रसुवाको उत्तरगया गाउँपालिका -३ ठूलोगाउँमा मकैलाइ झुत्तो परेर यसरी थाँक्रोमा भण्डारण गर्ने चलन कायमै छ । पुरानो यो चलन हराउँदै जान थालेपछि अहिले युवाहरूले पुन: यसरी राख्न थालेका छन् ।
किरा नलाग्ने र लामो समयसम्म नबिग्रने भएकोले यसरी राख्नु धेरै
उचित भएकोले यसरी राख्न थालेका हुन् ।
स्थानीय उत्तरगया गाउँपालिका -३ ठूलोगाउँकी अम्बिका बिकले भनिन्
पहिले काठको हुन्थ्यो अहिले ढलान घरको छतमा फलामे पोल, रड वा पिलरमा यसरी
धेरैले थाँक्रो बनाएँ । यस्तो थाँक्रो हेरेर फोटो खिच्चेहरू धेरै झुम्मिने गरेको पनि बिकले बताइन् । बीउ जोगाउन र सुरक्षित भण्डारका
लागि रैथाने चलन मकै जोगाउन धेरै ठिक रहेको स्थानीय भोजमान तामाङ बताउँछन् ।
घर भित्र भन्दा सुरक्षित रहने पहिले भन्दा हल्का मोडिफाइ जस्तो पनि
देखिने, राम्रो छ यसमा राखेको मकै सफा बस्छ पुरानो चलनले पनि निरन्तरता पायो,
उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली गुरूङले भनिन् - यस्तो चलन धेरैले छाडेका थिए, घर भित्रभन्दा
बाहिर खुल्लामा हुने र कोठा नचाहिने भएकोले अहिले फेरि उही चलनलाई निरन्तरता दिन
थालियो ।
यो सामग्री हेमनाथ खतिवडाले तयार गरी पठाउनुभएको हो ।
No comments:
Post a Comment