पुराना चन्दनका मुखुण्डाहरू, एकजोर झ्याम्टा (क्ष्याबुप), एकथान मानव नलीखुट्टाले बनेको बाजा (कङ्लिङ) जस्ता ऐतिहाँसिक वस्तुहरू हराईसकेका छन् ।
ल्होङ्जु थुजी छेन्पो अर्थात् टासी गोम्बाको परिचय
रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, ५
ठूलोभार्खुमा रहेको ल्होङ्जु थुजी छेन्पो
अर्थात् टासी गोम्बा प्राचीन गोम्बा हो । भार्खु गाउँमा अवस्थित यो गुम्बा
उत्पत्ति हुँदाको वा धार्मिक नामाकरण ल्होङ्जु थुजी छेन्पो हो । जसको अर्थ नेपालीमा आर्यालोकेश्वर
भनेर ठूलोभार्खुका बौद्द धर्म दर्शन अभियान्ता - लोपेन लाक्पा लामा बताउनुहुन्छ ।
यस गुम्बामा फापा चेरेंसी (सृष्टिकर्ता), गुरू
रिम्बोर्छे, खेण्डोमो (देवी), वेपामे साङ्गे (बुद्द) को मूर्ति रहेको छ । गुम्बामा
ह्युम (त्रिपिटक), दोमाङ जस्ता धार्मिक ग्रन्थहरू रहेका छन् ।
पुराना चन्दनका मुखुण्डाहरू, एकजोर झ्याम्टा
(क्ष्याबुप), एकथान मानव नलीखुट्टाले बनेको बाजा (कङ्लिङ) जस्ता ऐतिहाँसिक
वस्तुहरू हराईसकेका छन् ।
ल्होङ्जु थुजी छेन्पो अर्थात् टासी गोम्बा, बार्गोमा रहेको २००+ वर्ष पुरानो घण्टी (स्याङ) |
ध्वनीको हिशावले अत्यन्त राम्रा पुराना जोर शंख र ठूलाठूला घण्टहरू पनि रहेका छन् । पूजाआजासँगै यी दुबै बजाइन्छ । त्यहाँ रहेको घण्टमध्ये सानोचाहिँ गोसाइँकुण्डमा हुने मेलामा लगेर बजाउने परम्परा भने हराउँदै गएको छ । गोसाइँकुण्ड महादेवलाई 'हामी आयौं है' भनेर दिने संकेत् मानिन्थ्यो घण्टको धुनी ।
ल्होङ्जु थुजी छेन्पो अर्थात् टासी गोम्बा वरपरका आकर्षण र महत्व
-
धार्मिक,
ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण
-
लोपोन्मुख
रेडपाण्डा अवलोकन
-
लाङटाङ
राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास,
धुपी, गोब्रे सल्लो आदि ।
-
लोपोन्मुख
जडिबुटीहरूको भण्डार ।
-
हिमाल,
झरना, बहुसंख्यक तालतलैयाको हब ।
-
प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको
अवलोकन ।
-
नेपालको
तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)
-
सुविधा
सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा
-
माने,
छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन
ल्होङ्जु थुजी छेन्पो अर्थात् टासी गोम्बा कसरी पुग्ने ?
- पासाङल्हामु राजमार्गमा धुन्चे-स्याफ्रुबेंसी सडक खण्डको प्रयोग गरेर
- गोसाइँकुण्ड वा लाङटाङको यात्राबाट ठूलोस्याफ्रु हुँदै यहाँ पुग्न सकिन्छ ।
- यहाँबाट गोसाइँकुण्ड पदमार्ग (सिङ्गोम्बा) जाने पदमार्ग रहेको छ ।
No comments:
Post a Comment