यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

ढकमक्क गुराँस फुलेकाे जाङदाेरगाङ

 

ढकमक्क  गुरास फुलेकाे जाङदाेरगाङ

रसुवा , गाेसाइकुण्ड गाउँपालिका-२ मा पर्ने रमणीय स्थल जाङदाेरगाङकाे जंगलमा लालीगुरास फुलेर अहिले राताम्य छ । दूधकुण्ड मार्गमा पर्न याे स्थान पुग्न टिमुरेबाट गाडीमा १ घण्टा लाग्छ । 

समथर रहेकाे भूमि जाङदाेरगाङ ढकमक्क  गुराँस फुलेर रङ्गीन बनेकाे छ  । यहाँबाट ५ घण्टामा दुधकुण्ड पुग्न सकिन्छ । यहाँबाट लाङटाङ, गाेसाइकुण्ड, गाेदेगाङ, रिभरकुण्ड, पाङसाङ खर्ककाे रमणीय दृष्य देख्न सकिन्छ । 

नयाँ पर्यटकीय गन्तब्यकाे रूपमा विकास गर्न यहाँ हाेटल खाल्ने याेजना बनाएकाे स्थानीय युवा कामीनुर्पु तामाङ बताउछन् । रङ्गीचङ्गी गुराँस फुलेर रमाइलाे दृष्य हेर्न पाइने यहाँ स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्दछन् । 

ढकमक्क  गुराँस फुलेकाे जाङदाेरगाङ

भिडियाे ः स्राेत कामीनुर्पु तामाङ




No comments:

Post a Comment