चालनले विद्यालय सम्मको आवागमन सहज तथा छिटो छरितो हुने भएपछि विद्यार्थी र अभिभावकहरू खुशी भएका छन् ।
गाँउपालिकाले वार्षिक रुपमा लाग्ने इन्धन, मर्मत तथा चालक सहचालक सहितको सम्पूर्ण खर्च गोसाँईकुण्ड गाँउपालिकाले गर्ने गरि बस सञ्चालनमा ल्याईएको गाँउपालिकाले जनाएको छ ।
विद्यालयमा सञ्चालन भएको नि:शुल्क बस सेवाले विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक विद्यालयमा विपन्न वर्गका बालबालिकाको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । बसले सोले, बोकेझुण्डा , भिमाली, ठाडे गाउँसम्मका विद्यार्थी लाभान्वित हुनेछन् ।
No comments:
Post a Comment