यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए ।
रसुवागढीको पुरानो तस्वीर |
जङ्गबहादुर राणाको पालामा निर्माण भएको रसुवागढी नाका डेढ शताब्दि पुरानोr ऐतिहाँसिक धरोहर हो । तेस्रोपटक भएको नेपाल-चीन युद्दपश्चात् थापाथली सन्धी पछि निर्माण भएको यो गढी रसुवा-चीनको सिमाना, गोसाइँकुण्ड गाउँपालिका-२, खम्पाटारमा पर्दछ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित बि.सं १९१२ सालमा निर्माण भएको यही नाकाको नामबाट रसुवा जिल्लाको नामाकरण भएको हो । तिब्बतीयन भाषामा रासोवा भनिदै आएको यस जिल्लाको अपभ्रम्शित रूप रसुवा हो । 'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ ।
बाँयातर्फ केरूङ र दाँयात्रफबाट आएको लिङ्देखोलाको दोभान अर्थात् संगम रहेको यस स्थान ऐतिहाँसिकसहित पर्यटकीय, सांस्कृतिक तथा आर्थिकनाकाको रूपमा पनि परिचित छ यो गढी वा नाका । गढी निर्माण हुँदा यहाँ मुख्यतः ३ गढीहरू रहेका थिए । एउटा फौजीका लागि दोस्रो कमान्डरका लागि र अर्को चाहिँ तोपखाना गढी निर्माण भएको थियो । बि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण पुराना संरचना ध्वस्त भएपनि हाल नयाँ निर्माण भएको छ ।
बाँयापट्टि भृकुटी र दाँयापट्टि राजकुमारी बीचमा स्रोङचोङ |
यो रसुवागढी नाका वा गढी चीन-भारत जोड्ने नेपालको सबैभन्दा छोटो नाकाको रूपमा पनि परिचित छ । यो गढीमा श्री ३ भईसकेका जङबहादुर राणा पनि आफैं हातहतियारसहित यहाँ युद्द लडेका थिए । नेपालकी विभूति भृकुटी (लिच्छबी शासक अंशुबर्माकी छोरी) चीनका शासक स्रोङचोङ गोम्पोसँग विवाह गरेपछि यस नाकासँगको सम्बन्ध अझै विस्तारै हुँदै गएको हो । भृकुटी यही बाटोबाट घर-माईती गर्थिन् पनि भनिएको छ तर पहिलो पटक भृकुटी चीन जाँदा थुमनस्थित मालागढीबाट गएकी थिएन् भनिएको छ ।अंशुबर्माले तिब्बतसँग सम्बन्ध दरिलो बनाउन छोरी भृकुटीको विवाह स्रोङचोङसँग गरिदिएका थिए ।
उनै स्रोङचोङको शासनकालमा सम्पोट नामक लिपी आविष्कार गरी भारत र नपालबाट बौद्द ग्रन्थहरूलाई तिब्बतीयन भाषामा अनुवाद गर्ने कार्य सुरू गरेका थिए, त्यसैले उनलाई तीन तिब्बतीयन धर्मराजा मध्ये पहिलो धर्मराजाको रूपमा मानिन्छ ।
विभूति अरनिको |
प्रसिद्द कलाकार तथा विभूति अरनिको पनि यही बाटोबाट आवतजावत गर्ने गरेको ऐतिहाँसिक तथ्यहरू रहेका छन् । उनले राजा अभय मल्लको पालामा यहीबाटोबाट चीन गएर आफ्नो वास्तुकला देखाएका थिए । प्यागोडा शैलीको मन्दिर निर्माण गर्ने दक्ष कलाकारका रूपमा उनले ख्याती कमाएका थिए ।
यस गढीमा २ वटा पुराना शिलालेख रहेकोमा १ पुरानो चाहिँ फुटेको र एक शिलालेख हालसम्म पनि रहेको छ । गढी निर्माण भएसँगै गढीमाई र गणेशको मन्दिर पनि रहेको छ ।
राजा पृथ्वीनारायण शाहको पालामा भएको पहिलो नेपाल-चीन युद्दमा नेपाली पुर्खाहरू चिनियाँ फौजसँग लडेर जित्दै केरूङ-कुत्तीसम्म आफ्नो किल्ला जमाएका थिए र त्यबेला केरूङ सन्धी भएको थियो । पछि बहादुर शाहको पालामा दोस्रोपटक चिनियाँ फौजसँग युद्द हुँदा नेपालले केही भूभाग गुमाउँदै बेत्रावती सन्धी गरेर सिमाना बेत्रावती बनायो ।
No comments:
Post a Comment