रसुवाको कालिका गाउँपालिका-२ मा रहेको ऐतिहाँसिक स्थल कमारेगढी
ओझेलमा परेको छ । नजिकै केही तल रहेको घलेगढीमा आन्तरिक पर्यटकहरू आइरहँदा
कमारेगढी भने चर्चामा छैन । घलेगढीमा जस्तो घले राजाको दरबार वा प्रशस्तै
भग्नावशेष नहुनु पनि यो ओझेलमा पर्नु हो । सायद यो गढी युद्द लड्नका लागि मात्र
तयार थियो ।
पासाङल्हामु राजमार्ग कालिकास्थान-गोम्बोडाँडाबाट केही पश्चिमतिर
रहेको यो गढीमा उचित व्यवस्थापन गरी प्रचारप्रसार गर्न सके पक्कै पनि आन्तरिक
रूपमा पर्यटन विकास गर्न सहयोग पुर्याउँदछ ।
कमारेगढीको बारेमा थप तपाईसँग सूचना छन् भने Email : ourrasuwa@gmail.com
कालिका गाउँपालिकाको सूचना
No comments:
Post a Comment