यही हो हाम्रो रसुवाको यस साइटमा आफ्नो वरपर रहेका विभिन्न महत्वपूर्ण स्थलहरूको बारेमा हामीलाई उपलब्ध गराई आन्तरिक पर्यटन विकासमा सहभागी हुनुहोस् । सूचना, समाचार वा लेखरचना पनि पठाउन सक्नुहुनेछ । rasuwanpl@gmail.com

............................................................


'रा' को अर्थ 'भेडाच्याङ्ग्रा' र 'सोवा' को अर्थ 'चराउने वा राख्ने ठाउँ' भन्ने बुझिन्छ । स्थानीय भाषामा 'रासोवा' नामाकरण भएको यस जिल्लालाई अपभ्रम्शित नाम 'रसुवा'ले चिनिएको छ ।

............................................................

दृश्यावलोकनका लागि उपयुक्त : रमिते ढुङ्गो

पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ ।

रमिते ढुङ्गोबाट देखिने दृश्य

 


कालिका गाउँपालिका, वडा नं ५ गैरीनागीको ताप्लोमा अवस्थित रमिते ढुङ्गो एक पर्यटकीय आकर्षणको रूपमा रहेको छ । पासाङल्हामु राजमार्गको स्याउबारी-गोम्बोडाँडाबाट नजिकै रहेको भएपनि प्रचारप्रसारको अभावले रमिते ढुङ्गो ओझेलमा परेको छ । यहाँबाट साँच्चिकै रमिता देखिने भएकोले पनि यसलाई रमिते ढुङ्गो भनिएको हो ।

यहाँबाट वरपरका दृश्य हेर्दा हेलोकप्टरबाट हेरिरहेको छु भन्ने आभाष दिलाउँछ । सूर्योदय तथा सूर्यास्तको दृश्य पनि मनोरम देखिने यस स्थानबाट नौकुण्डस्थित सातधारे, यार्सा, सरमथली, खाल्चेत, चिती, रूप्सेपानी, जिबजिबे, भदौरे, कालिकास्थान, धारापानी, डाँडागाउँ, ठूलोगाउँदेखि नुवाकोटको लच्याङ, लिखु, बागेश्वरी, मभीर, कुवापानी, केराघारी, त्रिशूली, कोलनीदेखि धादिङसम्म र ककनी, शिवपूरी चिसापानीसम्मका दृश्यहरू देख्न सकिन्छ । यसका वरपरबाट गणेश हिमाल पनि देख्न सकिन्छ ।

पर्यटकीय विकासका लागि विभिन्न स्थानमा भ्यूटावर बनाउने जस्ता कार्यहरू भईरहँदा आफैंमा भ्यूटावर बनिरहेका, न डिपिआर चाहिन्छ, न उपभोक्ता समिति चाहिन्छ, न २/४ लाखको बजेट नै चाहिन्छ, यस्ता स्थलहरूको पहिचान गरी पर्यटकीय पूर्वाधार व्यवस्था गर्न सके पक्कै पनि आन्तरिक तथा बाह्य पर्यटन विकासमा सहयोग पुग्छ ।

Tiktok Embed Code Generator



लाङटाङ राष्ट्रिय  निकुञ्ज क्षेत्रभित्र रहेको यस स्थानमा पुग्नका लागि स्याउबारी वा गोम्बोडाँडा वा जिबजिबे हुँदै मुडुल्लीभञ्ज्याङ- सिङ्गीलामा च्यानडाँडाबाट सिधै पैदलमार्ग छ र लोकिल (भूमेस्थान) बाट राम्चे सुधारोन्मुख सडक मार्गको प्रयोग गरेर यहाँ पुग्न सकिन्छ । यहाँबाट २+ घण्टाको हिँडाईमा प्राकृतिक अर्को भ्यूटावर जुरेढुङ्गा अर्थात् सिप्पुङ पुग्न सकिन्छ ।यहाँबाट नै अर्को नव पर्यटकीय गन्तव्य बिजिङ जोङ्ग अर्थात् बिजुली ढुङ्गा पुग्न सकिन्छ ।

रमिते ढुङ्गो वा परिसर तथा पहुँच मार्गबाट देखिने तस्वीरहरू






   

No comments:

Post a Comment