यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

कविता : देश आफ्नो, सञ्चालन अर्कैको


@

शिबप्रसाद लामिछाने



धेरै दिन बितिसकेछ

मैले त बिर्सिसकेछु ।

भुसुक्कै बिर्सिसकेछु ।।

मेरो आफ्नै

जुन् सबैभन्दा नजिक छ

त्यसमा म रमाईरहेछु ।

तर पनि मलाइ थाहा छ

त्यो मेरो हैन

कुनै पराई हो

म किन रमाईरहेछु ?

 

प्रश्न गर्छु आफैंसँग

अनि, पुनः कल्पना गर्छु

जुन् मेरो सबैभन्दा नजिक छ

ऊ मेरो आफ्नै हो भन्ने

मेरा रहर, सपना प्रमाणित गर्छन्

अनि मेरो मुटु

तर, मष्तिस्क सामुन्ने फर्किरहेछ

मबाट टाढा तर्किरहेछ

वास्तविकता र सपना नियालिरहेछ

र सुन्य फूलबारीमा टोलाईरहेछ

उक्त सुन्यताको दोबाटोमा

हाम्रो सहयोग मागिरहेछ ।।

-गोसाइँपुञ्ज, पहिलो सँगालो- २०६५ बाट   

No comments:

Post a Comment