साउन २५। रसुवामा निर्माण सम्पन्न भएको माथिल्लो सान्जेन (१४.८) ले उत्पादन सुरू गरेको छ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको आयोजनाको काम पूरा गरी उत्पादन परीक्षण सुरु गरिएको हो ।
आयोजना प्रमुख सुदन सिंहका अनुसार साउन २० गतेबाट उत्पादन परीक्षण
सुरू गरिएको हो । राष्ट्रिय प्रणालीमा जोडिएको उक्त आयोजनाले २ सातासम्म
प्राधिकरणलाई निःशुल्क विद्युत दिनेछ । व्यापारिक उत्पादनलाई चिलिमेको प्रवाह हुने
प्रसारण लाईनमार्फत् जोड्ने आयोजनाले बताएको छ ।
दुई अर्ब
२१ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजनाबाट वार्षिक ८५.८७ गिगावाट घन्टा
विद्युत उत्पादन हुनेछ । जसमा सुख्खायाममा ११.०२ र बर्खायाममा ७४.८५ गिगावाट घन्टा
विद्युत उत्पादन हुनेछ ।
यही कम्पनीले
निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन पनि अन्तिम चरणमा पुगेको छ । यस आयोजनाको
सबै काम पुरा गरी आगामी पुसदेखि उत्पादन थाल्ने कम्पनीले जनाएको छ ।
No comments:
Post a Comment