डुक्पा छेच्युमा सहभागी क्याञ्नेगोम्बाका स्थानीयहरू - केही वर्ष अघि |
लाङटाङ गाउँको एक सांस्कृतिक पर्व हो डुक्पा
छेच्यु । फागुनदेखि सुरू भएर छैठौं महिना वा साउनको दशौं तिथिका दिन मुख्य गरी
डुक्पा छेच्यु मनाईन्छ । सामुहिक रूपमा गुम्बा वा परिसरमा पूजा आजा र नाँचगानसहित
डुक्पा छेच्यु मनाईन्छ ।
बौद्द धर्मका ग्रन्थहरू पाठ गर्दै गाउँमा बिमार,
रोग ब्याधी हराओस् भन्ने कामनासहित पूजापाठ र आराधना गरिन्छ । डुक्पा छेच्यु
मनाउनुको मुख्य उद्देश्य भगवान बुद्दको शिक्षा, अर्ती र उपदेश बाँड्नु हो ।
सृष्टिका हरेक जीवजन्तुलाई बचाउनु र हिंसाको बाटोलाई सदाका लागि त्याग्न लामा
गुरूहरूले आव्हान गर्दछन् ।
लाङटाङ गाउँमा डुक्पा छेच्युसहित् ग्याल्बो ल्होसार, ल्हाबाप द्वीक्षेन, बुद्द जयन्ति ( ठुङ्कर द्वीक्षेन), सार्का दावा ङ्युङ्ने, कार्तिक ङ्युङ्ने जस्ता परम्परागत धार्मिक संस्कृतिहरू मनाईन्छ ।
स्रोत : जैबिक विविधता
संरक्षण :
पर्यटन विकासमा धर्म संस्कृतिको महत्व – फूर्पा तामाङ
No comments:
Post a Comment