सरमथली, २९, साउन । नौकुण्ड गाउँपालिका, वडा नं ३ मा पहिरोको उच्च जोखिममा रहेका १३ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ । वडा नं ३ का वडाअध्यक्ष नोकेन्द्रदेव तामाङको पहलमा २/२ बण्डलका दरले जस्तापाता वितरण गरिएको रमेश तामाङले जानकारी दिए । वर्षात् अवधिमा अन्यत्र टहरा बनाउन सहयोगस्वरूप उक्त जस्तापाता वितरण गरिएको तामाङले जानकारी दिए ।
पहिरोको उच्च जोखिम रहेको बिक बस्तीमा उद्दारका लागि जस्तापाता वडा अध्यक्षको पहलमा वितरण गरिएको हो ।
साथै वडा
कार्यालयले बाढीबाट प्रभावित वा भत्केको सडकसमेत् मर्मत गरी आवतजावतमा सुविधा पुर्याइएको
छ ।
No comments:
Post a Comment