रसुवा, उत्तरगया गाउँपालिका र प्रतिवद्ध परियोजनाको सयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको सहजीकरणमा जेठ ४ गतेदेखि कालिका गाउँपालिका वडा न २ भूमिघरमा संञ्चालन भएको आधारभूत खोज उद्धार र प्राथमिक उपचार सम्वन्धी ४ दिने पुनर्ताजगी तालिम ७ गते सम्पन्न भयाे ।
तालिममा सवै वडाको प्रतिनिधित्व हुने गरी १२ महिला र १४ पुरुष गरी कूल २६ जनाको सहभागिता रहेको थियो । ४ दिनसम्मको लगातार सैद्धान्तिक र प्रयोगात्मक अभ्यासले सहभागिहरूको खोज, उद्धार र प्राथमिक उपचार सम्वन्धी अघिल्लो तालिममा सिकेको ज्ञान, सीप र क्षमताको पूनर्ताजगी भएको छ ।
कार्यक्रमको औपचारिक समापन उत्तरगया गाउँपालिकाको उपाध्यक्ष चमेली गुरुङ्गले सहभागिहरुलाई प्रमाणपत्र र First Aid Kit वितरण गरी सम्पन्न भएको थियाे ।
No comments:
Post a Comment