भूकम्प २०७२ अघिको ठूलोभार्खुको तस्वीर |
भोटको जोङ्खादेखि तल र काठमाण्डौंको किलागल वा बाङ्गेमुढादेखि माथि बाटो नाप्दै आउँदा यो गाउँमा बीच वा मध्य भागमा रहेकोले यस गाउँलाई स्थानीय नामाकरण अनुसार 'बार्गो' भनिएको हो । अपभ्रम्श भई 'भार्खु' वा 'भार्कु' भनिएको हो ।
बार्गो अर्थात् भार्खुको परिचय
रसुवा जिल्ला, गोसाइँकुण्ड गाउँपालिका, वडा नं ५ मा
रहेको भार्खु गाउँलाई स्थानीयहरू बार्गो भन्दछन् । पासाङल्हामु राजमार्ग
धुन्चे-स्याफ्रुबेंसी खण्डमा पर्ने भार्खु गाउँलाई तिब्बतीयन भाषामा 'कतो' भनिन्छ
।
स्थानीय भाषा अनुसार 'बार' भनेको बीच वा मध्य र 'गो'
भनेको 'ढोका' हो अर्थात् बीचमा रहेको ढोका वा मूलढोका भनेर पनि ब्याख्या गरिएको छ
।
भोटको जोङ्खादेखि तल र काठमाण्डौंको किलागल वा बाङ्गेमुढादेखि
माथि बाटो नाप्दै आउँदा यो गाउँमा बीच वा मध्य भागमा रहेकोले यस गाउँलाई स्थानीय
नामाकरण अनुसार 'बार्गो' भनिएको हो । अपभ्रम्श भई 'भार्खु' वा 'भार्कु' भनिएको हो
।
प्राकृतिक भ्यूटावर नाउर डाँडाबाट देखिने सानोभार्खुको दृश्य |
भार्खु गाउँ दुई भागमा बिभाजित छ, 'ठूलोभार्खु' र
'सानोभार्खु' । रसुवा जिल्लाको सदरमुकाम धुन्चेबाट करीब ६ किलोमीटर दूरीमा रहेको
यस गाउँबाट स्याफ्रुबेंसी, ठूलोस्याफ्रु र गोसाइँकुण्ड (सिङ्गोम्बा) जाने बाटाहरू
रहेका छन् ।
तामाङ समुदायको बसोबास रहेको यस स्थानमा प्राचीन बोङ्जो
घलेको दरबार (अवशेष) रहेको छ ।
बार्गो अर्थात् भार्खु गाउँ वरपरका मुख्य आकर्षणहरू
- पासाङल्हामु राजमार्गमा अवस्थित
- तामाङ संस्कृति, परम्परा र भेषभूषा
- पर्यटकीय गन्तव्यको बिन्दु
- लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको अवलोकन
- रमणीय प्राकृतिक भ्यूटावरहरू
बार्गो अर्थात् भार्खु गाउँ कसरी पुग्ने ?
पासाङल्हामु राजमार्गको प्रयोग
गरेर, सदरमुकाम धुन्चेबाट करीब ६ किमी दूरीमा रहेको छ ।
बार्गो अर्थात् भार्खुसँग सम्बन्धित सामग्रीहरू
स्रोत : जैविक विविधता संरक्षण, पर्यटन विकासमा धर्म संस्कृतिको
महत्व – फूर्पा तामाङ, रसुवाली
No comments:
Post a Comment