रसुवा । भदौ ११ गते ।
परापूर्व कालदेखि गोरखादेखि आउने गोरखनाथ बाबालाई यस वर्ष पनि
रसुवाको कालिकास्थानमा र धुन्चेमा सम्मान गरिएको छ ।
कालिकास्थानमा हिजो स्थानीयहरूले गोरखनाथ बाबाहरूलाई दही चिउरा
खुवाउँदै सम्मान गरेका छन् । बाबाजीहरूले जयजयाकारसमेत् गरेका थिए ।
राज्य एकीकरण पूर्व नै यस स्थानमा गोरखबाबाहरूलाई यहाँ बनेका (हाल
भग्वावशेष रहेका/नरहेका)
पौवाघर वा कोतघरहरूमा राखेर सातुसामलको व्यवस्था गरिँदै आएको ऐतिहाँसिक तथ्यहरू
पनि रहेका छन् ।
त्यस्तै हिजै साँझ गोरखनाथ बाबाहरूलाई धुन्चेमा सेवा सत्कार गरिएको
छ । स्थानीय निमा वाङ्चु तामाङको घरमा राखेर उनीहरूलाई सेवा सत्कार गरिएको बताईएको
छ । पाँच पुस्तादेखि नै निजको घरमा गोरखनाथ बाबाहरूलाई राख्ने गरिएको छ ।
गोरखनाथ बाबाको टोली आज ११ गते गोसाइँकुण्ड प्रस्थान गर्ने बताइएको छ ।
No comments:
Post a Comment